Wednesday 3 Baishak, 2071 | April 16, 2014
Menu

काठमाडौँको घरमा स्टोभ पड्किएर आगलागी, दुई बालक र एक वृद्धाको मृत्यु

  • आइतबार २२ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौँ- हनुमानढोका पछाडि रहेको दमाई टोलमा आज साँझ भएको आगलागीमा परी दुई बालक र एक वृद्धा गरी तीन जनाको मृत्यु भएको छ। स्थानीय हनुमानदास डङ्गोलको घरमा स्टोभ पड्केर सो आगलागी भएको बताइएको छ।


मृत्यु हुनेहरूमा दोलखा जिल्ला सुनखानी घरभई हाल दमाई टोलमा बस्ने वर्ष ७ का राजीव सिवाकोटी, वर्ष ३ का सञ्जीव सिवाकोटी र वर्ष ६५ का देवीकला मगर रहेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्तबहादुर पालले जानकारी दिए।

आज साँझ साढे ६ बजे सुरु भएको आगलागी ८ बजे नियन्त्रणमा आएको थियो।

प्रवक्ता पालका अनुसार घटनामा धनमालको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन।