Tuesday 13 Shrawn, 2071 |
Menu

अन्तत : विवादास्पद लोकमान अख्तियार प्रमुख

(0 votes)
काठमाडौं- चर्चित र विवादास्पद छवी बनाएका लोकमान सिंह कार्की अन्तत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुने निश्चित भएको छ। संवैधानिक परिषद्को आज बसेको बैठकले कार्कीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको नागरिकन्युजकर्मी अर्जुन सुवेदीले सिहदरबार परिसरबाट जनाएका छन्।

परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी जेठीसासु कयोदेवी यमीलाई अध्यक्ष तथा पूर्व सचिव भानु आचार्यलाई महालेखा प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ।