Wednesday 22 Baishak, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

चुनाव गराउन सरकार गम्भीर छ : प्रचण्ड

(0 votes)
बारा -एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान सरकार अर्को संविधानसभाको चुनाव गराउन गम्भीर रहेको कुरा बताएका छन्। खिलराज रेग्मी नेतृत्वको सरकार कात्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्ता अर्को संविधानसभाको चुनाव गराउने गरी तयारीमा रहेको बताउँदै उनले चुनाव हुन्न भन्ने कुराको शंका गर्नु बेकार हुने बताए।
nepalipatr-april

सर्लाहीको हरिवनमा पार्टी कार्यक्रममा भाग लिन यति एयरलाइन्सबाट सिमरा विमानस्थलमा ओर्लेका प्रचण्डले भने, 'चार राजनीतिक दलबीच सहमति भएको संविधानसभाको सदस्य संख्या ४९० राख्ने सहमति भएको छ । वैद्य, उपेन्द्र यादव लगायत साना दलहरुलाई चुनावमा भाग लिन वातावरण बनाउनको लागि सदस्य संख्या बढाउन सकिने कुरा पनि उनले बताए।

पार्टीका उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायत नेताहरुसँगै रहेका प्रचण्डले अर्को चुनावमा वैद्य पक्षसँग सहकार्य हुन सक्ने र त्यसको लागि पार्टीले वैद्यपक्षसँग कुरा गरिरहेको खुलाए। पार्टीका उपाध्यक्षद्वय र आफू पनि मधेस कै जिल्लाबाट संविधानसभाको चुनाव लड्ने तयारीमा रहेको जानकारी गराए।

प्रचण्डले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने कुरामा चार राजनीतिक दलका जिम्मेवार नेताहरुको सहमतिमा नाम सिफारिस गरिएको र अहिले आएर केही दलहरुले प्रचण्डले मात्रै लोकमानलाई अख्तियारको प्रमुख बनाउन लागेको भन्नु आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाए।

प्रतिक्रिया