6 Mangshir, 2071 |
Menu

मासुको कराहीमा परेर युवा जले

  • २१ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
कञ्चनपुर - विवाहमा सहभागी हुन गएका कञ्चनरको झलारी–७ का २७ वर्षीय ठगीबहादुर सार्की पाक्दै गरेको मासुको कराहीमा परेर जलेका छन्। गएराति पिपलाडी–८ मा विवाहमा सहभागी हुन गएका उनी मासुको कराहीमा खसेका थिए। टाउको तलको पूरै भाग जलेर उनको अवस्था चिन्ताजनक बनेको पीडित सार्कीकी आमा नारु सार्कीले बताइन् ।

तत्कालै उपचारका लागि कोहलपुरको अस्पतालमा पुर्यातइएको भएपनि त्यहाँ उपचार हुन नसक्दा उनलाई भारततर्फ लगिएको छ। 

यसैबीच कञ्चनपुरको दैजी–४ बगुनकी २२ वर्षीया मनिषा महरा दुई महिनाकी छोरी घरमै छाडेर बेपत्ता भएकी छिन्। उनी दुई तोला सुन र केही नगदसहित तीन दिनअघि घरबाट बेपत्ता भएकी हुन्। 

भारतमा काम गर्न गएका श्रीमान् डम्बरबहादुर महरा घरमा पुगेको भोलिपल्ट नगद र गहनासहित उनी घर छाडेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताए । 
उनी कुनै पुरुषसँग भागेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। मनिषा घरबाट बेपत्ता भएपछि घरमा रहेकी दुई महिनाकी छोरीको विचल्ली भएको छ।
श्रीमती बेपत्ता भएपछि छोरीलाई गाईको दूध मुखमा हालेर पाल्नु परेको डम्बर महराले बताए। उनका दुई महिना र दुई वर्षका दुई छोरी रहेका छन्। मनिषाको खोजीका लागि डम्बरले इप्रका झलारीमा निवेदनसमेत दिएका छन्।