Sunday 16 Jestha, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

अग्रवालको घरमा आन्तरिक राजस्वको छापा

  • बुधबार १८ बैशाख, २०७०
  • अजित तिवारी
  • Be the first to comment!
(0 votes)
अग्रवालको घरमा  आन्तरिक राजस्वको छापा
विराटनगर - सयकडा पाँच रुपैयाँ (वार्षिक ६० प्रतिशत) मा सुनचाँदी धितो राखेर ऋण दिँदै आएका मोरङ रंगेलीका महावीर अग्रवालको घरमा आन्तरिक राजस्व कार्यालय विराटनगरले आज छापा मारेको छ। मोरङका एकदर्जन पूर्वी गाविसका सर्वसाधारणलाई सुनचाँदी धितो राखेर ऋण दिने गरेको पोल खुलेपछि राजस्व कार्यालयको टोलीले छापा मारेको हो।
nepali-patro-may
सुनचाँदी धितो राखेर अवैध रुपमा ऋण दिने गरिरहेको अग्रवाल परिवारले कारोबारको विवरण बुझाएको छ छैन? शंका लागेपछि छापा मारिएको राजस्व कार्यालय प्रमुख गोपाल कोइरालाले बताए। ‘अनुसन्धान हुँदैछ, दोषी ठहरिए कारबाही हुन्छ,’ उनले भने, ‘तीन दिनभित्र सबै विवरण लिएर कार्यालय हाजिर हुन पत्र काटिसकिएको छ।’ 
राजस्व टोलीले अग्रवालको घरमा खानतलासी गर्दा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको चेकबुक, ०५१/०५२ सालमा कारोबार गरेको खातापाता जफत गरेको छ। 
टोली प्रमुख प्रकाश पौडेलले अग्रवाल परिवारले करको दायरामा आउनबाट जोगिन कारोबारको खाता लुकाएको हुनसक्ने आशंका गरे। राजस्व टोलीले अग्रवालको घरमा रहेको लकरमा समेत सिलबन्दी गरेको छ। टोलीले इलाका प्रहरी कार्यालयको ‘सुरक्षा’मा रहेका अग्रवाल परिवारका सदस्य पूनम अग्रवालसँग सोधपूछ गरेको थियो। उनले सुनचा“दी धितोमा राखेर भइरहेको कारोबारबारे आफूलाई ‘धेरै’ जानकारी नरहेको टोलीलाई सुनाएका थिए। 
धितोबापत राखेको जिन्सी फिर्ता गर्न माग गर्दै बुधबार पनि सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले आफूहरुको सम्पत्ति फिर्ता पाउनुपर्ने राजस्व टोलीसँग आग्रह गरेका थिए। टोलीले आफूहरुको सरोकार अग्रवाल परिवारले गर्ने कारोबारको कागजपत्रमा मात्र रहेकाले जिन्सी फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रयास गर्न अनुरोध गर्योर। 
‘आय–व्यय विवरण पेस गरेको छ/छैन, कर तिरेको छ/छैन तथा अन्य विवरण देखाएको छ/छैन भने छानबिन गरेपछि वास्तविक कुरा बाहिर आउँछ,’ राजस्व प्रमुख कोइरालाले भने, ‘अनुसन्धानपछि कार्वाहीको प्रक्रिया अगाडि बढाइनेछ।’ यता, इलाका प्रहरी कार्यालय रंगेलीले ‘सुरक्षा’का लागि प्रहरी चौकीमा राखिएका पूनम अग्रवाललाई बुधबार घर फर्किन दिएको छ। उनको घरबाट बरामद भएको चाँदी र सुनका गरगहना भने प्रहरीकै नियन्त्रणमा राखिएको छ। 
तेस्री श्रीमती पूनम शर्मा र अजय अग्रवालबीच दाइजोको विषयमा विवाद हुँदा अग्रवाल परिवारले सुनचा“दी धितोमा रोखेर करोडौंको कारोबार गर्ने गरेको पोल खुलेको थियो। 
भारत नयाँ दिल्लीकी पूनमलाई ‘फकाएर’ अजयले २० लाख रुपैयाँ दाइजो लिई विवाह गरेका थिए। पूनमले आफू ठगिएको थाह पाएपछि दाइजो रकम फिर्ताका लागि अग्रवाल परिवारलाई दबाब दिँदा धितोबापत घरमा राखिएको गरगहना लुकाउन खोज्दा उनीहरुबीच चाँदी तानातान भएको थियो। 
पूर्वी मोरङको रंगेली, डंग्राहा, टकुवा, महादेवा, बरडंगा, दर्बेसा लगायत करिब पाँचहजार स्थानीयसँग अग्रवाल परिवारले सुनचाँदी धितोमा राखेर रुपैयाँ लगानी गरेको थियो।

प्रतिक्रिया