Friday 5 Mangshir, 2071 |
Menu

स्वास्थ्य

सुत्केरी हुन शल्यक्रिया

काठमाडौं- बौद्धकी २५ वर्षीया निलोक लामा गर्भवती भएदेखि ओम अस्पतालमा नियमित जचाउन गइरहेकी थिइन्। अस्पतालले असोज १० को मिति तोकिदिएको थियो। नियमित परीक्षण क्रममा गर्भमा बच्चा उल्टो देखिएपछि उनको शल्यक्रिया गर्नुपर्ने भयो।तोकिएको मितिभन्दा ११ दिनअघि उनको शल्यक्रिया गरियो।
Read more...

'विवादित'लाई मेडिकल काउन्सिल अध्यक्ष

काठमाडौं- निजी मेडिकल कलेज तथा अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका र किर्ते अभियोग प्रमाणित भएका चिकित्सक डा. जागेश्वर गौतमलाई सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको छ।
Read more...

'ग्लोबल फन्ड' को सहयोग रोक्का

काठमाडौं- एचआइभी, क्षयरोग र मलेरिया नियन्त्रणमा भइरहेको खर्च 'पारदर्शी र प्रतिस्पर्धी नभएको' भन्दै 'ग्लोबल फन्ड' ले नेपाललाई दिने सहयोग रोकेको छ। विश्वका आठ धनी राष्ट्रले खडा गरेको यो कोषले सन् २०११ मा चार वर्षका लागि नेपाललाई चार अर्ब रुपैयाँ सहयोग…
Read more...

मानसिक रोगी बढ्नुमा ‘लागुपदार्थ सेवन पनि'

काठमाडौं-मानसिक रोगी बढ्दै जानुमा मद्यपान, सुर्तीजन्य पदार्थ सेवन पनि प्रमुख कारण रहेको चिकित्सकहरुले जनाएका छन्। राजधानीका धेरै मानसिक बिरामी आउने अस्पताल मानसिक अस्पताल ललितपुर र टिचिङ अस्पताल, महाराजगन्जमा यस्ता बिरामीको संख्या बढ्दै गएको तथ्यांकले देखाएका छन्। दुवै अस्पतालमा मानसिक रोगले पीडित…
Read more...

इबोला तयारी निम्ति ‘क्याम्प हस्पिटल'

काठमाडौं– सरकारले दुर्गम स्थानमा इबोला बिरामीको उपचारका लागि ‘क्याम्प हस्पिटल' को अवधारणा ल्याएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इबोला रोकथाम तथा उपचारसम्बन्धी कार्ययोजनामार्फत दुर्गम क्षेत्रमा बिरामी भेटिएको अवस्थामा उपचारका लागि यस्तो योजना अघि सारेको हो। राजधानीका लागि टेकु र पाटन…
Read more...

इबोलासँग जुध्न स्वास्थ्य संगठनले बोलायो आकस्मिक बैठक

जेनेभा– इबोला भाइरस नियन्त्रणसम्बन्धमा छलफल गर्न विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक बोलाएको छ।
Read more...

प्रविधि अभावले आयुर्वेद्ध ओरालो

काठमाडौं-प्रयाप्त अनुसन्धान र प्रविधि अभावमा आयुर्वेद चिकित्सा पद्धति ओरालो लागेको छ। धेरै नसर्ने रोगको उपचार सम्भव हुने भए पनि एलोपेथिक औषधि उत्पादक कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी अनुसन्धान र प्रविधि भित्र्याउन नसक्दा आयुर्वेद पद्धति ओरालो लागेको हो।
Read more...

भिटामिन ‘ए' र जुकाको औषधि ख्वाइयो

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए' र जुकाको औषधि खुवाउने कार्यक्रम सोमबार सम्पन्न भयो।
Read more...

इबोला तयारीमा बजेटै छैन

काठमाडौं-‘विश्वव्यापी महामारी' घोषित इबोला रोकथाम र उपचारको तयारी गर्न आवश्यक बजेट नै प्राप्त नभएको सम्बद्ध अधिकारीले बताएका छन्।
Read more...

औषधि मूल्य सरकारले तोक्ने

पोखरा– सर्वसाधारणका लागि अत्यावश्यक मानिएका औषधिहरुको खुद्रा मूल्य सरकारले तोक्ने भएको छ। अहिले कम्पनीपिच्छे फरक रहेको मूल्यमा एकरुपता ल्याई बिरामीमाथिको ठगी रोक्ने उद्देश्यकले मूल्य निर्धारण गर्न लागिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले दिए।
Read more...

इबोला भाइरस सन्त्रास : भरपर्दो छैन रोक्ने तयारी

काठमाडौं- 'विश्वव्यापी महामारी' घोषित इबोला रोग बढी संक्रमण भएका चारमध्ये एक लाइबेरियाबाट १ सय ३१ जना सशस्त्र प्रहरी बिहीबार नेपाल आए। यही देशबाट १ सय ६० जना दस दिनपछि स्वदेश फर्कंदैछन्। यसअघि पनि अफ्रिकी देशबाट आएका २२ जनालाई सरकारले स्वास्थ्य…
Read more...

क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

रत्ननगर-चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्नेसहितका आठबुँदे माग राख्दै उनीहरू आन्दोलित भएका हुन्।
Read more...

फैलिँदैछ आँखा पाक्ने समस्या

काठमाडौं- वर्षा र बाढीपछि सुरु भएको आँखा पाक्ने समस्या (कन्जंटिभाइटिस) राजधानीलगायत तराईका धेरै जिल्लामा फैलिएको छ। सामान्य सम्पर्कबाटै सर्ने यो रोग पूर्वी तराईमा सीमित रहेकामा दसैं बेलाको बाक्लो आउजाउ र भेटघाटले अन्यत्र पनि फैलिएको हो।
Read more...

सात लाख कण्डम वितरण, अझै खुल्दैनन् कण्डम प्रयोगकर्ता

रत्ननगर (चितवन)-सुरक्षित यौन जीवनका लागि चितवनमा गएको एक वर्षमा सात लाख कण्डम वितरण भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा गएको वर्ष करिब एक लाख बढी कण्डम वितरण गरिएको हो।
Read more...
Subscribe to this RSS feed