Thursday 8 Shrawn, 2071 |
Menu

शुक्रबार

जीवनलाई सजाय भन्ने जीवन

(1 Vote)
अभिनेता जीवन लुइँटेल अभिनेता जीवन लुइँटेल
अलिकति कवि, अलिकति बौद्धिक, अलिकति वाचाल, अलिकति अभिनेता, अलिकति स्टार... जीवन लुइँटेल यी सबैका योग हुन्। उनलाई कहिलेकाहीँ सुटिङ स्पटको जिन्दगी यान्त्रिक लाग्छ र जीवनका अन्य पहेली बुझ्न उनी आर्यघाटमा जलिरहेको चिता हेर्न पुग्छन्। उनीसँग केही छ, जसले उनलाई नेपाली हिरोहरूमा अलिकति पृथक बनाएको छ। जीवनसँग विनोदविक्रम केसी र धनबहादुर खड्काको अन्तरंगः 




एक जीवन लुइँटेलभित्र अनेक जीवन लुइँटेल छन्। जस्तोः एउटा जीवन लुइँटेल लोडसेडिङको अँध्यारोमा भावुक प्रेमकविता लेख्छन्। अर्काे जीवन लुइँटेल अघोरी पगलानन्दका शिष्य हुन्। उनी पशुपति आर्यघाटमा पुग्छन् र जलिरहेको चिता हेरेर जीवनको क्षणभंगूरतालाई दार्शनिकले झैँ विचार्छन् र अस्थायी वैराग्य धारण गर्छन्। अर्काे जीवन लुइँटेल रमाइलो र अलिक स्तरीय प्रतीत हुने गफाडी हुन्जो वर्ल्ड ट्रेड सेन्टरमा भएको हमलादेखि विनोद चौधरी फोर्ब्सको अर्बपतिहरूमा सूचीकृत भएको घटनासम्मलाई आफ्नै विश्लेषणात्मक आँखाले हेर्छन् र मित्रमण्डलीसँग गफ गर्छन्। हातमा राशिका औँठीगलामा जन्तर लगाउने जीवन आफूलाई घोर आस्तिक ठान्छन्। 'तरम भाग्यवादी चाहिँ होइन,' उनी भन्छन्, 'भगवान् मेरा निम्ति विचलित भएका बेला मनोवैज्ञानिक शक्ति र स्फूर्ति दिने एक दाता हुन्।

देशले चिनेको जीवन लुइँटेल चाहिँ अभिनेता हुन्। आफूलाई निर्धक्क 'कमर्सियल आर्टिस्टहुँ भन्छन्। कलासम्बन्धी धेरै भ्रम छैनन् उनीसँग। बजारमा चल्ने फिल्ममा अभिनय गर्छन्। अभिनयमा  क्रान्ति गर्ने या नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउने यस्ता कुनै दाबी छैनन् उनीसँग। 

उनी अहिले 'हिटछन्। काठमाडौँ र मोफसलका थुप्रै हलका भित्ता र पर्दामा टाँसिएका छन् उनी। फिल्म नगरीमा उनी अभिनीत 'नोटबुक', 'रिदमर 'मेरो मनको साथीएकसाथ चलिरहेका छन्। 

सन् २००३ मा मिस्टर नेपाल भएपछि जीवनले ग्ल्यामरको चम्किलो दुनियाँमा इन्ट्री मारेका हुन्। फिल्म 'सानो संसार'मा सानै रोल थियो उनको। तरत्यो सानो रोलले उनको बाटो फराकिलो बनाइदियो। दर्जनौँ म्युजिक भिडियोमा देखिए उनी। फिल्म 'अन्दाज'ले उनलाई स्टार बनायोबेस्ट एक्टरको अवार्ड टक्य्रायो र फिल्म इन्डस्ट्रीमा महŒवपूर्ण 'स्पेसदिलायो। 

फिल्म लाइनमा आएदेखि उनी एउटै हुलियामा छन्। कपाल र दारीको अवस्था र अवस्थिति उस्तै छन्। 'मलाई हुलिया परिवर्तन गर्ने छुट छैन,' उनको आफ्नै बाध्यता छ, 'किनभने यही कपालयही दारी र यस्तै हाँसो राम्रो छचेन्ज नगर् भन्छन् निर्मातानिर्देशकहरू। गेटअप चेन्ज गरेपछि चिप्लिन्छु कि भन्ने डर मलाई पनि छ।

काठमाडौँका सुविधासम्पन्न र छनोटका विकल्प भएका फिल्मप्रेमीका लागि जीवन लुइँटेल 'बालदिइराख्नुपर्ने कलाकार होइनन्। सम्भव छविशुद्ध 'काठमान्ड्युटिज'ले उनलाई चिन्दैनन्।  'हिरो हुनुको महसुस त मलेखु काटेपछिमात्रै हुन्छ,' उनी भन्छन्, 'मलाई असली माया गर्ने दर्शक उनीहरू हुन्। काठमाडौँको तथाकथित एड्भान्स्ड पुस्ताले मलाई बाल दिँदैन। मलाई यसमा गुनासो पनि छैन। यहाँका दर्शकले हलिउडका उन्नत चिज हेर्छन्। निला समुद्र हेर्छन्सुन्दर शहर हेर्छन्।

उनी आफूलाई 'सडकको कलाकार भन्नरुचाउँछन्। 'हामी भित्तामा टाँसिन्छौँ,' उनको स्पष्टोक्ति छ, 'केही समयमै च्यातिन्छौँ। च्यातिएर सडकमा पुग्छौँ। यसर्थ सडकमै छौँ। तरचित्त बुझाउँछौँ हामी भोलि टाँसिइन्छौँ भनेर।

हलिउड र नेपाली फिल्मको तुलना हुन सक्दैन। यसमा थप पोस्टर विभेद पनि छ। नेपाली कलाकारका पोस्टर भित्तामा टाँसिन्छन्। तिनलाई जो कोहीले सजिलै च्यातिदिन सक्छ। 'तरजेम्स बोन्डको पोस्टर च्यात्न भर्‍याङ चढेर पनि भ्याइँदैन,' जीवन भन्छन्, 'फेरि त्यो पोस्टर सिसाभित्र हुन्छ।'

 ०००

नेपाली फिल्मलाई गाली गर्नेहरूको बहुमत छ यहाँ। कुनै 'मिस्टर नोबडीदेखि 'पब्लिक फिगर'सम्मले फिल्मलाई सत्तोसराप गरिरहेका हुन्छन्नेपाली कलाकारहरूको उछित्तो काढिरहेका हुन्छन्। 'स्तरहीन', 'झ्यास', 'वाक्कलाग्दो', 'बासी', 'पुरानो', 'थोत्रो', 'चुत्थो'... नेपाली फिल्म जगत् यस्ता पाँडेगालीले शिरदेखि पाउसम्म निथ्रुक्कै भिजेको छ। 'सय रुपैयाँको टिकट काटेर हलसम्म पुग्न नसक्ने 'गरिब'हरू लाखलाखको गाली दिनसक्ने धनाढ्य बन्छन्,' गलौजकर्ताहरूलाई जीवनको यति भन्नुछ, 'यहाँ साहित्यकारहरूले नोबेल साहित्य पुरस्कार पाएर देखाइदिऊन्नेताहरूले नोबेल शान्ति पुरस्कार पाएर देखाइदिऊन्फुटबल खेलाडीहरूले वर्ल्डकप खेलेर देखाइदिऊन्व्यापारीहरूले बिल गेट्स भएर देखाइदिऊन् अनि हामी पनि ओस्कार जितेर देखाइदिउँला।नेपाली फिल्मको स्तरलाई देशको अविकाससँग नजोडी हेर्नै नसकिने जीवनको मत छ। भन्छन्, 'देश विकसित भएन भने धेरै कुरा पछाडि पर्छन्। फिल्मका हकमा पनि त्यही लागु हुने हो।उनको चुनौती छ– 'नेपाली फिल्मलाई होच्याउनेले दुई मिनेट क्यामेराअघि उभिएर आफ्नो परिचय दिएर देखाऊन्।

नेपाली फिल्मको स्त्रि्कप्ट कमजोर हुन्छ भन्नेमा उनको असमहति छैन। तरस्त्रि्कप्ट राइटरलाई दोष दिने पक्षमा उनी छैनन्। 'स्त्रि्कप्ट राइटरलाई किन गाली गर्नु?' उनी भन्छन्, 'फिल्म बनाउनेलाई मन नपरे च्यातिदिए भैगो नि।फिल्मको सामाजिक र राष्ट्रिय दायित्व हुन्छ भन्ने तथ्यमा पनि उनको विमति छैन। 'तरफिल्म व्यापार पनि हो,' उनी भन्छन्, 'व्यापार भनेको बजारमा त्यही कुराको उत्पादन र वितरण गर्नु होजसलाई ग्राहकले मन पराउँछन्।'

राम्रो र स्तरीय फिल्मका लागि राज्यले नै पहल गर्नुपर्ने उनको विचार छ। फिल्मकै लागि स्थापित निकायहरूको काम पनि सन्तोषजनक छैन। कलाकारका हकहितबारे उनीहरूले आवाज बुलन्द गर्न सकेका छैनन्। 'सरोकारवाला निकाय फिल्म फेस्टिभल गर्न र फिल्म सिटी बनाउने भन्दै जग्गा नाप्नमै अल्भि्कएका छन्,' उनी भन्छन्। 

०००

जीवनको एक कालखण्डमा जीवन सरकारी कर्मचारी बन्ने ध्याउन्नमा थिए। आइकम गरेपछि उनी परराष्ट्रको सुब्बा पदमा भिड्न सामान्य ज्ञान रट्टा मार्न थाले। तरलिखितको दोस्रो पेपरमा फेल भएपछि लोकसेवा आफ्नो दुनियाँ होइन भन्ने लाग्यो उनलाई। 

उनको आफ्नै दुनियाँ थियो। त्यहाँ कविता थियोसेक्सपियरदेवकोटा र भूपि थिए। त्यहाँ दर्शनशास्त्र थियोसोक्रेटिज र नित्से थिए। अनि त्यहाँ सपनाहरू थिएसमस्याहरू थिएअन्योलहरू थिए। वसन्तपुर थियो र चुरोट तान्दै भीडको तमासा हेर्ने जीवन थिए। धरहराको टुप्पो थियो र काठमाडौँ नियाल्ने जीवन थिए। ओशो तपोवन थियो र ओशोको किताब च्यापेर 'सम्भोगदेखि समाधिसम्म'को यात्राका घुम्ती र मोडहरू बुझ्न लालायित जीवन थिए। रत्यहाँ अभिनयमा केही गर्ने उग्र प्याससहित भौँतारिरहको नवयुवक जीवन थिए। 'यता घरी देवकोटाले चिमोट्थेघरी ओशोले,' जीवन सम्झन्छन्, 'त्यस्तोमा ज्ञानेश्वर भट्टराईको सामान्य ज्ञानको किताबका पानामा मन कसरी बाँधिन्थ्योन विज्ञानका  सिद्धान्त नै दिमागमा घुस्थे।जीवनले एकसाथ आइकम र आइएस्सी पास गरेका थिए। 

कलेज पढ्दै ताका उनी कम्युनिस्ट पनि भए। 'फिडेल क्यास्ट्रो र चे ग्वेभारा मेरा आदर्श थिए,' अतीतको पर्दा उघार्उछन् उनी। तरअध्यात्म र वैराग्यतिर ढल्केको ठिटोले धेरै दिन आफूलाई कम्युनिस्ट बनाइराख्न सकेनन्। उमेरै त्यस्तो थियोलौसीको बोटमुनि गए लौसी हुने र आँपको बोटमुनि गए आँप हुने। 

तरपोलिटिक्स गर्ने सोच चाहिँ छ जीवनको। 'जीवनको कुनै कालखण्डमा राजनीति गर्छु कि जस्तो लाग्छ,' राम्रो भाषण गर्ने कलाकारमा दरिएका जीवन भन्छन्, 'भगवान्ले साथ दिए भने नेता पनि बनिएला।

कविका रूपमा पनि दरिएका उनले आजसम्म कविको भूमिकामा अभिनय गर्न पाएका छैनन्। 'कसैले कविको भूमिका दिए त म राम्ररी निर्वाह गर्थें होला,' उनी भन्छन्, 'कवि त म हुँ नै। अनुभवलाई पर्दामा राम्ररी उतार्थें।'  

०००

जीवनका डाइहार्ड फ्यान धेरै छन्जसमा अधिकांश केटी छन्। तरजीवनलाई आफूमा त्यस्तो केही खास र विशेष कुनै चिज भएजस्तो लाग्दैन। 'मलाई मेरो अनुहार खास लाग्दैन। तरयही अनुहार धेरैले मन पराइदिएका छन्,' जीवन भन्छन्, 'मैले बोलेको मन पराउने पनि धेरै छन्। मेरा अन्तरवार्ता पढेर मप्रति आशक्त हुने पनि छन्।

उनी आफ्ना दुई फ्यानदेखि छक्क पर्छन्। एक हुन्अस्ट्रेलियाको मेलबर्नमा बस्ने किशोर जीवन फुयाँल। 'पहिले उनको नाम जय थियो,' उनी फ्यान विवरण सुनाउँछन्, 'पछि उनले नाम परिवर्तन गरेर जीवन राखे। मबाट प्रभावित भएर त्यसो गरेका रे।

अर्की फ्यान पनि मेलबर्नमै बस्छिन्। 'ती बहिनी ७ कक्षामा पढ्छिन्,' उनी भन्छन्, 'मेरो तस्बिरमा आफ्नो तस्बिर जोडेर फेसबुकमा अपलोड गर्छिन्। मसँग फिल्म खेल्ने धोको छ भन्छिन्।

नेपालका सेलिब्रिटीहरूको त्यस्तो विशाल बजार मूल्य र सामाजिक हैसियत हुँदैन। तरनेपाली सेलिब्रिटीलाई आफ्नो भएको 'औकातमेन्टेन गर्न गाह्रो छ। त्यो गाह्रो जीवनलाई पनि छ। उनको अभिनय रेट तीन लाख रुपैयाँ हो। त्यसले उनले सबैथोक पुर्‍याउनुपर्छभातभान्छादेखि सपिङसम्म। सामान्य नेपाली नागरिकका लागि यो विशाल आम्दानी हो। तरजीवनजस्ता चलेका कलाकारका लागि यतिले जिन्दगी चलाउन अलिक गाह्रै छ। 'रत्नपार्कमा पान खाएर थुक्यो भने जीवन लुइँटेललाई कसले गन्छ र?' उनी भन्छन्, 'जीवनस्तर मेन्टेन गर्न गाह्रो छ मजस्ता कलाकारलाई।

०००

निराशावादी प्रस्तावनामा उभिएको छ जीवनको जीवनदर्शन। भन्छन्, 'जन्मिने पाप गरेबापत पाइएको सजाय हो जिन्दगी।तरउनले आजसम्म आफू निराशावादी हुँ कि आशावादीनिर्क्याेल गर्न सकेका छैनन्। 'निराशावादीले जीवनलाई अझ गहिरोसँग बुझ्छ होला जस्तो लाग्छ,' उनी भन्छन्, 'म आशावादी हुँ कि निराशावादीकन्फ्युजनमै छु। तरत्यो जीवनदेखि भाग्ने या डराउने घातक खालको निराशावादी चाहिँ म कुनै पनि हालतमा हैन।

कविता लेख्ने 'हिरो'का रूपमा दर्ज छन् उनी। दुई चारजना कवितापारखी र माहौल पाए भने उनको कवि गला सकसकाइहाल्छ। त्रिपुरेश्वरस्थित एक रेस्टुरेन्टको एउटा टेबुल कब्जा गरेका छौँ हामीले। उनी महफिल जमाउँछन् यसरी–  

बाटाभरि फूल फूलेका थिए

बेलीचमेली र सयपत्री

म फूलका बास्नासँग 

लट्ठिएँमख्ख परेँ र अन्ततः बेहोस भएँ 

त्यसैले मेरो छोरो

प्रत्येक डिसेम्बर १ मा कन्डम दिवस मनाउँछ। 

०००

जीवन असाध्यै बेचैन र व्यग्र लाग्छन्। अहिलेको चलेको 'कमर्सियल आर्टिस्टमै सीमित हुन चाहँदैनन्। 'म केही गर्न चाहन्छुमौजुदा अवस्थाभन्दा भिन्न,' उनको बेचैनी प्रकट हुन्छ। यस्तो लाग्छ– उनी केही पृथककेही सार्थककेही ठूलो र केही भव्य गर्न चाहन्छन्। के गर्न चाहन्छन्उनी स्वयम्लाई थाहा छैन। 

हामीलाई पनि थाहा छैन। 

.....
    –मलाई हुलिया परिवर्तन गर्ने छुट छैन। यही कपालयही दारी र यस्तै हाँसो राम्रो छचेन्ज नगर् भन्छन् निर्मातानिर्देशकहरू। गेटअप चेन्ज गरेपछि चिप्लिन्छु कि भन्ने डर मलाई पनि छ। 

यहाँ साहित्यकारहरूले नोबेल साहित्य पुरस्कार पाएर देखाइदिऊन्नेताहरूले नोबेल शान्ति पुरस्कार पाएर देखाइदिऊन्फुटबल खेलाडीहरूले वर्ल्डकप खेलेर देखाइदिऊन्व्यापारीहरूले बिल गेट्स भएर देखाइदिऊन् अनि हामी पनि ओस्कार जितेर देखाइदिउँला।

रत्नपार्कमा पान खाएर थुक्यो भने जीवन लुइँटेललाई कसले गन्छ रजीवनस्तर मेन्टेन गर्न गाह्रो छ मजस्ता कलाकारलाई।

नेपाली फिल्मलाई होच्याउनेले दुई मिनेट क्यामेराअघि उभिएर आफ्नो परिचय दिएर देखाऊन्। 

जन्मिने पाप गरेबापत पाइएको सजाय हो जिन्दगी। निराशावादीले जीवनलाई अझ गहिरोसँग बुझ्छ होला। म आशावादी हुँ कि निराशावादीकन्फ्युजनमै छु। तरजीवनदेखि भाग्ने घातक खालको निराशावादी चाहिँ म हैन। 

अस्वस्थ देश, मौन दल

आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीलाई आफ्नो स्वास्थ्यभन्दा माफियाका कारण देश, नागरिक र चिकित्साशास्त्र अध्ययन संस्थान(आईएमओ) को बिग्रिएको स्वास्थ्यको बढी चिन्ता छ। मेडिकल कलेजहरूले सम्बन्धन लिन आईएमओमा गर्ने आर्थिक...

ठमेलः इमेज खराब छ

ठमेलः इमेज खराब छ

हो, ठमेलको छवि खराब भइरहेको छ। साँझ पर्नेबित्तिकै यसको ढोकै अगाडि तेस्रोलिंगीहरू कटाक्ष र नखरा गरिरहेका हुन्छन्। मसाज सेन्टरका बोर्ड फेरिएका छन्, धन्दा कायमै छ। डान्सबारका गोप्य कोठामा रासलीला चलिरहेकै...

एमआरपीका झन्झट

एजेन्ट र म्यानपावरबाट सास्ती भोगेका कामदारहरूले सरकारी सेवाबाट समेत झमेला बेहोर्नु परेको छ। विदेश जान आवश्यक मेसिन रिडवेल पासपोर्ट (एमआरपी) बनाउने बेलामा पासपोर्टमा विभिन्न त्रुटी हुँदा विदेश जाने तयारीमा रहेका...

खरो खरेल

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले...

हट पोज, अवसर खोज

हट पोज, अवसर खोज

गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस्...

'स्टेजकै कारण जिउँदा हामी'

'स्टेजकै कारण जिउँदा हामी'

चर्चित गायक राजु लामा अमेरिका बस्छन्। आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन्। युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन्। गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी। एल्बम बिक्री शून्य भएका...

जोगिनीको मादक हेराइ

जोगिनीको मादक हेराइ

हट हिरोइनको छवि बनाएकी सुषमा कार्की शनिवार भद्रकाली मन्दिरमा फरक पहिरनमा देखिइन्। छोटो कपडामा उत्तेजक अभिनय र डान्स गर्ने हिरोइनको परिचय त्यो दिन शतप्रतिशत गायब थियो। हिउँदको चिसोमा पनि अरूको...

प्रशान्तको सुरमा झुम्यो पोखरा

प्रशान्तको सुरमा झुम्यो पोखरा

आइतवार पोखरा रंगशाला खचाखच भरिएको थियो। सन्दर्भ थियो– 'ल्होछार म्युजिकल फेस्टिभल।' हजारौँ पोखरेली संगीतमा झुम्न तम्तयार थिए। जब इन्डियन आइडल प्रशान्त तामाङ स्टेजमा देखापरे, तालीको गडगडाहटले उनको स्वागत गरियो।