Sunday 15 Bhadra, 2071 |
Menu

शुक्रबार

समस्यामा अल्झिएको प्रेम

  • आइतबार २२ बैशाख, २०७०
  • किशोर नेपाल
  • DISQUS_COMMENTS
(2 votes)
समस्यामा अल्झिएको प्रेम
सुयशको जीवनमा मायाको घाम लाग्नलाग्न खोज्थ्यो, अनि कालो बादल आएर ढपक्क छोपिहाल्दथ्यो। पर्सन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभए पनि औसत केटाहरूभन्दा अलि माथि नै थियो ऊ। एट्टिच्युड प्रोब्लेम भने खुब थियो उसमा। साथीभाइसँग हिँड्दा बढी नै पोज मार्ने

बानी थियो उसको। कानमा इयरफोन छुट्दैनथ्यो। गीतको सोखिन थियो ऊ। पुराना हिन्दी गीतमा निकै रमाउँथ्यो। महिनैपिच्छे मोबाइल फेर्ने सोख थियो उसको। कान्तिपुर शहरमा भर्खरभर्खर ब्लुटुथ आएको बेला उसले पनि त्यो यन्त्र कानमा लगाएको थियो। अमेरिकाबाट देश घुम्न आएका उसका काकाले 'के भिरेको त्यो कानमाअमेरिकामा त लेबर काम गर्नेले मात्रै भिर्छन् यस्तो त!भनेपछि उसले कानबाट ब्लुटुथ झिकेर थन्क्याइदिएको थियो।

सुयशले मन पराएका केटीहरूमा किमिला पहिली थिइन। अघिल्लो न्यू इयर्स इभसम्म ऊ हेलेनाको पछि लागेको थियो। हेलेना फास्ट थिई– स्टडीमा पनि र लाइफ स्टाइलमा पनि। सुयशभन्दा अलि म्याचोर्ड देखिन्थी। उमेरकै हिसाबले त ऊ छिप्पिइसकेकी थिई। उसको यौवनलाई धानेको थियो मेकअपले। हेलेनालाई रिझाउन सुयशले निकै मेहनत गरेको थियो। उसका लागि ड्रेसअपदेखि कस्मेटिक्ससम्म सुयशले नै धानेको थियो। उनीहरू सँगै रेस्टुराँजान्थे र भोड्का तान्ने गर्थे। भोड्का चढ्न थालेपछि हेलेना सुयशको कपाल सुमसुम्याउँथी र भन्थी,  'ओ माई ह्यान्डसम लभ्ली क्याट! ओ माई बेबी!यत्तिमै मख्ख पर्थ्यो सुयश। एक साँझ भोडका पिउँदै गर्दा यस्तो भयो कि हेलेनाले सुयशसँग आउटिङको प्रस्ताव राखी। सुयश दंग पर्‍यो। उनीहरू साँझ झमक्क परेपछि बाइकमा लागे धुलिखेलतिर। शहरमा मापसे आतंक फैलिएको थिएन। दिन पातलिँदै थियो। सुयशको अनुहार हेलमेटमा लुकेको थियो भने हेलेनाले स्कार्फलाई मास्क बनाएकी थिई। पहिचानको खतराबाट उनीहरू मुक्त थिए। 

यो आउटिङपछि सुयश र हेलेनाको दोस्ती अचानक नै पातलियो। हेलेना टाढिन थाली सुयशसँग। सुयश आफैँ पनि तर्किनथाल्यो हेलेनासँग। जाडो छल्न सुयशका मम्मीपापा मधेस झरेपछि ऊ मालतीतिर तानियो। मालती सुयशको घरमा थिईबितेका तीन वर्षदेखि। घरमा उसको हैसियत डोमेस्टिक हेल्परको भन्दा माथि र सुयशको भन्दा तल थियो। हेलेनाजस्तै मालती पनि अलिकति म्याचोर्ड देखिन्थी। मम्मीपापा हिँडेको दोस्रो दिन साँझ सुयशले मालतीसँग आँखा जुधाउँदै भन्यो, 'चम्पी गर्देऊ न।मालती मख्ख परी। उसले सुयशको कोठाबाट हेयर अइल लिएर आई र उसको तालुमा तेल ठोक्न थाली। सुयशको पूरै शरीर सेन्सेटाइज्ड भयो। मालतीले पनि रमाइलो अनुभव गरेकी थिई। 

सुयशको यो सम्बन्ध पनि तीनचार दिनमै पातलियो। अकस्मात् नै मालती ऊसँग तर्किन थाली। विन्टर भ्याकेसन सुरु भएपछि मालती घरतिर लागी र सुयश पनि मधेसतिर लाग्यो। कलेज खुलेपछि फर्केको सुयशले धेरै कुरा बदलिएको पायो। उसको बेस्ट फ्रेन्ड निरूप र सुमनले कलेज छाडेका थिए। हेलेना फुड टेक्नोलोजी पढ्न स्कलरसिप पाएर फिलिपिन्सतिर लागेकी थिई। नयाँभर्नामा आएका कोही पनि त्यति फास्टफरवार्ड थिएनन्। सुयश निकै डल फिल गरिरहेको थियो।

सुयशको मन किमिलामा बसे पनि किमिलाको आँखामा कतै चढेको थिएन सुयश। लाइफस्टाइलका कारणले मात्रै हैनविचारले पनि उदार थिई किमिला। सुयश धनपैसाले सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने सोच्थ्यो। यो हल्काफुल्का जमानामा पनि घाँटीमा सुनको मोटो सिक्रीहातमा सुुनको ब्रासलेटआँखामा पोलो गग्स– सुयशको व्यक्तित्व भद्दा देखिन्थ्यो। ऊ भने यसैलाई सौन्दर्य ठान्थ्यो। उसको पुर्ख्यौली त्यति सम्पन्न होइन। मधेसमा चारपाँच बिघा जग्गा हुँदैमा मानिस सम्पन्न पनि त हुँदैन। वास्तवमा सुयश नवधनाढ्य परिवारको प्रतिनिधि पात्र थियो। उसको पापा जिल्लामा सानोतिनो ठेकेदारीको काम गर्दागर्दै ठूला ठेकेदार बनेका थिए। पैसा कमाएपछि मान्छेमा अहंकार त चढ्ने नै भो!

सबैसँग बोल्नेखानेरमाइलो गर्ने चुलबुले स्वभावकी किमिलाले सुयशसँग चिनजान भएकै दिन मुख बटारेकी थिई। सुयशको घाँटीमा लर्केको सुनको मोटो सिक्री देख्नेबित्तिकै उसको पारा चढेको थियो। साँझ क्याफेमा साथीहरूसँग उसले सुयशको सिक्रीलाई जोक बनाउँदै भनेकी थिई, 'सुनको दाम्लोले बाँध्दैमा भैँसी कहिले मान्छे हुने हो र?' सुयशलाई साँच्चीकै जोक बनाउने विचार गरेर किमिलाको ग्रुपले भोलिपल्ट सुयशलाई क्याफेमा बोलायो। सुयश मख्ख पर्दै क्याफे पुग्यो। मेचमा राम्रोसँग बस्नसम्म पनि नबसी निकै बडप्पन देखाउँदै उसले अनाउन्स गर्‍यो, 'आज मेरो टि्रट।

केटीहरूले उसको बडप्पन मन पराएनन्। इसाराइसारामै कुरा भयो उनीहरूबीच। केटीहरूले विभिन्न खानेकुराको अर्डर गरे। सबै खाइसक्ने कुरै थिएन। त्यसपछि कफीको पालो आयो। केटीहरूले कोल्ड क्यापचिनो मगाएसुयशले एस्प्रेसो। वेटरले उसका अगाडि सानो कपमा एक घुट्को कफी ल्याएर राखिदियो। उसले त्यो कफी पिएको मात्र के थियोतीतो न तीतो स्वादले रन्थनियो। सधँै रामचाको चियापसलमा मेसिनले गरर्र पारेको दुधिलो र गुलियो इन्स्ट्यान्ट एस्प्रेसो कफी पिइरहेको केटोले के धान्न सक्थ्यो एस्प्रेसो! सुयशले मुख बिगारेको देखेर केटीहरू खित्का छाडेर हाँस्न थाले। आठ हजार रुपैयाँको बिल तिरेर आफू दोहोरो बेबकुफ बनेको उसले बुझ्नै सकेन।

किमिलाको इन्ट्रेस्ट आफूमा नभएको सुयशले बुझ्नै सकेको थिएन। प्रायःजसो ऊ किमिलालाई टि्रट दिन्थ्यो। किमिला पनि फोेगटको खाना छाड्दैनथी। रामेश र किमिलाका बीचको प्रेम भाव देखेपछि उसको मनमा चिसो पसेको थियो। उसले आफ्नो भाग्यमा गर्लफ्रेन्ड नै नभएको सोच्न थालेको थियो। यथार्थ पनि त्यस्तै थियो। ऊसँग दुई घण्टा बिताउने केटीहरू परपरपर भैहाल्थे।

क्रमशः 
हट पोज, अवसर खोज

हट पोज, अवसर खोज

गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस्...

ठगीविरुद्ध त्रिपक्षीय सम्झौता

वैदेशिक रोजगारीमा दिनदिनै ठगीका घटना बढ्न थालेपछि वैदेशिक रोजगार विभागले ठगीलाई न्यूनीकरण गर्न र यस क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था सुरु गर्न थालेको छ। म्यानपावर कम्पनीले विदेश जाने कामदारलाई गलत...

'धन्न, आइटम क्विन बनिनँ!'

'धन्न, आइटम क्विन बनिनँ!'

गायिका मौसमी गुरुङको गायन पनि मौसमजस्तै छ। कहिले उनी रिमिक्समा भुल्छिन्, कहिले जिंगलमा झुल्छिन्, कहिले आइटम सङमा अड्किन्छिन्। 'परेलीमा छौ कि कसो', 'चोरेर लग्यो यो मन', 'लाउन त लाइदिएँ माया...

'अलच्छिनी' म

'अलच्छिनी' म

मेरा बाल्यकाल मुम्बईको चेम्बुर इलाकामा बित्यो। घरमा आमा, बुवा, दिदी र ममात्रै थियौँ। सानो र सुखी परिवार थियो हाम्रो। सानैदेखि हट्टाकट्टा थिएँ। खानाको सोखिन थिएँ। टीभी असाध्यै हेर्थें। पढाइमा पनि...

तालीको भोको टोन ट्रिएङ्गल

तालीको भोको टोन ट्रिएङ्गल

टोन ट्रिएङ्गल।नामैले प्रस्ट छ– यो तीन सदस्यको सांगीतिक समूह हो। पर्कसनिस्ट पुनम सापकोटा, गिटारिस्ट विशालविक्रान्त अधिकारी र भोकलिस्ट तथा गिटारिस्ट राकेश महत यसमा आबद्ध छन्। ब्यान्ड डेढ वर्षअघि फर्म भएको...

निर्लज्ज! मतिहीन!

निर्लज्ज! मतिहीन!

पोखरा फूलबारीकी ममता अधिकारीलाई हरेक वर्ष तीज कहिले आउलाझैँ लाग्छ। दिदीबहिनी जम्मा भएर नाचगान गर्ने अवसर छोप्न उनी सधैँ उत्साहित हुन्छिन्। ममता तीजगीतकी पारखी पनि हुन्। टेलिभिजनमा बज्ने तीजगीत हेर्दै...

दुब्लाएको दसैँ !

'लाहुरे दाइ आए। क्यानाम, दो महिनेके छुट्टी मनानेके लिए!' दिल्ली नदेखेको र लाहुर नटेकेको भए पनि लामो समय हराएर फर्किएका सिल्लीलाई समेत लाहुरे भन्ने चलन थियो। फुली पनि नपाएर बुच्ची...

खोइ लाठी बुढेसकालमा?

खोइ लाठी बुढेसकालमा?

'आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको' भन्थे उहिले। यो हिटरको आगो ताप्ने जमाना हो। व्यस्त जीवनशैली अँगालिरहेको नेपाली समाजलाई बूढाबूढीका कुरा सुन्ने फुर्सद छैन। राज्य, समाज र परिवारबाट ज्येष्ठ नागरिकहरूले...