Friday 15 Shrawn, 2072 |
Menu

शुक्रबार

ist-cc

'टिचरले प्रेमप्रस्ताव राखे'

(5 votes)
नीता ढुंगाना नीता ढुंगाना
म पहिलेदेखि नै एकदमै घमण्डी केटी ।  आफूजस्ती राम्री कोही छैन जस्तो लाग्थ्यो। सानैदेखि एकदमै चुलबुले पनि थिएँ। पढाइमा पनि एकदमै तेज थिएँ। कक्षा ५ सम्म काठमाडाँैमै पढेकी हुँ। त्यतिबेला मलाई प्रदीप भन्ने केटाले एकदमै मन पराउँथ्यो। तर, म भने उसलाई खासै भाउ दिन्नथेँ। त्यो उमेरमा मायापिरती भन्ने के थाहा हुन्छ रउसले मलाई स्कुलमा टिकिनसक्ने बनाएको थियो। म जहाँ गए, त्यहीँ आउँथ्यो। भित्ताहरूमा पनि 'नीता लभ्स प्रदीप' लेखिदिन्थ्यो। 
ब्ल्याकबोर्डमा 'नीताम तिमीलाई एकदमै माया गर्छुभन्ने लेखेर टेन्सन दिन्थ्यो। केटा पनि खासै राम्रो थिएन। अफ्रिकाबाट झरेको जस्तो कालो थियो। मलाई डर लाग्थ्यो उसको अगाडि परेपछि। मलाई देख्यो कि ठूलठूला आँखाले हेर्नेगर्थ्याे। उसका डरले कति दिन स्कुलै गइनँ।  घरमा भनिदिएँ। त्यसपछि स्कुलले उसलाई बानी नसुधारेर निकालिदिने धम्की दियो। तबमात्र उसले मेरो पिछा गर्न छाड्यो। 

स्कुलका भन्दा बाहिरका केटाहरूले मलाई एकदमै मन पराउँथे। कतिले त प्रेम पत्र पनि लेखेर दिएका थिए तर मलाई कोही मन परेन। 

कक्षा ७ मा पढ्दा मलाई एउटा केटा एकदमै मन पर्थ्यो। ऊ हेर्दा स्मार्ट पनि देखिन्थ्यो र कक्षाको फस्ट ब्वाई थियो। मैले नै उसलाई प्रेम प्रस्ताव राखेको थिएँ। उसले पनि मलाई भित्रभित्रै मन पराउने रहेछ। एकैचोटिमा उसले मेरो प्रस्ताव स्वीकार गयो। यसपछि सुरु भयो हाम्रोप्रेम कहानी। तरहाम्रो प्रेम एक वर्ष पनि टिकेन। आठ कक्षामा पुगेपछि ऊ पढ्न अन्तै गयो। 

कक्षा १० मा पढ्दा मलाई आफ्नै टिचरले मन पराएका थिए। मलाई सबै कुरा सिकाइदिने। जाँचमा पनि सधैँ पास गरिदिने जस्तो काम उहाँले गर्नुहुन्थ्यो। म पनि मेरो टिचरलाई मन पराउँथे तर के गर्नुहाम्रो उमेरले नै नदिने। कक्षा ११ मा पुगेपछि मलाई उहाँले फोनबाट 'आई लभ यूभनेर प्रेम प्रस्ताव राख्नुभएको थियो तर मैले 'हामी साथीजस्तो भएर बसूँ हैभनेर टारिदिएँ। 

कलेजमा आएपछि मलाई धेरैले प्रेमप्रस्ताव राखे तर मैले कसैलाई पनि स्वीकार गर्न सकिनँ। आजसम्म मैले आफ्नो सपनाको राजा भेटेकी छैन।
रेखाको अमिताभ मोह

रेखाको अमिताभ मोह

हालै ६० वर्षीया अभिनेत्री रेखाको फिल्म 'सुपर नानी' आयो। रेखाको उम्दा अभिनय र सुन्दरताले बलिउडमा कमाल देखाए पनि यस फिल्मले भने खासै कमाल देखाउन सकेन। फिल्मको चर्चा यत्तिकै सेलायो। तर,...

प्रधानमन्त्रीलाई भैँचालो पीडितको पत्र

प्रधानमन्त्रीलाई भैँचालो पीडितको पत्र

काठमाडौं- वैशाख १२ गते आएको महाभुईँचालोले खण्डहर बनेको बस्तीबाट तपाईंलाई यो पत्र लेख्दै छु। भूकम्प पीडितका तर्फबाट तपाईंसमक्ष आफ्ना कुरा राख्ने मसँग यो पत्रबाहेक अरू के नै विकल्प छ र?...

युवा साथीहरूलाई चिठी

युवा साथीहरूलाई चिठी

युवा मित्र,तपाईंमध्ये कैयौँलाई 'राजनीतिु मन पर्दैन। तर, यो मन नपरेको राजनीति हो कि राजनीतिको दैनिक चलखेलरु म अलि गहिरो कुरा गर्न खोज्दै छु। पत्रपत्रिका, टेलिभिजन, रेडियो आदि सबै सञ्चारमाध्यमले चौबीसै...

'छोडी दिन्छु' भन्न खोज्दा 'छोरी दिन्छु' होला!

'सामानको दर सोध्न मलाई डर लाग्यो।' भन्नुपर्नेमा 'सामानको डर सोध्न मलाई दर लाग्यो।' भनियो भने अर्थको अनर्थ हुन्छ। यस्तो उच्चारण गर्नेलाई देखेर उपहास गर्ने बानी पनि हामीसँग छ। वास्तवमा संस्कृतको...

रुचाइयो 'झोले'को गीत

रुचाइयो 'झोले'को गीत

फिल्म निर्देशक दीपेन्द्र के खनाल दर्शकलाई नयाँ स्वाद चखाउन चाहन्छन्। फिल्म 'धर्मा'मा मनीषा कोइरालालाई अभिनय गराएर, 'चपली हाइट'मा यौन र अपराधको विषयलाई फरक तरिकाले प्रस्तुत गरेरमात्रै होइन, नेपालमै पहिलो पटक...

स्टन्टमा पोख्त

स्टन्टमा पोख्त

अभिनेत्री हेमा श्रेष्ठबारे बजारमा अहिले के सुनिन्छ भने उनी स्टन्टमा कुनै हिरोभन्दा कम छैनन्। म्युजिक भिडियो निर्देशन गर्दै आएका मिलन चाम्सले निर्देशन गरेको 'हँसिया' मा अभिनय गरेकी हेमाले उक्त फिल्ममा...

मिनिस्कर्टमा कर्के नजर

मिनिस्कर्टमा कर्के नजर

मिनिस्कर्ट, मोबाइल र मोटरसाइकल अर्थात् 'थ्री एम'। उच्च माध्यमिक शिक्षा परिषद्ले यी थ्री एमले विद्यार्थीलाई छाडा, अनुशासनहीन र विकृत बनाएको देख्यो र ल्यायो आचारसंहिता। मिनिस्कर्ट लगाउन नपाइने, मोटरसाइकल चढ्न नपाइने,...

राहत लम्बेतान प्रक्रिया नबनोस्

भूकम्पपीडितका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका दातृ निकायहरू सरकारी च्यानलबाट रकम खर्च गर्न आनाकानी गर्दै छन्। नेपालको सरकारी संयन्त्र पारदर्शी नभएको र आफूले दिएको रकम दुरुपयोग हुन सक्ने आशंका...