Tuesday 17 Bhadra, 2071 |
Menu

शुक्रबार

हट पोज, अवसर खोज

  • आइतबार १५ बैशाख, २०७०
  • मनोज घर्तीमगर
  • DISQUS_COMMENTS
(7 votes)
अस्मिता केसी अस्मिता केसी तस्बिर : विजय गुरुङ
गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस् वा चौरमा, गर्मी झल्काउने पहिरनमा युवतीहरूको फोटो खिच्न ग्ल्यामर फोटोग्राफर व्यस्त छन्। मोडलिङको बढ्दो चहलपहलले फेशनेबल युवतीहरू फोटो सेसनप्रति निकै आकर्षित छन्। यो मौसममा फेवाताल तथा स्विमिङ पुलमा फोटो सेसन गर्नेहरू बढी छन्। तस्बिर हेरेरै फिल्मदेखि म्युजिक भिडियोमा अफर आउने लहरले युवतीहरूलाई फोटो सेसन गर्न उक्साएको छ।


ग्ल्यामरस फोटा सेसन गर्न युवायुवतीबीच प्रतिस्पर्धा नै चलेको छ। अझ युवतीमाझ 'उसले भन्दा हट पोज मैले किन नदिने?' भन्ने मानसिकता बन्दै गइरहेको छ। 'मोडलिङलाई करिअर बनाउन यो एउटा खुड्किलो भएकाले पनि मैले फोटो सुट गर्ने गरेको हुँ,' मोडल दीपा कार्की भन्छिन्, 'ग्ल्यामरको होडबाजी छ। कोभन्दा को कम भएकाले ग्ल्यामरस पोज त दिनैपर्‍यो नि।

फोटो सेसन मोडलिङ क्षेत्रमा लाग्न चाहनेका लागि पहिलो खुट्किलो बनेको छ। नयाँनयाँ अनुहार ग्ल्यामरस पोज दिन निकै आतुर छन्। चिटिक्क परेको बडी फिगर र क्षमता भएकालाई यस क्षेत्रमा अवसर पनि छन्। फोटोजेनिक अनुहारको बजार पनि राम्रै छ। उनीहरूले फिल्मम्युजिक भिडियोविज्ञापन आदिमा अभिनय तथा मोडलिङ गर्ने अवसर धमाधम पाउन थालेका छन्। त्यसैले फोटो सेसनप्रति युवतीहरू आकर्षित छन्। 'एक्सपोज नभएपछि को मोडल कस्तो छथाहै हुँदैन,' मोडल सपना गुरुङ  भन्छिन्, 'पत्रिका वा वेबसाइटका लागि फोटो सेसन गर्नैपर्छ। अझ ग्ल्यामरस पोजमा त सबैका आँखा परिहाल्छन्।केही वर्षपहिले पोखराको एक वेबसाइटमा फोटो सेसन गराएपछि उनलाई चिन्नेहरू निकै छन्। त्यसपछि उनले थुप्रै म्युजिक भिडियोफिल्ममा समेत अभिनय र मोडलिङ गरिसकेकी छिन्। 

अवसर पाइने र लोकप्रिय हुने भएपछि मोडलिङको संसारमा रमाउन चाहने युवती बढेका छन्। फोटो सेसनपछि नै मोडलहरूले विभिन्न अवसर पाउने गरेका छन्। उनीहरूका रहर पूरा गर्ने काम गरेका छन्पोखराका फेसन वेबसाइट र ग्ल्यामर फोटोग्राफरहरूले। जक्सन डट कमपोखरासिटी डट कमलभ्ली पोखरा डट कमकस्तो रमाइलो डट कमपोखराफेस डट कमठीकठाक डट कमरमाइलो पोखरा डट कममस्ती छ डट कमपोखरा टुडे डट कम आदि साइटहरू मोडलको फोटो सेसन गरेर नै चर्चामा आएका हुन्। 'गर्मीमा फाटो सेसन गराउन आउनेहरूको भीड बढेको छ,' जक्सन डट कमका फोटोग्राफर भूपालकुमार गुरुङ भन्छन्, 'युवतीहरू मोडलिङसँगै म्युजिक भिडियो र फिल्ममा अवसर खोज्न फोटो सेसन गराउँछन्।'

केही युवतीले भने सस्तो लोकप्रियताका लागि मात्रै तस्बिर खिचाएको पाइन्छ। मोडलिङमै जम्छु भन्ने सोच उनीहरूमा कमै हुन्छ। फोटो सेसन  गर्नेहरूले कामुकतालाई पनि बढी जोड दिएको पाइन्छ। वेबसाइटहरूले पनि आफ्नो व्यवसाय प्रवर्द्धन गर्न फोटो सेसन गराउन दौडधूप बढी गर्ने गरेका छन्। 'सबैको ध्यान मोडलमै पर्छत्यसैले होला आजभोलि फोटो सेसनको प्रतिस्पर्धा छ,' पोखरासिटी डट कमका फोटोग्राफर रवि श्रेष्ठ भन्छन्, 'केही युवती भने लोकप्रियता र रहरले फोटो सेसन गराउँछन्।'
पोखरेली अनुको मस्ती

पोखरेली अनुको मस्ती

यो हप्ता पोखरेली मोडल अनु गुरुङको तस्बिर शुक्रवार ब्लोअपमा प्रकाशित भएको छ। भुपाल गुरुङको तस्बिरमा यमु गुरुङले शृङ्गार गरेकी छन्।

घाइते फिल्म

घाइते फिल्म

नेपाली फिल्मको उमेर ५० वर्ष भयो। यत्रो समय खाइसकेको फिल्मले फुल्न र फल्न भने जानेन। वर्षमा सय वटासम्म फिल्म बन्छन् तर चारपाँच वटाले पनि लगानी उठाउन सक्दैनन्। पुरानादेखि नयाँसम्म सबै...

के भन्या यस्तो!

के भन्या यस्तो!

कति हिरोइनलाई दोष लगाउनु? कि काम गर्दिन भन्नुपर्‍यो, कि त निर्देशकले भनेअनुसारका दृश्य दिनुपर्‍यो। कामै नगरेपछि मुखमा माड कसरी लगाउनु? कुरा फिल्म 'स्टार'को हो र फिल्ममा प्रयोग गरिएको संवादको हो।...

'जलकुम्भी' जालमा प्रेम

मनोज घर्तीमगर- प्राकृति सुन्दरताले भरिपूर्ण पोखरा प्रेमीप्रेमिकाका लागि रोमान्टिक शहर हो। जोडीहरू यहाँ बेपर्वाह फेवाताल, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायत ठाउँमा रमाइरहेका हुन्छन्। तर,...

आशिष लागेकै हो त?

आशिष लागेकै हो त?

अभिनेत्री केकी अधिकारी र नीता ढुंगानाको असाध्यै राम्रो मित्रता छ। अघिल्लो हप्ता समयले यिनलाई 'शत्रु' बनाइदियो। यी दुई शीर्ष भूमिकामा रहेका फिल्म जुधाइएपछि अदृश्य प्रतिस्पर्धा त हुने नै भयो। आफूले...

फुटबलका खाँटी प्रशंसक

फुटबलका खाँटी प्रशंसक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेटपछि फुटबल सबैभन्दा मन पर्ने खेल हो। बास्केटबलमा समेत राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलेका उनी स्कुले जीवनमा फुटबलका राम्रा खेलाडी थिए। 'म सायद...

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

भिड्न तयार नेहा (साथमा फोटो फिचर)

टेलिफिल्म 'आफन्त'मार्फत ग्ल्यामरको रंगिन दुनियाँसँग जोडिन पुगेकी नेहा अचार्य यो क्षेत्रमा आफन्त नभएकै कारण पछि परेको गुनासो गर्छिन्। उनी भन्छिन्, 'आफ्नो मान्छे भएन भने त कामै नपाइँदो रहेछ।' सानैदेखिको रहर...

कसरी चिन्ने केटा र केटी?

केटाको पक्षबाट केटी हेर्न गए। अचेल बिहे छिन्न जाँदाको लस्कर जन्तीको जत्रै हुन्छ। छोरीमान्छे र छोरामान्छे सराबरी देखिन्छन्। अझै कुरा गर्ने हो भने बिहेबारीका अन्तिम निर्णायक–शक्ति भनेकै वरपक्षका महिलाहरू हुन्।...