Friday 14 Kartik, 2071 |
Menu

शुक्रबार

'संगीतसँग खेलबाड भइरहेको छ'

(4 votes)
संगीतकार शुम्भुजित बास्कोटा संगीतकार शुम्भुजित बास्कोटा
कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका संगीतकर्मीसँग साधना र समर्पण कम भएको देख्छन् उनी। संगीतको सेरोफेरोमा उनीसँग स्वरूप आचार्यले गरेको कुराकानी:

• हिजो आज के गर्दै हुनुहुन्छ?

म आफ्नै विषय संगीतमा व्यस्त छु। उन्नति शिलाजीको 'धर्तीको सन्देशनामक नयाँ एल्बम गरेँचलचित्र र इभेन्ट्सको काम गर्दै छु। केही ब्याले (गीतिनाटक) मा पनि काम गरिरहेको छुयादव खरेलको 'लाहुरर कालिप्रसाद रिजालको 'यशोधरा'। 

• संगीत क्षेत्रमा लाग्नुभएको चार दशकजति भइसक्यो। आफूले सुरु गर्दाको समय र अहिले केकस्तो फरक पाउनुहुन्छ?

अर्गानिक फलफूल र हाइब्रिडमा जे फरक छअहिले र पहिलेको संगीतमा त्यही फरक छ। त्यो बेलाको समय प्रविधिको पक्षमा पछि भए पनि सिर्जनाको क्षेत्रमा भने अहिलेको पुस्ताभन्दा निकै अगाडि थियो। संगीतलाई साधनाको रूपमा लिइन्थ्यो र संगीतकर्मी अनुशासित थिए। त्यसैले त्यो बेलाको संगीत कालजयी छ। त्यो कालजयी संगीत त्यसै सिर्जना हँुदैन। त्यसका लागि साधनासमर्पण र मेहनत सबै चाहिन्छ। अत्यन्तै कठिन परिस्थिति थियो। केवल रेडियो नेपाल थियो। तैपनि त्यो बेलाको संगीत अत्यन्तै कर्णप्रिय छ। तरअहिले सुनाउनभन्दा देखाउनका लागि गीत गाइन्छ। जसले पनि गाउन सक्ने भएको छ। वाद्यवादन पनि इम्प्रोभाइज्ड भएको छ। एउटै मेसिनबाट सबै धुन निकालिन्छ। न ढोलक चाहिन्छन बाँसुरी।

• रेडियो नेपालमा गीत रेकर्ड गर्न कति कठिन हुन्थ्यो

अत्यन्तै कठिन। पहिला त हामी गीतकारसंगीतकार वा गायक भनेर चिनाउनुपर्‍यो। त्यसपछि त्यहाँको अनुशासनमा बस्नुपर्थ्यो। गीतकारहरूले लेखेर बुझाएको गीत सेन्सर भएर बोर्डमा टाँसिएपछिएउटा गीत छानेर त्यसमा संगीत भर्नुपर्थ्यो। संगीत भरेर मात्र भएन। गीतकारलाई चित्त बुझ्नुपर्‍यो। त्यसपछि त्यही अुनसारको गाउने मान्छे खोज्नुपर्‍यो। वाद्यवादन मिलाउनुपर्थ्यो। लाइभ हुन्थ्यो धेरै काम। गाह्रो थियो। तरअहिलेको भन्दा निकै रमाइलो माहौल थियो। 

• भनेपछि सन् ७० देखि ९० को दशकसम्मको समय नेपाली संगीतको 'गोल्डेन इराथियो।

अवश्य नै। त्यो नेपाली संगीतको मात्र होइन वेस्टर्नअमेरिकन र भारतीय संगीतको पनि गोल्डेन इरा थियो। त्यो बेला संसारभरि नै महान् संगीत सर्जकहरूको बोलवाला थियो।

• संगीतमा प्राविधिक विकाससँगै सिर्जनामा चाहिँ किन यति धेरै ह्रास आएको त?

क्राउड बढी भएर। त्यस बखत कम्युनिकेसन कम हुन्थ्यो। बाहिरका गीत सुन्नै गाह्रो हुन्थ्यो। बाहिर बसेर आएकाले लिएर आएको संगीत वा एलपी र क्यासेट सुन्ने हो। अब अहिले त युट्युब खोल्यो भने जे पनि सुन्न पाइन्छ। के नयाँके पुरानोविकास चाहिन्छ। त्यो हुनु नराम्रो होइन। तरआइटी सेक्टरमा मात्र त्यो विकास भयो। सिर्जनामा भएन। मैले अघि नै भनेँतबलाढोलकको धुन तपाईं सिडीमा पाउनुहुन्छ। ढोलक वा तबला लाइभ बजाइरहनुपरेन। तरलाइभमा जुन मिठास हुन्छत्यो रेकर्डेड धुनमा हुँदैन। अर्को कुरा संगीत भर्न र गाउन त मेसिनले सक्दैन। मान्छेले नै गर्नुपर्छ। त्यसका लागि त सिर्जना गर्ने चेतना चाहियोसाधना चाहियो। त्यसको अहिले केही अभाव छ। पहिला रेडियो नेपालमात्र हुँदा क्वालिटी कन्ट्रोल हुन्थ्यो। मनलागी गर्न पाइँदैनथ्यो। अहिले एउटा कोठामा बसेर मनलागी गर्न पाइन्छ। संगीतसँग खेलबाड भइरहेको छ। 

• यस्तो बेथिति हुँदा पनि तपाईंहरूजस्ता अग्रज किन चुप लागेर बसेको छ

म चुप लागेर बसेको छैन। आफ्नो काम गरिरहेको छु। मैले त नेपालको संगीत क्षेत्रको जगेर्ना र विकास गर्न संगीत बोर्डको आवश्यकता छत्यो बन्नुपर्छ भन्दै प्रपोजल बोकेर केही प्रधानमन्त्री र नेताको दैलोमा पुगेको छु। तरकसैले कुरै सुन्दैनन्।

• संगीतलाई समाज चित्रण गर्ने सहज र राम्रो माध्यम मानिन्छ। अहिलेको नेपाली संगीत समाज चित्रण गर्न सफल छ कि छैन?

पहिलाको नेपाली संगीतले अवश्य नै समाजको चित्रण गर्थ्यो। त्यसमा दुई मत छैन। धेरै पर पनि जानुपर्दैनगाइनेले सारंगीसित गाएको गीत सुने पुग्छ। अहिलेका कुरा गर्दा संगीतबाट समाज र राष्ट्रबोधको चेतना हराएको छ। आँैलामै गन्न सकिने गीतकारसंगीतकार र गायकहरूले समाजमा भइरहेका अहिलेको बेथितिलाई आफ्ना सिर्जनाबाट सम्बोधन गर्न खोजिरहेका छन्। गर्दै नगरेका होइनन्। तरअहिलेको नेपाली समाजको अवश्यकताभन्दा त्यो धेरै न्यून छ। संगीतले मान्छेलाई एक गराउन सक्छ। अहिले फुट्दै गएको समाजमा त्यो अत्यन्तै आवश्यक छ। हामी त्यसमा पछाडि परेका छौँ।

• एकताका तपाईंको नेपाली फिल्म क्षेत्रमा एकछत्र राज थियो। शम्भुजीत बाँस्कोटाको संगीत नभएको फिल्मको परिकल्पना पनि गर्न गाह्रो हुन्थ्यो। एकाएक त्यो टुटेको छ।

त्यो टुटेको भन्दा पनि म आफैँले टुटाएको हो। जुन बखत संगीतलाई पूजा गरिन्थ्योफिल्ममा मैले काम गरेँ। त्यो बेला फिल्ममा गीतको ठूलो योगदान हुन्थ्यो। नायकलाई गीतले स्टार बनाउँथ्यो। 'रातो टीका निधारमावा 'बाँझो खेतमाभन्नेबित्तिकै मान्छेले राजेश हमाललाई सम्भि्कन्छन्। 'माया नै माया छ तिम्रो गाउँमार 'तिम्रो त्यो आँखामा को बस्छगीत भनेपछि दिलिप रायमाझीलाई सम्भि्कन्छन्। भुवन केसी कुनै प्रोग्राममा नाच्न गए भने 'म हुँ नेपालीबाबुबजिहाल्छ। अरू त अरूराजेन्द्र खड्गीलाई पनि मान्छेहरूले 'हाम्लाई पनि मायाले हेर पार्वतीबाट चिन्छन् र सन्तोष पन्तलाई 'गोलमाल भो अन्तरेबाट। त्यो बेलाको फिल्ममा संगीतको क्रेज नै अर्को थियो। हामी संगीतकार पनि त्यतिबेला स्टार हुन्थ्यौँ। अहिले फिल्ममा धेरै गीत चाहिँदैन। एकदुइटा भए पुग्छ। त्यो पनि आइटम नम्बर भए पुग्छ। फिल्मको कथावस्तुबाट बुनेर ल्याएको गीत नै चाहिँदैन। हामीले त्यतिबेला पनि आइटम नम्बर नगरेका होइनौँ। हामीले गरेको आइटम गीतको चर्चा संसद्मा पनि हुन्थ्यो। सन्त नेता किशुनजीले 'ए संगीतावा 'किसुनजी किसुनजीभन्ने गीतको चर्चा हाउसमा गर्नुहुन्थ्यो। मैल भन्न खोजेको के भने त्यो बेला पनि आइटम हुन्थ्यो। अहिले पनि हुन्छ। राम्रो छ। तरक्रियटिभ मान्छेलाई अहिले निर्माताको दबाब हुन्छ। चारवटा क्यासेट दिएर यस्तो गीत चाहियो भन्छन्। त्यो त सम्भव हुँदैन। मैले तीन सयभन्दा बढी फिल्म गरेँ१८ सयभन्दा बढी गीतमा संगीत भरेँविज्ञापनको जिंगल बनाएँ सात सयजति। कति गीत अहिले पनि सुन्दा आफ्नो प्रभाव पाउँछु। बलिउडमा पनि त्यो प्रभाव सुन्छु। किनभने बम्बेमा गएर मैले थुप्रै गीतको एरेन्जमेन्ट गरेको छु। मेलोडीको प्रभाव त सबैलाई पर्छ नि। मैले कपी भनेको हैन है। प्रभाव भनेको। मैले गरेका फिल्मका सिडीहरू ३५/४० हजार बिक्थ्यो। अर्को कुरामैले त्यो बेला एउटा गीत गर्न लिने पैसाले त अहिले पूरा फिल्मको गीत बन्छन्। रपहिला जस्तो प्रमोट पनि गर्दैनन्।

• त्यो बेला त्यत्रो एल्बम बिक्री हुँदो रहेछ। अहिले संगीतको बजार कस्तो छ त?

हामी सबैलाई थाहा भएकै कुरा हो निठप्प छ। अहिले पनि राम्रो– राम्रो संगीत सिर्जना गर्नेहरू नभएका होइनन्छन्। तरभर केवल सिआरबिटी र कन्सर्टको मात्र हो। त्यो चल्यो भने चल्योनत्र चेट। अहिले कलाकारको शोषण भइरहेको छ। नेताहरू सांसद् भएको भरमा राज्यको गाडी चढेर हिँड्छ। देशविदेश गएर नेपाललाई चिनाउने कलाकार भने लुखुरलुखुर बाटोमा हिँड्नुपर्छ। के राज्यले उनीहरूको जिम्मेवारी लिनुपर्दैन?

• यो गुनासो छोडेर अरू कुरा गरौँ। तपाईंलाई कस्तो वातावरणले संगीत सिजना गर्न मद्दत गर्छ?

म आफैँसँग मोहित हुन्छु। एकछिन एक्लै डुब्छु। मलाई समयकालपरिस्थिति चाहिँदैचाहिँदैन। मलाई केही चिज चाहियो भने एकछिन सबै बिर्सेर त्यसमा घोरिएर आफैँभित्र हराउँछु। रुनुपर्ने ठाउँमा रोएरै सोच्छुहाँस्नुपर्ने ठाउँमा हाँसेर सोच्छु। म आफैँभित्र संगीत खोज्छु।

•  संगीत सिर्जना गरेर शब्द भर्नुहुन्छ कि शब्द हेरेर संगीत भर्नुहुन्छ?

दुुवै गर्छु। सजिलो त आफ्नो मनमा आएको संगीतमा अरूले शब्द भरिदिएकै सजिलो हुन्छ। मैले केही संगीतमा पनि गति लेखाएको छु। जस्तोः 'बादल बनाइदेऊआकार बदल्न सकूँ', 'बदाम सोलीमा'। 

• बिना शब्द धुन सिर्जना गर्न सजिलो कि शब्दसहितको धुन सिर्जना गर्न सजिलो?

धुन त आफूले कुन मुडमा मस्त भएर गरिन्छ। त्यसमा गीतकारले गीत लेखिदियो भने धेरै सजिलो हुन्छ। त्यो भारतमा धेरै चलेको छ। तरनेपालमा के भयो भने हामी सुगम संगीतको पछि लाग्यौँ। रेडियो नेपालमा गीतकारले गीत बुझाएर सेन्सर भएर निक्लेपछि मात्र हामीले संगीत भर्ने गर्थ्यौँ। त्यो कल्चरबाट आएकाले हामी शब्दमा संगीत भर्न प्राथमिकता दिन्छौँ।

• कलाकारहरू रसिक मिजासका हुन्छन् भनिन्छ। तपाईं कत्तिको रसिक हुनुहुन्छ?

मान्छे भएपछि रसिक त भइहालिन्छ नि। मलाई हाँस्न असाध्यै मन पर्छ। जिन्दगीमा सफल हुन संघर्ष गर्नुपर्छ। मानिस भनेको अत्यन्तै शक्तिशाली चिज हो। मानिसले धेरै कुरा बनाएको छ। भगवान्ले सृष्टि गरेको यो संसार चलाउने त मान्छे नै हो। त्यो सोचेरै पनि म रोमान्टिक हुन्छु।
उपवासमा सहवास ?

उपवासमा सहवास ?

प्रत्येक व्यक्तिका लागि यौन सम्पर्क अत्यन्त गोपनीय र निजी अनुभव हो। यौन जीवनलाई आनन्ददायी बनाउन मानिसले आफ्नै तौरतरिका अपनाउने गर्छ। विभिन्न समय र तरिका अपनाएर सहवासको अनुभव बटुल्ने यौन जोडीहरूले...

'बेड सिन दिन रमाइलो लाग्छ'

'बेड सिन दिन रमाइलो लाग्छ'

तपाईंको अर्को फिल्मले पनि एडल्ट सर्टिफिकेट पाएछ!कति फिल्म सेन्सरमै अडि्करहेका छन्। 'रोमान्स'ले एडल्ट सर्टिफिकेट पाए पनि सेन्सर त भयो नि। सबै फिल्मले एडल्ट सर्टिफिकेट पाएपछि तपाईं पनि 'एडल्ट हिरोइन' हुनुभयो!फिल्मको कथाअनुसार...

रोगी नेता

रोगी नेता

स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै चलेको होइन। मान्छे स्वस्थ हुनका लागि उसको तन र मन दुवै स्वस्थ हुनुपर्छ। स्वस्थ मान्छेको व्यवहार र क्रियाकलाप सहज र सामान्य हुन्छन्। स्वस्थ...

काली दमिनीदेखि रूपासम्म

काली दमिनीदेखि रूपासम्म

ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ।...

अवार्डको सपिङ

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म...

हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

महाभारतको कथा–अनुसार पाण्डवहरूलाई एक वर्ष गुप्तवास बस्नुपर्ने अवस्था आयो। विराट् राजाका नोकर–नोकर्र्नी भएर बसे बिचरा–बिचरीहरू। युधिष्ठिरले जुवा खेल्ने काम पाए। भीमसेन भान्सा–विभागमा भित्रिए। नकुल र सहदेव गोठाला भए। अर्जुन बेरोजगार...

'दश हजार किताबसँग म'

'दश हजार किताबसँग म'

धरानवासी कृष्णप्रसाद श्रेष्ठ (८१) यस्ता लेखक हुन्, जसको फुटकर रचनाबाहेक किताब प्रकाशित भएको छैन। तर, उनीबारे किताब लेखिएको छ। साहित्यिक पत्रिका 'ज्ञानगुनका कुरा'ले उनीबारे विभिन्न समयमा तयार पारेको पाँच वटा...

जे छ, ग्ल्यामर क्षेत्रमै छ

जे छ, ग्ल्यामर क्षेत्रमै छ

बेलुका फिट्नेस सेन्टरमा। दिउँसो मोडलिङ ओरिएन्टेसन कार्यक्रममा। अर्को दिन मेकअप क्लासमा। धरानकी मन्दिरा लामिछाने सक्रिय छिन्।