Friday 9 Shrawn, 2071 |
Menu

शुक्रबार

कुरूप बनाउला क्रिमले!

(2 votes)
कुरूप बनाउला क्रिमले!
खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग पनि जोडिन थालेको छ। गोरो अनुहार, लामो, बाक्लो र रेसमी कपाल सबैलाई चाहिएको छ। बजारमा पाइने हजारौँ ब्रान्डका सौन्दर्य प्रसाधनका विज्ञापनमा देखिने सुन्दर अनुहारले धेरै तानिन्छन्। सक्कली र नक्कली छुट्याउन सकिने अवस्था छैन। सरल र स्निग्ध गालामा दलिएको प्रसाधनले कतै तपार्इंलाई सधँैका लागि कुरूप बनाउने त होइन? सजना बराल, संगीता श्रेष्ठ र अञ्जान स्वीकृतिले तयार पारेको यो विवरणमा कस्मेटिक जगत्का काला करतुत उधिन्ने प्रयत्न गरिएको छ।
नेपाली बजारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य प्रसाधन पाइन्छन्। ती प्रसाधनका विज्ञापनामा हलिउडदेखि बलिउडका मोडल वा हिरो–हिरोइन देखापर्ने गरेका छन्। आफ्ना आइडलजस्तै हुने रहरले आम मानिस तिनले विज्ञापन गरेको सामग्रीप्रति झट्टै विश्वास गर्छन्। र, विश्वास गर्छन् व्यापारीहरूमाथि पनि। तर, दुवैले उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिरहेको धेरैलाई पत्तो छैन।

सुन्दर बन्ने वा देखिने रहर जो कोहीलाई पनि हुन्छ। ह्यान्डसम र ब्युटिफुल बन्ने होड नै चलेको छ। सुन्दरतासँग व्यक्तित्व, करिअर र प्रतिष्ठासमेत जोडिएका हुन्छन्। आफूलाई सुन्दर देखाउन मानिसहरू जे पनि गर्न तयार छन्। क्रिम–पाउडर दल्नेदेखि कस्मेटिक सर्जरी गरेर गालामा डिम्पल बसाउने वा इलेक्ट्रोलाइसिसका माध्यमले हात, गोडा र अनुहारका रौँ उखाल्नेसम्मका विधि अपनाउँछन्। यो जमाना नै राम्रा र राम्रीहरूको हो।

सुन्दर बन्ने होडबाजीमा महिलामा मात्रै सीमित छैन। पुरुष पनि यो दौडमा सामेल छन्। जसरी हुन्छ, सबैलाई सुन्दर देखिनुछ। त्यसैले सौन्दर्य प्रसाधनको व्यापार दिन दुई गुना रात चौगुना बढिरहेको छ। विभिन्न किसिम र ब्रान्डका स्याम्पू, कन्डिसनर, साबुन, क्रिम, पाउडर, लोसन, जेल, सेड्स, गाजल, ग्लस, लिपस्टिक, हेयर कलर, फाउन्डेसन आदि महिला र पुरुषलाई शिरदेखि पाउसम्म सुन्दर बनाउन खटिएका छन्। सुन्दरताको भाउ बढेयता बजारमा कस्मेटिक प्रोडक्टको संख्या पनि अत्यधिक मात्रामा बढेको छ। मान्छे सिँगार्ने संस्था वा पार्लर वनमाराझैँ झ्याँगिएका छन्। उपभोक्ता आफूलाई 'रंग्याउन' हरबखत तम्तयार छन्। कस्मेटिक्सप्रतिको उनीहरूको मोह उग्र छ। तर, सक्कलीसँगै बजारमा नक्कली प्रसाधनको बिगबिगी छ।

अनुहारलाई राम्रो, नरम र चमकदार बनाउने क्रिम वा लोसन विभिन्न ब्रान्ड र कम्पनीले अलग–अलग नाउँमा उपलब्ध गराएका छन्। नेपाली उपभोक्ताले छनोटका धेरै विकल्प भेटाएका छन्। उनीहरू एकपछि अर्को क्रिम आफ्नो अनुहार र छालामा 'ट्राई' गरिरहेका हुन्छन्। 'दिदीको घर गए दिदीकै क्रिम दल्छन्,' फ्यासिनेटेड ब्युटी ट्रेनिङ स्कुलकी ब्युटिसियन लक्ष्मी महतले भनिन्, 'साथी, छिमेकी, आफन्त जसको भेट्यो उसकै क्रिम, पाउडर लगाउने चलन छ।' मानिसको छाला नर्मल, अयली, ड्राई, सेन्सेटिभ र कम्बिनेसन प्रकृतिका हुन्छन्। आफ्नो छालाको प्रकारअनुरुप शृंगार नगरे सुन्दर होइन हेरिनसक्नुको भइने लक्ष्मीले बताइन्।

नेपाली बजारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य प्रसाधन पाइन्छन्। ती प्रसाधनका विज्ञापनामा हलिउडदेखि बलिउडका मोडल वा हिरो–हिरोइन देखापर्ने गरेका छन्। आफ्ना आइडलजस्तै हुने रहरले आम मानिस तिनले विज्ञापन गरेको सामग्रीप्रति झट्टै विश्वास गर्छन्। र, विश्वास गर्छन् व्यापारीहरूमाथि पनि। तर, दुवैले उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिरहेको धेरैलाई पत्तो छैन।

आम मानिसको कस्मेटिक मोहलाई बुझेका अधिकांश व्यापारीले नक्कली प्रसाधनको खुलेआम बेचबिखन गर्ने गरेका छन्। ब्रान्डेड प्रसाधन खोज्ने तर किन्ने सामर्थ्य नभएका उपभोक्ताका लागि सक्कली सौन्दर्य प्रसाधनको हुबहु नक्कली निकाल्ने मेसो मिलाएका छन्। जहाँ ब्रान्डेड सामान किन्न हात्तीसहितका नोट बुझाउनुपर्छ, त्यही सामान केही सयका नोटमै उपलब्ध भएपछि उपभोक्ता आँखा चिम्लेर खरिद गर्छन्। त्यसको गुणस्तरमा कमैको ध्यान जाने गरेको छ। कोरियन, जापनिज, सिंगापुरे वा थाई क्रिमको बिल्ला भिराएर व्यापारीहरू चाइनामा बनेका कमसल क्रिमहरू बेचिरहेका छन्। 'विदेशी प्रसाधन भन्नुमात्रै हो,' लक्ष्मीले भनिन्, 'सबै खासाबाट भिœयाउने हुन्।' बिनुज सिन्डरेला ब्युटी पार्लरकी बिनु श्रेष्ठले नेपाली बजारमा पाइने कोरियन क्रिम प्रयोग गर्नै नहुने बताइन्। 'तिनमा कडा खालका रसायन बढी मात्रामा हुन्छन्,' उनले भनिन्, 'तिनले कपाल झार्ने, चाया आउने, छाला पातलो बनाउने, बिमिरा आउने जस्ता समस्या उत्पन्न गराउँछन्।'

ओले, गार्नियर, लोटस, ल्याक्मे, म्याक, लोरियल, डभ, निभिया, पोन्ड्स, प्यान्टिन, लक्स, रेक्सोना, ओरिफ्लेम, रेभ्लोन, सनसिल्क, क्लिन एन्ड क्लेयर, जोन्सन एन्ड जोन्सनलगायत अन्तर्राष्ट्रिय ब्रान्डका प्रसाधन नेपालमा पाइन्छन्। आस्टाबेरी, जोय, अक्सी ग्लो, सेसा, म्याक्स ग्लो, सूर्या, अयुर, हिमालय, सहनाज, इमामीजस्ता इन्डियन ब्रान्डका कस्मेटिक पनि नेपाली बजारमा उपलब्ध छन्। फ्रेसिया, न्यू लुक, म्यारिन, सनाटा आदि नेपालमै उत्पादन हुने ब्रान्ड हुन्। लोकलभन्दा अन्तर्राष्ट्रिय ब्रान्डका सामानको बढी डुप्लिकेसी हुने नेपालका लागि आस्टाबेरी कम्पनीका म्यानेजिङ डाइरेक्टर हेमन्त निरौलाले बताए। उनले भने, 'इन्टरनेसनल ब्रान्डको मूल्य हाई हुन्छ। त्यही प्रोडक्टको डुप्लिकेट बनाएर केही व्यापारीले रिजनेबल प्राइसमा बेच्ने गरेका छन्।'

सक्कलीभन्दा नक्कली सामग्रीबाट बढी नाफा हुने भएकाले व्यापारीहरू त्यसो गर्न लालायित भएको जानकारहरू बताउँछन्। सक्कली प्रोडक्टको स्याम्पल पिस बोकेर चाइना जाने र त्यसको फोटोकपी गराएर नेपाली बजारमा बेचबिखन गर्ने गरिएको छ। मखनटोल र उपत्यकाका स–साना खुद्रा पसलदेखि ठूलठूला महलमा समेत गुणस्तरहीन, नक्कली र डेट एक्सपायर्ड प्रसाधनको बिगबिगी छ। 'नेपालमा ९९ प्रतिशत कस्मेटिक प्रोडक्ट नक्कली छन्,' डिल्लीबजारस्थित 'बी ब्युटिफुल पार्लर'की सरिता श्रेष्ठको अनुभव छ, 'चाइनामा लेबर कस्ट कम लाग्ने भएकाले चाइनिज प्रसाधनको मुल्य कम परेको हो। तर, ब्रान्डेड कम्पनीको सामान नक्कली बनाइएको छ भने झन् चर्को मूल्यमा बिक्रीवितरण गर्ने गरिएको छ।'

व्यापारीहरूको कालो धन्दामा खुला सिमानाले निकै साथ दिएको छ। गुणस्तर जाँच्ने निकाय र बजार अनुगमन टोलीको लापरबाहीले यस्तो कार्यमा सघाउ पुर्‍याएका छन्। भन्सारबाट सामान भिœयाउँदा आयातीत सामानलाई 'इन्ट्री' नगरी सरकारले करमात्र लिने गरेको छ। खराब नियतका मानिसले चीनबाट अत्यधिक मात्रामा नक्कली कस्मेटिक सामान भिœयाउने गरेका छन्। खासा मात्रै नभएर भारतबाट पनि नक्कली प्रसाधन भित्रिने गरेका छन्। बिनुका अनुसार नेपालमै पनि त्यस्तो चोरी काम गर्न सकिन्छ। 'नियत ठीक नभएका ब्युटिसियनले विभिन्न किसिमका क्रिम वा लोसन मिक्स गरेर नयाँ प्रसाधन भन्दै ग्राहक ठग्ने गरेको मैले सुनेकी छु,' उनले भनिन्, 'कस्मेटिक आइटम भनेका औषधि नै हुन्। तिनको गलत प्रयोग भए, नभएको चेकजाँच गर्ने संघसंस्था नभएकाले यहाँ मनपरी भएकोे छ।' यस विषयमा कुरा गर्दा गुणस्तर तथा नापतौल विभागका एक कर्मचारीले कस्मेटिक आइटमको गुणस्तर जाँच्ने काम आफूहरूको हुँदै नभएको बताए। उनले यस विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजार अनुगमन टोली जिम्मेवार भएको बताए। 'अनुमगन टोलीले मुड चलेका बेला बजारमा छापा मार्ने गरेको छ,' लक्ष्मीले भनिन्, 'एक, दुई हप्ता पसलमा ताला ठोक्दिए जस्तो गर्छन्। फेरि उस्तै हुन्छ।'

कस्मेटिक बजारको ठूलो भाग नक्कली सामानले ओगटेको छ। यत्रतत्र, सर्वत्र नक्कली सामान छरिएका छन्। तर, तिनलाई नक्कली वा सक्कली छुट्याउन हम्मेहम्मे पर्ने ब्युटिसियनहरूको गुनासो छ। बाहिरको खोल, बट्टा र बिर्काेदेखि ट्रेडमार्क र क्रिमको कलरसमेत ठ्याक्कै सक्कलीकै जस्तो हुने हुँदा ल्याबमा टेस्ट नगरी वा प्रयोग नगरेसम्म छुट्याउन नसकिने उनीहरूले बताए। सौन्दर्यविद् राज्य श्री पनि यस कुरामा सहमत छिन्। 'सक्कलीभन्दा नक्कली प्रसाधन पर्फेक्ट देखिन्छन्,' उनले भनिन्, 'सक्कलीको प्याकिङ, र्‍यापिङमा भएको कमीकमजोरीलाई पनि सुधारेर नक्कली प्रोडक्ट्स बजारमा आउने गरेका छन्। म आफैँ पनि नक्कली क्रिमको फन्दामा परेकी छु। सहनाजको फेस प्याक किन्दा फसेकी थिएँ।' सक्कली र नक्कलीको पहिचान गर्न साढे दुई दशकदेखि सौन्दर्य क्षेत्रमा काम गरिरहेकी ब्युटिसियन त झुक्किन्छन् भने आम मानिस झुक्किनु वा ठगिनु ठूलो कुरो भएन।

विश्वासिलो र भरपर्दो ठाउँबाट सौन्दर्य प्रसाधन किन्ने सल्लाह दिन्छन्, आस्टाबेरीका हेमन्त निरौला। तर, विश्वास गरेकैले ठग्न थालेपछि उपभोक्ता रनभुल्लमा परेको 'न्यू लुक कम्पनी'की मार्केटिङ म्यानेजर सिर्जना थापाले बताइन्। 'उपभोक्ता मारमा परिरहेका छन्,' उनले दिकदारी प्रकट गरिन्, 'ऊ सक्कली ठानेर नक्कली सामानमा पैसा तिरिरहेको छ। ग्राहकमाथि विश्वासघात भइरहेको छ।' विश्वका धेरै मुलुकमा कस्मेटिकको गुणस्तर हेर्ने छुट्टै निकाय हुन्छ। तर, नेपालमा यस्तो कुनै निकाय छैन। भएकाहरूले पनि यस विषयमा काम गर्न कपट गरिरहेका छन्। केही महिनाअघि औषधिको नियमन गर्दै आएको औषधि व्यवस्थापन विभागलाई सौन्दर्य प्रसाधनको नियमनको जिम्मेवारी दिने तयारी गरिए पनि त्यो योजना सफल हुन सकेको छैन। तेस्रो ठूलो आयातीत सामग्रीमा पर्ने सौन्दर्य प्रसाधनका क्रयविक्रयमा उपभोक्तासँग भइरहेको ठगी र छलीका विषयमा राज्य मौन छ। यसले ठगहरूको मनोबल उच्च बनाएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार यस आर्थिक वर्षको आठ महिनामा करिब साढे दुई अर्बको सौन्दर्य सामग्री आयात भइसकेको छ, जुन गत वर्षको तुलनामा २७ प्रतिशतले बढी हो।

नक्कली क्रिमका प्रतिप्रभाव


makeup 2'तातै खाम् जली मरम् प्रवृत्तिका छन् नेपालीहरू,' ब्युटिसियन सुषमा कोइराला भन्छिन्, 'जे कामको पनि छिटो परिणाम खोज्छन् । चाइनिज प्रोडक्टले गर्ने पनि त्यही हो। तिनले छिटो रिजल्ट दिन्छन्। तर, त्यसको लङलास्टिङ इफेक्ट असाध्यै नराम्रो हुन्छ।' उनले भनेझैँ नेपालमा छालामा आउने चायापोतो हटाउने चाइनिज क्रिमको खुब चर्चा भयो। त्यसले दुईचार दिनमै समस्या हल गर्ने भएकाले धेरैले खोजीखोजी लगाए। तर, क्रिम लाउञ्जेल चाया हराउने र पछि झन् बढेर आउने समस्या देखापर्‍यो। चाइनिज क्रिमकोे मारमा आफू पनि परेको बताइन् ब्युटिसियन लक्ष्मीले। 'सुरुमा सानो दागमात्रै आएको थियो,' उनले भनिन्, 'त्यो क्रिम लगाएपछि त झन् गालैभरि पोतो आयो।'

बिहेको जग्गेमा बस्दा सबैभन्दा सुन्दर बन्ने चाहनाले सरस्वतीलाई चुर्लुम्मै डुबाएको थियो। 'साथीहरूले कोरियन क्रिमले खुब गोरो बनाउँछ भनेका थिए,' उनले सम्भि्कन्, 'दुलही बनेको दिन त हो रै'छ भनेर मख्ख परेकी थिएँ। त्यस दिन मेरो अनुहार असाध्यै गोरो भएको थियो। तर, केही हप्तापछि छालामा खटिरा र बिमिरा आउन थाले। खटिरा पाकेर पिप निस्किनथाल्यो। पछि अनुहारमा एलर्जी भयो। अनुहार त तेजाब खन्याएजस्तो विरूप पो भयोे।'

नयाँ बानेश्वरका सन्तोष भण्डारीलाई थाइल्यान्डमा बनेको ह्यान्ड्सम क्रिम भनेर व्यापारीले चाइनिज क्रिम भिडाएछन्। एक हप्ता प्रयोग गरेपछि उनको छाला ढुंगामा पछारिएर नीलडाम बसेझैँ नीलो भयो। 'त्यस दिनदेखि चाइनिज अक्षर भएका क्रिमहरू किन्न कान समातेँ,' उनले भने। उता गल्कोपाखाकी उषा पोखरेलको कथा यस्तो छ, 'कपालमा चाया परेर हैरान भएकी थिएँ। एकदिन पार्लरमा थ्रेडिङ गर्न जाँदा ब्युटिसियनले उसको पार्लरमा भएको अदुवा भएको स्याम्पूले नुहायो भने चाया खलास हुन्छ भनिन्। होला त नि भनेर चार सय ९० रुपियाँमा त्यो स्याम्पू किनेँ। त्यसले नुहाउन थालेपछि त झन् चाया त बुरुरु उड्नैथाल्यो।'

नक्कली नेलपोलिसले नङको रङ बिगार्ने र कमजोर बनाउने गर्छन्। लिपस्टिक वा  लिप ग्लस डुप्लिकेट परेमा ओठ सुक्खा हुने, फुट्ने, रगत आउने आदि हुन्छ। यी आइटमहरू खाना खाँदा मुखभित्र पस्न सक्छन्। त्यस्तो भएमा क्यान्सर हुने र किड्नी खराब हुने सम्भावना हुन्छ। कपालमा प्रयोग गरिने स्याम्पू, कन्डिसनर, टि्रटमेन्ट क्रिम, भिटामिन अइल आदि नक्कली पर्न गएमा कपाल रुखो हुने, झर्ने, फुल्ने, टुक्रिने, चाया पर्ने, हाँगा फाट्ने जस्ता समस्या आइपर्छन्। आँखामा लगाइने गाजल, मस्कारा, सेड्सको प्रयोग गर्दा निकै होश पुर्‍याउनुपर्ने ब्युटिसियन बिनुले बताइन्। 'यी सामग्री डुप्लिकेट परे आँखा रातो हुने, पोल्ने, बिझाउनेदेखि कानोसमेत हुने डर हुन्छ,' उनले भनिन्, 'किनभने नक्कली सेड्समा सिसाको धुलो मिसाइएको हुन्छ। ग्लिटर्स (टल्किने चिज) मिनरलबाट बनाउनुपर्ने हो। तर, त्यो महँगो हुने भएकाले मिनरलको सट्टा सिसा वा मर्करीको चुन बनाएर त्यसमा मिसाउने गर्छन्। त्यसले आँखाको ज्योति गुमाइदिन सक्छ।'

'प्रायः सौन्दर्य प्रसाधन हानिकार हुन्छन्'

डा. अनुपमा कार्की, यौन तथा चर्म रोग विशेषज्ञ

प्रायः सबै सौन्दर्य प्रसाधनमा प्याराबिन भन्ने केमिकल हालिएको हुन्छ। त्यसले प्रिजरभेटिभको काम गर्छ। त्यो भनेको क्रिमलाई लामो समयसम्म बिग्रिन नदिने केमिकल हो। प्याराबिन छालाका लागि निकै हानिकारक हुन्छ। त्यसले छाला चिलाउने, एलर्जी हुने वा डर्माटाइटिस जस्तो रोग निम्त्याउन सक्छ। प्याराबिनमात्रै होइन, प्रसाधनहरूमा कार्सिनोजेन, पेस्टिसाइड्स, रिप्रोडक्टिभ टोक्सिन, सोडियम लौरियल सल्फेट (एसएलएस), प्लास्टिसाइजर, सर्फेक्टान्ट, मर्करीजस्ता रसायन प्रयोग गरिएका हुन्छन्। तिनले डिएनए ड्यामेज गराउनुका साथै क्यान्सर, ट्युमर, हार्ट अट्याक आदि निम्त्याउन सक्छन्। मस्तिष्क, कलेजो र किड्नीमा खराबी गराउँछन्। डिप्रेसन, टाउको, छाती, कान दुख्ने समस्या पनि उत्पन्न गराउँछन्। 

विशेषगरी कलरिङ एजेन्ट (आइस्याडो, सेड्स, फाउन्डेसन, लिपस्टिक, नेलपोलिस, हेयर कलर आदि) मा भएका कम्पाउन्डले एलर्जी हुने, हात गोडा र अनुहारका रौँ बढ्ने, आँखीभौँ पातलो हुने, आँखा कमजोर हुने र कानोसमेत गराउँछन्। वास्ना आउने प्रसाधन (स्पि्रे, पर्फ्युम, डियोडरेन्ट आदि) मा बेन्जालडिहाइड, इथानल, मिथाइलिन क्लोराइड, क्यामफोरजस्ता रसायन प्रयोग गरिएका हुन्छन्। तिनले टाउको दुखाउने, वाकवाकी लाग्ने, ब्लड प्रेसर लो हुने, आँखा बिझाउने, सास फेर्न गाह्रो हुने, उमेर नपुगी महिनावारी हुने, छाती दुख्नेलगायत समस्या निम्त्याउँछन्। सौन्दर्य प्रसाधनको अत्यधिक र गलत प्रयोगले कन्ट्याक वा इरिट्यान्ट डर्माटाइटिस, फोटोटक्सिक रियाक्सन, रोजासिया, मेलाज्मा, एक्जेमालगायत छालासम्बन्धी रोग निम्त्याउँछन्।

हिजोआज स्किन ह्वाइटनिङ र लाइटनिङ क्रिम खुब प्रयोगमा आउने गरेका छन्। ती क्रिम छालाका लागि एकदमै खतरनाक छन्। केही समयलाई गोरो बनाएको भ्रम दिए पनि तिनमा हाइड्रोक्विनोन, मर्करी, युभिबी र युभिए नामक कम्पाउन्ड मिसाइएका हुन्छन्। तिनले डर्माटाइटिस, एक्ने, सुगरजस्ता रोग लाग्न सक्छन्। ती क्रिमले छालाको इपिडर्मिस लेयरलाई नस्ट गरेर छालालाई पानीभन्दा पातलो बनाइदिन्छन्।

'चाइनिज क्रिम कहिल्यै नलगाउनुस्'

डा. विनय वैद्य, चर्म, यौन तथा सौन्दर्य विशेषज्ञ

सुन्दर बन्ने चाहनाले अनुहार कुरूप बनाएर हामीकहाँ आउने बिरामीको चाप निकै बढेको छ। छालामा देखिने विभिन्न समस्या लिएर महिलाहरू बढी आउने गरेका छन्। चाया, पोतो, डन्डीफोर आदि हटाउन उनीहरूले जे भेट्यो, त्यही प्रसाधन तथा औषधि प्रयोग गर्ने गरेको पाइन्छ। त्यसको साइड इफेक्ट अकल्पनीय हुन्छ।

विज्ञापनको आधारमा चाइनिज तथा कोरियन क्रिम प्रयोग गर्नेको अनुहार निकै बिग्रेको पाइन्छ। अनुहारको छाला निकै संवेदनशील हुने भएकाले यसमा प्रयोग गरिने क्रिम तथा औषधिमा हुने तŒवबारे चिकित्सकलाई राम्रो ज्ञान हुनु जरुरी छ। तर, चाइनिज क्रिमको प्याकमा सबै डिस्त्रि्कप्सन चाइनिज भाषामै लेखिएका हुन्छन्। त्यो चिकित्सकले बुझ्दैनन्। जे पायो, त्यही क्रिम लगाउनाले अनुहारको छाला कहिले पनि ठीक नहुने गरी बिग्रन सक्छ।

तीन महिना वा यति दिनभित्र चाया–पोतो ग्यारेन्टीका साथ जान्छ भन्ने विज्ञापनले उपभोक्तालाई नराम्रोसँग झुक्याएका छन्। टिभी सप, स्काइ सप नेपाल तथा पत्रपत्रिका, रेडियो र टेलिभिजनको फर्माइसमा औषधि तथा क्रिम प्रयोग गर्नु हुँदैन। नक्कली सामग्रीले छालाको रेसा नै देखिने गरी पातलो बनाउँछन्। प्रयोग गरेलगत्तै दाग गएजस्तो देखिए पनि दुईतीन हप्तापछि अनुहार पूरै ढाक्ने गरी पोतो देखिन्छ। चाइनिज क्रिमहरू झुक्किएर पनि प्रयोग गर्नुहुँदैन।

एकपटक अनुहारमा चाया पोतो आएपछि यसलाई पूर्ण निर्मूल पार्न सम्भव छैन। चिकित्सकको निगरानीमा औषधि तथा क्रिम लगाएर केही कम गर्न सकिए पनि पूरै हट्दैन। घामबाट जोगिन नसक्नेका लागि चायापोतोको जति नै उपचार गरे पनि यसबाट पूरै छुट्कारा पाउन सकिँदैन।

विज्ञापनमा पढेको वा सुनेको भरमा क्रिम लगाउने अनि ब्युटिपार्लर धाएर पनि केही सीप नलागेपछि मानिसहरू हामीकहाँ आउँछन्। चाया, पोतो हटाउन लेजर प्रविधि भए पनि यसले पूर्ण रूपमा हटाउन सक्दैन। कम्तीमा १२ पटक लेजर गर्नुपर्ने र एकपटकमा तीन हजार खर्च गर्नुपर्ने भएकाले यो प्रविधि सर्वसुलभ छैन। वर्षौंसम्म अन्दाजको भरमा यसले होला कि त्यसले होला भनेर औषधि लगाउनेहरू कुरूप बन्दै गएका छन्।

लोग्ने र स्वास्नी, जोई र पोइ?

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन्। यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके। लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ। स्वास्नी भनाउदी लोग्नेलाई विश्वास गर्दिन। यी लोग्ने स्वास्नीको...

आनन्द लुट्ने तौरतरिका

आनन्द लुट्ने तौरतरिका

सेक्स नितान्त व्यक्तिगत विषय हो। तर, प्रसिद्ध व्यक्तिहरूको यौन जीवनबारे बडो अभिरुचि राखिने गरिन्छ। अझ मनोरञ्जन उद्योगका ठूला नामहरूको सेक्ससम्बन्धी कुनै पनि कुरामा सबैका कान ठाडा हुने गरेका छन्। आम...

ब्राजिलको 'चीरहरण'

ब्राजिलको 'चीरहरण'

ब्राजिलका लागि बुधवारको दिन दुःस्वप्नजस्तै रह्यो। फुटबलले ब्राजिलसँग निकै निर्दयी व्यवहार गर्‍यो। विश्व फुटबलको सबैभन्दा सफल ब्राजिलले सय वर्षको इतिहासमै सबैभन्दा दयनीय हार सामना गर्नुपर्‍यो। राष्ट्रिय टोलीको क्षमतामा विश्वको फुटबल...

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

बेनिशा हमालले केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। 'सफल', 'हिट', 'चर्चित' जस्ता कुनै फुँदा उनका नामका पछाडि झुन्डिन सकेका छैनन्। आफू 'आफन्त र छिमेकीका अगाडि मुख देखाउन...

प्रिये, तिमी कन्या हौ कि कुमारी हौ?

“भाउजू, काकी, आमा, माइजू र कतिपयका श्रीमतीहरूले अध्ययन गर्ने प्रौढ पाठशाला हो कि जस्तो क्याम्पसको नाम 'पद्म कन्या क्याम्पस' राखिएको छ। “मलाई क्या हाँसो उठ्यो। दुई सन्तानकी आमा मेरी काकीले...

'यौनप्यासी' सुमिना

'यौनप्यासी' सुमिना

फिल्म 'दुलही'मा घुम्टो ओढेर फिल्म क्षेत्रमा भित्रिएकी सुमिना घिमिरेको पहिरन उतार्ने क्रम जारी छ। यसअघि फिल्म 'नाइन ओ क्लक'मा बोल्ड रूपमा प्रस्तुत भएकी उनी फिल्म 'लभ फरेभर' मा झन् बोल्ड...

'एउटै गल्तीले करिअर डुब्न सक्छ'

'एउटै गल्तीले करिअर डुब्न सक्छ'

नेपाली टेलिभिजनका नियमित दर्शकले पार्वती राईको अनुहार एकैदिन धेरैपल्ट दोहोर्‍याएर हेर्नुपर्छ। किनभने, लोकगीतसम्बन्धी कार्यक्रममा उनले अभिनय गरेका भिडियोहरू हतपत छुट्दैनन्। चार वर्षयता लोकदोहोरी गीतमा नृत्य गरिरहेकी उनले हालसम्म तीन सय...

मध्यरातमा 'गुलाब ग्याङ'

रातमा इटहरीबाट धरानतर्फ जाने सुनसान सडकमा केही युवती हिँडिरहेका थिए। नेपाली सेनाको पूर्वी पृतना इटहरीका सैनिक जवानहरू प्रदीप तामाङ, परमेश्वर राजवंशी र चन्द्रबहादुर तामाङले ती युवतीलाई 'कता हो बहिनी' भन्दै...