Tuesday 19 Shrawn, 2072 |
Menu

कला

ist-cc

धुम्रपानको फिल्मी दृश्यमा कैंची

  • आइतबार २२ बैशाख, २०७०
  • दीपक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
धुम्रपानको फिल्मी दृश्यमा कैंची

काठमाडौं-चलचित्रमा कलाकारले चुरोट तानेका दृश्यले कतिलाई धुम्रपानको कुलतमा फसाएको छ, सायदै निर्माता निर्देशकले ख्याल गरेका होलान्। तर, चलचित्रमा ख्यातिप्राप्त कलाकारले सुर्ती खाएको वा चुरोट पिएको देखेर धेरै बालबालिका र किशोरी त्यसतर्फ आकर्षित हुने गरेको अध्ययनले पुष्टि गरिसकेको छ। यसै आधारमा चुरोट पिएको वा सुर्तीजन्य पदार्थ खाएको फिल्मी दृश्यमा सरकारले कैंची चलाउने भएको छ।

 

सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ
अन्य सञ्चार माध्यममा सुर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लागे पनि चलचित्रमा चुरोट र खैनी खाएका दृश्य निर्वाध देखाइन्छ।

केही दिनअघि सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बलिउड फिल्ममा भारतीय दर्शकले बर्सेनि १४ अर्ब सूर्तीजन्य पदार्थ प्रयोग भएको दृश्य हेर्नुपर्छ।

चलचित्र सेन्सर बोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेलले धुम्रपानसम्बन्धी कानुन लागू भइसकेको अवस्थामा त्यस्ता दृश्य काट्न सकिने बताए। 'सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ,' सञ्जेलले भने। धुम्रपान र सुर्ती सेवनका दृश्यमा कडाइका साथ रोक लगाइने बताएका सञ्जेलले राख्नै परे काट्न नपर्ने गरी राख्न निर्माता निर्देशकलाई सुझाए। स्वास्थ्य मन्त्रालयले सामग्री बनाएर दिए फिल्म सुरू हुनुअघि हलमा धुम्रपानविरोधी सन्देश देखाउन अनिवार्य गरिने पनि उनले बताए।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले चलचित्रमा त्यस्ता दृश्य कम गर्न सञ्चार मन्त्रालयसँग मिलेर काम गरिने बताए। उनले सकेसम्म नराख्ने र राख्नै परे कम प्रभाव छाड्ने गरी र चेतावनीयुक्त सन्देश पनि सँगसँगै दिनुपर्ने बताए। यस विषयमा सेन्सर बोर्डसँग सल्लाह भइसकेको जानकारी दिएका मिश्रले सिनेमा सुरु हुनुअघि देखाउने धुम्रपानविरोधी सन्देश मन्त्रालयले बनाएर दिने बताए।

सरकारले २०६८ साल चैतमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन जारी गरी अघिल्लो वैशाखमा नियमावलीसमेत ल्याइसकेको छ। ऐनमा चलचित्रमा यस्ता दृश्य राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान छ।

चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले युवामा धुम्रपानको प्रभावबारे आफूहरु सचेत भएको बताए। राख्नैपर्नेमा प्रत्यक्ष नदेखिने गरी राख्न सकिने उनले बताए। कलाकार संघकी उपाध्यक्ष लक्ष्मी गिरीले पनि सुर्तीसेवन र धुम्रपानका दृश्यमा रोक लगाउनुपर्ने बताइन्।

भारतको नयाँ दिल्लीस्थित गैरसरकारी संस्था 'हृदय'ले लन्डनको इम्पेरियल कलेजसग मिलेर सन् २००६ देखि २००८ सम्मका ४४ उत्कृष्ट कारोबार गर्ने फिल्मको अध्ययन गर्दा धेरैजसो किशोरकिशोरीले फिल्म हेरेपछि पहिलोपटक चुरोट वा सुर्ती सेवन गरेको पत्ता लगाएको थियो। विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य बस्तु सेवन गरेको दृश्य भएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिनुपर्ने सुझाएको छ।

विज्ञका अनुसार सुर्तीमा निकोटिन नामक हानिकारक पदार्थ हुन्छ। चुरोटको धुवामा टार, साइनाइड, फर्माल्डिहाइड, कार्बन मोनोअक्साइड, नाइट्रोसामाइनलगायत करिब ४ हजार विषालु रसायन हुन्छन्। यी पदार्थले मानिसको स्नायुप्रणाली, श्वासप्रश्वास र मुटुमा रोग निम्त्याउनुका साथै क्यान्सर गराउछन्।

प्रतिक्रिया

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...