Thursday 8 Shrawn, 2071 |
Menu

कला

निशा र अर्जुन आधारशिविरमै अलपत्र, काठमाडौँ फर्काउने तयारी

(3 votes)
निशा र अर्जुन आधारशिविरमै अलपत्र, काठमाडौँ फर्काउने तयारी

सोलुखुम्बु, वैशाख ९ - सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले मन्त्रालयले रोके तुरुन्त सगरमाथाको आधार शिविरमा हेलिकोप्टर पठाई नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई काठमाडौँ लाने बताएका छन्। आधार शिविरमा अन्य आरोहण दलका सदस्य तथा हाइ अल्टिच्यूड वर्करहरुले विरोध गरेपछि शेर्पाले यस्तो बताएका हुन्। नायिका अधिकारी र नायक कार्की पर्यटन मन्त्रालयको सगरमाथा आरोहण अनुमतिपत्र बिनै सगरमाथा चढ्दैछन् भन्ने खुलासासहित हिजो समाचारहरु छापिएका थिए।

सगरमाथाको आधार शिविरमा रहेका हाई अल्टिच्यूड वर्करले सेभेन समिटले हाई अल्टिच्यूड वर्करलाई तलब, भक्ता दिनुपर्नेमा उल्टै रु दस/दस लाख लिएकामा कानुनविपरीत भएको बताएका छन्।

'हाई अल्टिच्यूड वर्करको रुपमा अधिकारी र कार्कीलाई आरोहण दलको सदस्यलाई जस्तै सेवा सुविधा दिएकामा हाम्रो आपत्ति हो' एक शेर्पाले भने।

'सेभन समिट जस्तो टे्रकिङ कम्पनीले यसरी गैर कानुनीरुपमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई आफूखुसी प्रयोग गर्नु कतिको न्याय सङ्गत हुन्छ सम्बन्धित निकायको ध्यान जानु जरुरी देख्छु', आरोहण दलका एक सदस्यले भने। यस्तो गैरकानुनी रुपमा सगरमाथा आरोहण गर्ने र गराउने दुवै पक्षलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनु पर्ने उनको माग छ।

यसरी कानुनी प्रक्रिया पूरा नगरी किन पठाएको भन्ने प्रश्नमा प्रमुख शेर्पाले भने, 'के गर्ने दुवै जना रुनै खोजेर मैले पठाएको हुँ, नेपाली भएपछि नेपालीको पीडा नबुझे के नेपाली? फेरि म भन्छु यदि मन्त्रालयले हुँदैन भन्यो भने म आधारशिविरबाटै काठमाडौँ ल्याउँछु।' रासस
कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...