Thursday 6 Kartik, 2071 |
Menu

कला

धेरैको आशा जोडिएको 'अन्तराल'

  • बुधबार १८ बैशाख, २०७०
  • रमेशकुमार पौडेल
  • DISQUS_COMMENTS
(0 votes)
धेरैको आशा जोडिएको 'अन्तराल'
चितवन-  केही म्युजिक भिडियो र नेवार फिल्ममा अभिनय गरेर पढाइका लागि अमेरिका पुगेकी अशिस्मा नकर्मी सिनेमा खेल्न नेपाल आइन्। ओस्कार फिल्म कलेजबाट स्नातक गरेकी दीपा बस्नेतद्वारा निर्देशित पहिलो फिल्म 'अन्तराल'मा उनले अभिनय गरिसकेकी छन्।

 उनीसहित नम्रता सापकोटा लगायतले अभिनय गरेको फिल्म 'अन्तराल' प्रदर्शनको तयारीमा जुटेको छ। जेठ ३ देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तरखरमा रहेको 'अन्तराल'को टोली अहिले देश दौडाहामा छ। सोमबार बिहान नारायणगढमा युनिटले पत्रकार सम्मेलन आयोजना गर्योो।
 'यो एउटा सामाजिक कथा वस्तु बोकेको फिल्महो। दर्शकहरुलाई आफ्नै कथा, व्यथा र चाहना पर्दामा व्यक्त भएको अनुभूत हुनेछ,' निर्देशक दीपाले भनिन्। जीवनमा केही गरौं भन्ने लक्ष्य बोकेर देशका भिन्न ठाउँबाट काठमाडौं छिरेका चार युवाको कथा हो 'अन्तराल'।
 'फिल्ममा अकल्पनीय बम्बैया शैली छैन। न त यसमा नेपालमा पछिल्लो समय देखा परेका यौनजन्य दृश्य नै छ। यसमा सामाजिक कथा छ। हास्य दृश्य पनि छ,' निर्देशक बस्नेतले थपिन्। रङ्गमञ्चमा १२ वर्ष बिताएको र कलेजमा सिनेमा नै पढेको हुनाले फरक शैलीको फिल्म पस्कने जमर्को गरिएको उनले बताइन्।
 कलाकारहरु पनि रङ्गमञ्च क्षेत्रबाटै आएकाहरु धेरै छन्। 'हामीले चलेका कलाकारभन्दा पनि चरित्रसँग मिल्दो कलाकार छानेका छौं। चरित्र सुहाउँदो कलाकार छान्दा अमेरिकाबाट हाम्रै फिल्मका लागि आइपुगेकी अशिस्मालाई पहिले भनेकोभन्दा भिन्न चरित्रको रोल दिनु परेको छ,' दीपाले खुलाइन्।
 प्रथम मिस नेपाल रुबी राणाको समेत फिल्ममा अभिनय देख्न पाइन्छ। उनी अभिनेता मनाव सुवेदीको आमाको भूमिकामा छिन्। सुवेदीले रिदमको भूमिका पाएका छन्।
 फिल्ममा पाँचवटा गीत छन् तर चल्तीका भन्दा फरक खालका छन्। 'खासखुस खासखुस' गीत सुन्दा सामान्य लागे पनि अहिले नै धेरैको जिब्रोमा झुन्डिन थालिसकेको छ। यो फिल्म ५० लाखको हाराहारीमा तयार भएको हो।

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

‘नाडा शो’का सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं-भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’मा गाडीसँगै उभिएका मोडलहरुले प्रदर्शनीलाई अझ निखार दिइरहेका छन्। गाडी मेलामा नयाँ गाडीसँगै विभिन्न पोजमा रहेका मोडलहरुलाई नागरिकन्युजकर्मी विजय गजमेरले क्यामेरामा कैद गरेका छन्।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।