Friday 5 Baishak, 2071 |
Menu

कला

'कर्कश'मा 'तारेमाम' गीत

(0 votes)
'कर्कश'मा 'तारेमाम' गीत
काठमाडौ– आफूलाई सांगीतिक फिल्मको रुपमा चिनाइरहेको 'कर्कश'को पहिलो गीत 'तारेमाम तारेमाम' मंगलबार सार्वजनिक गरियो। आसिफ शाहद्वारा निर्देशित फिल्म 'कर्कश'मा संघर्षरत् एक सांगीतिक समूहको कथा रहेको छ। 
नेवार समुदायमा अभिवादनको रुपमा प्रयोग गरिने शब्द 'तारेमाम' गीत रञ्जीत आचार्यले लेखेका हुन्। यसमा कर्मा ब्यान्डको संगीत रहेको छ। राजधानीको मण्डला थियटरमा गीतकार आचार्य, निर्देशक शाह र पत्रकार लक्ष्मण सुवेदीले गीत सार्वजनिक गरे।
गीतको भिडियोमा यसअघि रिलिज भइसकेको प्रोमोका केही दृश्य पनि समावेश छ। केही समयमै अर्को प्रोमो रिलिज गरिने भएकोले नयाँ 'फुटेज' नहालिएको निर्देशक शाहले बताए।
'फिल्मको कथासँग मिल्ने गीत लेखेको हुँ। युवापुस्ताको वास्तविकतालाई समावेश गर्ने प्रयास गरेको छु। १५ मिनेटमा तयार भएको गीत सन्देशमूलक छ,' गीतकार आचार्यले भने, 'कर्मा ब्यान्डको कम्पोज पनि मलाई मन पर्योि। 'कर्कश'ले फिल्म क्षेत्रमा सर्कस देखाउँछ भन्नेमा ढुक्क छु।'
'तारेमाम' गीतमा कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले स्वर दिएका छन्। 'नेपाली फिल्मको बजारलाई कर्कशले केही उकास्न सक्ने सम्भावना देखिएको छ। त्यसमाथि कलाकारहरुको छनोटले दर्शकहरु आशावादी भएका छन्,' रंग पत्रकार सुवेदीले भने।
फिल्ममा दुइटामात्र गीत छ। 'फिल्मको कथाअनुसार गीत बनेको छ। अमेरिकामा रहेका गायक सुरेन्द्रमानले उतैबाट कम्पोज गरेर पठाएका हुन्,' निर्देशक शाहले भने।
सत्यराज आचार्य, रेमनदास श्रेष्ठ, दयाहाङ राई, सुरजसिंह ठकुरी, लुनिभा तुलाधर, राजन इसान, हर्षिका श्रेष्ठ, राजेन्द्र खड्गी, मुकुन्दकिशोर भट्टराई, जोसेफ सेबास्टियन, शिशिर बांगदेल लगायतले अभिनय गरेको फिल्म जेठ ३१ मा रिलिज हुँदैछ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।