Monday 14 Bhadra, 2072 |
Menu

कला

republica-header

ist-cc

थापालाई लोक दीर्घसेवा

  • मङ्गलबार १७ बैशाख, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(0 votes)
थापालाई लोक दीर्घसेवा
पोखरा - लोकसंस्कृतिको क्षेत्रमा विशेष योगदान दिएको भन्दै जनकविकेशरी धर्मराज थापालाई 'लोक दीर्घसेवा'बाट सम्मान गरिएको छ। गोर्खाली रेडियोले दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रथम गोर्खाली म्युजिक अवार्डमा थापालाई शनिबार बेलुकी सम्मान गरिएको हो। 

'आफ्नोपन आफ्नो पहिचान, सबल नेपाल हाम्रो अभियान' नारासहित स्थापित गोर्खाली रेडियोले लोकगीतको माध्यमबाट नेपाली संस्कृतिको पहिचान जोगाएको भन्दै थापालाई सम्मान गरेको हो। संस्कृतिकर्मी तथा फिल्म निर्देशक चेतन कार्की, गोर्खाली रेडियोका अध्यक्ष मिना गुरुङ र गोर्खा कम्युनिटीका अध्यक्ष लक्ष्मीप्रसाद गुरुङले ताम्रपत्र, दोसल्ल्ाा र खादा लगाएर थापालाई सम्मान गरेका थिए। थापाको जन्म पोखराकै बाटुलेचौरमा भएको हो।
९० वर्षिय जनकविकेशरी थापाले सम्मानले आफुलाई गौरवान्वित बनाएको बताए। थापा अरुको सहारामा मात्र हिँड्डुल गर्छन्। निर्देशक कार्कीले लोकसम्राटलाई सम्झेकोमा रेडियो व्यवस्थापनलाई धन्यवाद दिए।
गोर्खालीको अवार्डमा गायन पुरुषतर्फ कुलेन्द्र विक र महिलातर्फ जुना श्रीषमगर, शब्द सिर्जनामा शिव हमाल, लय सिर्जनातर्फ एकनारायण भण्डारीले अवार्ड प्राप्त गरेका छन्।
नवगायक रामजी पौडेल र नवगायिकामा सरस्वती लामिछाने, दोहोरी गीततर्फ पुस्कल शर्मा, विष्णु माझी, प्रदीप ढुंगाना र लोकगीततर्फ प्रेमसागर पौडेल र विष्णु माझीले अवार्ड पाएका छन्। त्यस्तै संगीत संयोजनमा विनोद बजुराली, श्रोता छनौटका गीतमा पुरुषोत्तम न्यौपाने, देवी घर्ती, विष्णु खत्री, रमेश बिजीले अवार्ड पाएका छन्।
गुरुङ भाषाका गीतमा धन तमु, नरजङ तमु, शान्ति तमु र कुसुम तमुले अवार्ड हात पारेका छन्। सर्वोत्कृष्ट पर्यटन प्रवर्द्धन गीतमा अञ्जना तमु, सनबहादुर थापा र मनोज गुरुङले सयुक्त रुपमा अवार्ड हात पारेका छन्।
पोखरा सभागृहमा शनिबार सम्पन्न कार्यक्रममा सुगम संगीत गायनमा पुरुषतर्फ रामभक्त जोजीजु र महिलातर्फ रजिना रिमाल, गजल गायनमा शिव परियार, पप गायनमा शशान कर्णेल, फिल्मी गीतसंगीतमा 'नोटबुक'का गायक प्रह्लाद तिमिल्सिना, मिलन आमात्य र वसन्त सापकोटा, मोफसल संगीतमा पोखराका उज्ज्वल भण्डारी र सोभियत बस्याल सम्मानित भएका छन्।
लोकसंगीतको संरक्षण र प्रवर्द्धनका लागि यस्ता अवार्ड दिएर कलाकारलाई प्रोत्साहन दिनु कार्यक्रमको उद्देश्य रहेको स्टेशन म्यानेजर सञ्जय मल्लले बताए।

प्रतिक्रिया

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...