Thursday 8 Shrawn, 2071 |
Menu

कला

व्यापारमा हर्षिका र सदीक्षा

(0 votes)
व्यापारमा हर्षिका र सदीक्षा
काठमाडौ – अभिनेत्री हर्षिका श्रेष्ठ र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले व्यापारमा हात बढाएका छन्। कुपन्डोलस्थित कानदेवता मन्दिरसँगै रहेको उत्तम क्रियसन एन्ड फेसन इन्स्टिच्युटभित्र उनीहरुको पसल खुलेको छ।

हर्षिकाले लेडिज ब्यागको कारोबार सुरु गरेकी छन्। दुई लाख रुपैयाँ जुटाएर पसल खोलेको उनले जानकारी गराइन्। 'फिल्मबाहेक केही व्यवसाय गर्ने सोचले ब्यागको स्वरुम खोलेकी हुँ,' अहिले म्युजिक भिडियोमा व्यस्त उनले भनिन्। पसल खोल्ने योजनामा परिवारले साथ दिएपछि उनलाई सजिलो भएको हो।  १५ सयदेखि पाँच हजार रुपैयाँसम्मका ब्याग हर्षिकाको पसलमा पाइन्छ।
'चाइनिजदेखि अन्तर्राष्ट्रिय ब्रान्ड गुची र मोन्टेकार्लोसको ब्याग यहाँ पाइन्छ,' उनले विज्ञापन गरिन्। पसलमा कर्मचारीको व्यवस्था उत्तम क्रियसनले गरिदिएको हुँदा आफूलाई झन्झट नपरेको उनको भनाइ छ। सुटिङमा व्यस्त हुँदा उनले आफ्नो नयाँ पसलका लागि पनि पर्याप्त समय दिन सकिनन्। 'सधंै खट्न नसक्ने भएकाले आवश्यक सहयोगीको व्यवस्था गर्दैछु,' उनी व्यवसायमै मात्र बाँधिने पक्षमा भने छैनन्।
सदीक्षाको पसलमा ज्वेलरीका कलेक्सन छ। दरबारमार्गस्थित डिवाईएलमासमेत उनले केही गहना बिक्रीमा राखेकी छिन्। 'एसिसरिजसम्बन्धी पसल खोल्ने सोच हो। उत्तम क्रियसनसँग सहकार्य गरेर संयुक्त रुपमा पसल चलाएकी हुँ,' उनले खुलाइन्। अहिले उनीकहाँ १० थरी गहनाको कलेक्सन छ। पाँच सयदेखि दुई हजारसम्मको कोरियन सामान त्यहाँ पाइन्छ। 'कोरियाबाट ल्याइएको २३ वटा ज्वेलरी बिक्री भइसकेपछि गृहकार्य गरेर छुट्टै पसल खोल्ने सोच छ,' उनलाई व्यापार गर्नु सोचेजस्तो सजिलो भने लागेको छैन।  
झन्डै एक लाख खर्च गरेर उनले कलेक्सन राखेकी छन्। अहिले परीक्षाको तयारीमा छिन् सदीक्षा। त्यसैले व्यापारमा सक्रिय हुन नपाएको बताइन्। जागिर, पढाइ र मोडलिङको काममा व्यस्त हुनुपर्ने भएकाले पसललाई चाहिने जति समय दिन नसक्ने चिन्ता छ उनको।
कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...