Sunday 7 Baishak, 2071 |
Menu

कला

आमिरले मनाए '२५ वर्ष'

  • मङ्गलबार १७ बैशाख, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
आमिरले मनाए '२५ वर्ष'
मुम्बई – बलिउड अभिनेता आमिर खानले फिल्म क्षेत्रमा आफ्नो २५ वर्ष पूरा भएकोमा सोमबार एक कार्यक्रम गरे। 'भारतीय फिल्म उद्योगमा यति लामो समय बिताउन पाएकोमा खुसी छु, हाम्रो उद्योगले सय वर्ष पूरा गर्दा मैले पनि २५ वर्षको खुसियाली मनाउन पाउनु भाग्यमानी हो,' 'मिस्टर पर्फेक्सनिस्ट'का रुपमा कहलिएका आमिरले सञ्चारकर्मीमाझ भने, 'मेरा निर्देशक, लेखक र मसँग काम गरेका सबैप्रति म आभारी छु, मेरो यात्रामा उहाँहरुको ठूलो सहयोग छ।'

फिल्म कुन ब्यानरले बनाइरहेको वा पारिश्रमिक कति दिन्छ भन्ने पक्षमा भन्दा पनि हृदय छुने स्त्रि्कप्टमा मात्र अभिनय गरेको पनि उनले खुलासा गरे। 'मैले थोरै फिल्म खेल्नुको कारण यो पनि एउटा हो, पहिलो फिल्मदेखि गुणस्तरमा सम्झौता नगर्ने मेरो बानी छ,' उनले थपे।
२५ वर्षअघि उनी मुख्य अभिनेता रहेको पहिलो फिल्म 'कयामत से कयामत तक'ले बक्सअफिसमा तहल्का मच्चाएको थियो। त्यही फिल्मबाट उनी रातारात स्टारको हैसियतमा पुगेका थिए। उनी भर्खरै टाइम म्यागेजिनको संसारका सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा बाराक ओबामा, पोप फ्रान्सिस, केट मिडल्टन, बियोन्स लगायतसहित पर्न सफल भएका छन्।
आमिरले अघिल्लो वर्ष सत्यमेव जयते टिभी शोमा सामाजिक मुद्दा उठान गरी केही नीति निर्माणमा पनि असर पारेका थिए। सासुबुहारीको खिचलो भरिएका टेलिशृंखला, कमेडी शो र रियालिटी शोको जगजगी भएको बेला आमिरले आफ्नो 'टक प्रोग्राम'लाई दर्शकको सर्वाधिक प्रिय कार्यक्रम बनाएका थिए। उनी अहिले 'धुम–३' र 'पिके' फिल्ममा काम गरिरहेका छन्।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।