6 Baishak, 2071 |
Menu

कला

बलिउडमा १४ अर्ब सूर्ती दृश्य

(1 Vote)
बलिउडमा १४ अर्ब सूर्ती दृश्य
मुम्बई (एजेन्सी)– बलिउड फिल्ममा भारतीय दर्शकले वर्षेनी १४ अर्ब सूर्तीजन्य पदार्थ भएको दृश्य हेर्नुपर्ने एक अध्ययनले देखाएको छ। दिल्लीको एक गैरसरकारी संस्था 'हृदय'ले लन्डनको इम्पेरियल कलेजसँगको सहकार्यमा गरेको रिसर्चमा सन् २००६ देखि २००८ सम्मका ४४ उत्कृष्ट कारोबार गर्ने फिल्म समावेश गरिएको थियो।
बलिउड फिल्ममा सूर्तीजन्य पदार्थ देखाउँछ भन्ने कुरामा आधा जति युवाले विश्वास राख्छन्। हर्ट एसिया जर्नलमा छापिएको रिसर्चको प्रतिवेदन अनुसार फिल्ममा सूर्ती प्रयोग गरेको दृश्यले बालबालिका र किशोरकिशोरीलाई सूर्तीजन्य पदार्थतर्फ आकर्षित गर्ने गरेको पाइएको छ। धेरैजसो किशोरकिशोरीले फिल्ममा हेरेपछि पहिलोपटक चुरोट वा सूर्ती सेवन गर्छन्।
'बलिउडको लोकप्रियता र प्रभावकारितालाई ख्याल गर्दै किशोरकिशोरीलाई कुलतबाट जोगाउन फिल्ममा प्रयोग गरिने सूर्तीजन्य दृश्य नियन्त्रण गर्नु पर्ने देखिन्छ,' जर्नलकी एक लेखिका मोनिका अरोराले भनिन्।
विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य दृश्य भएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिनुपर्ने सुझाव प्रस्ताव गरेको छ। भारत सरकारले पनि सन् २०१२ सेप्टेम्बरदेखि सूर्ती देखिने दृश्यमा चेतावनीको सूचना राख्नुपर्ने नियम ल्याइसकेको छ।
जर्नलका मुख्य लेखक गौरंग नजर सूर्तीजन्य दृश्य भएको फिल्मबाट युवाहरुलाई वञ्चित गराइयो भने सूर्ती सेवन नियन्त्रण अभियानमा धेरै सहयोग पुग्नेछ। सन् २००९ मा ग्लोबल युथ टोबाको सर्वेले भारतका १५ प्रतिशत युवाले सूर्ती सेवन गर्ने देखाएको थियो।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।