Thursday 12 Bhadra, 2071 |
Menu

अर्थ

१६ लाखको ज्याकेट नकिन्दा सवा ३ करोड गुम्यो

  • आइतबार २२ बैशाख, २०७०
  • सुशील भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
१६ लाखको ज्याकेट नकिन्दा सवा ३ करोड गुम्यो
काठमाडौं- झिनो रकम खर्चेर 'लाइफ ज्याकेट' नकिन्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करिब सवा ३ करोड रुपैयाँ आम्दानी गुमाएको छ। पानीमाथि आकस्मिक अवतरण वा दुर्घटनाका बेला यात्रुले लगाउने यस्ता लाइफ ज्याकेटको म्याद सकिएपछि निगमका पाँच अन्तर्राष्ट्रिय उडान रद्द भएपछि उक्त परिमाणबराबरको आम्दानी गुमेको हो।


पानी (समुद्र) माथि जहाज उडाउँदा यस्तो लाइफ ज्याकेट अनिवार्य हुनुपर्छ। पानीमाथि आकस्मिक अवतरण गर्दा वा पानीमाथि दुर्घटना परे यात्रुले यस्तो ज्याकेट लगाएर आकस्मिक ढोकाबाट बाहिर निक्लनुपर्छ। यो ज्याकेट खोल्नासाथ हावा भरिएर फुल्छ र पानीमा यात्रुलाई तैराउँछ। ज्याकेट प्रत्येक सिटमा राखिएका हुन्छन्।
लाइफ ज्याकेटको म्याद सकिँदैछ भन्ने जानकारी हुँदाहुँदै र त्यसका लागि सामान्य रकम खर्च गरे पुग्ने भए पनि निगम व्यवस्थापनले समयमै नयाँ ज्याकेट फेर्न नसक्दा उडानै रद्द गर्नुपरेको हो। यस्तो ज्याकेट उपयोग गर्नुपर्ने अवधि १५ वर्ष हुने गर्छ।

लाइफ ज्याकेटको म्याद गत बिहीबार सकिएको थियो। निगम व्यवस्थापनले बिही र शुक्रबारका कतारको दोहा जानुपर्ने एक–एक उडान रद्द गरेको थियो। शुक्रबारकै हङकङ उडान पनि रद्द गरेको थियो। त्यसै गरी शनिबारको पनि हङकङ जानुपर्ने तथा आइतबारको दोहा जानुपर्ने थप एक–एक उडान पनि रद्ध गरिएको छ।

'व्यवस्थापनको लापरबाहीकै कारण पाँच उडान रद्द हुँदा संस्थाले करिब सवा तीन करोड रुपैयाँबराबरका आम्दानी गुमाएको छ,' सम्बद्ध एक अधिकारीले शनिबार नागरिकसँग भने, 'आम्दानी गुम्ने त छँदैछ, त्यसमाथि निगमको प्रतिष्ठामा फेरि एक पटक आँच आएको छ।'

ती अधिकारीका अनुसार काठमाडौंबाट हङकङ गएर फर्कंदा ७० देखि ७५ लाख रुपैयाँ आम्दानी हुने गर्छ। हङकङका दुई उडान रद्द हुँदा करिब डेढ करोड गुमेको छ। त्यसै गरी दोहा गएर काठमाडौं फिर्ता आउँदा ६० लाख रुपैयाँ आम्दानी हुन्छ। दोहाका तीन उडान रद्द हुँदा १ करोड ८० लाख रुपैयाँ आम्दानी गुमेको छ।

'त्यसमाथि पहिले नै टिकट बुकिङ गरेका यात्रुलाई अर्कै कम्पनीका जहाजमा सम्बद्ध गन्तव्य पठाउनुपर्यो भने अर्काकोमा टिकट नपाएपछि उनीहरूलाई होटलमा खाने–बस्ने व्यवस्था मिलाउनुपर्योग,' ती अधिकारीले भने, 'हाम्रा जहाजबाट यात्रा गर्न खोज्नेले पनि उडान रद्द भन्दै फर्किन्छन्। ज्याकेटकै कारण उडान रद्दको प्रभाव दुई सातासम्म पर्नेछ।'

निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका दुईवटै बोइङ ७५७ भित्र रहेका लाइफ ज्याकेटको म्याद सकिएका हुन्। एउटा जहाजमा १ सय ९० वटा यस्ता ज्याकेट हुन्छन्। दुईवटामा गरी ३ सय ८० वटा हुन्छन्।

सम्बद्ध एक अधिकारीका अनुसार एउटा ज्याकेटको मूल्य बढीमा ५० अमेरिकी डलरसम्म पर्छ। ३ सय ८० वटाको १९ हजार डलर (१६ लाख ५३ हजार रुपैयाँ) पर्छ।

'साढे १६ लाखमा पाइने ज्याकेट म्याद सकिनुअघि नै नकिनेर व्यवस्थापनले करिब सवा तीन करोड रुपैयाँ गुमायो,' सम्बद्ध स्रोतले भन्यो, 'यहाँभन्दा लज्जास्पद के होला?'

यता व्यवस्थापनका एक अधिकारीले भने आइतबार नयाँ लाइफ ज्याकेट काठमाडौं आइपुग्ने बताए। अमेरिकाबाट हङकङ हुँदै ड्रागन एयरले ज्याकेट आइतबार राति ल्याउने उनको भनाइ छ। उनले यसअघि शुक्रबारै ज्याकेट आइपुग्ने नागरिकलाई बताएका थिए।

'ज्याकेट आएपछि फेर्न डेढ/दुई घन्टामात्र लाग्छ,' उनले भने, 'जुन दिन ज्याकेट आइपुग्छ भन्ने जानकारी अमेरिकी कम्पनीले दिएको थियो, त्यो दिन त उताबाट पठाएछ।' ज्याकेट फेरेपछि सोमबार बिहान २ बजे दोहा उडान गर्ने तालिका बनाइएको उनले बताए।

उता अर्का एक अधिकारीले भने सोमबार बिहान २ बजेको दोहा उडान हुनेमा शंका गरे। 'लाइफ ज्याकेट मध्यरात काठमाडौं ओराल्ने भनिएको छ। त्यति राति विमानस्थल भन्सारका कर्मचारी बसेनन् भने ज्याकेटजति भन्सारको गोदाममा थन्किन्छ,' उनले भने, 'त्यसपछि भोलिपल्ट बिहान कार्यालय नखुली ज्याकेट झिक्न पाइँदैन, अनि कसरी दोहा उडान गर्न सकिन्छ?'

म्याद सकिनासाथ गत बिहीबार निगम व्यवस्थापनले 'ज्याकेट मगाइरहेको र आउन ढिलाइ भएको' भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जहाज उडाउन दिन अनुमति मागेको थियो।

उड्डयन प्राधिकरणले पनि निगमका जहाजलाई म्याद सकिएका ज्याकेट बोकेरै जहाज उडाउने अनुमति दिएको थियो। तर, उसले निगम जाने चार अन्तर्राष्ट्रिय गन्तव्यमध्ये दुईमा मात्र उडान गर्न अनुमति दिएको थियो। प्राधिकरणले कतारको दोहा र हङकङ उडान गर्न अनुमति दिएन भने मलेसियाको क्वालालम्पुर र थाइल्यान्डको बैंकक जान अनुमति दिएको थियो।

पानी (समुद्र) माथि जहाज उडाउँदा यस्तो लाइफ ज्याकेट अनिवार्य हुनुपर्छ। पानीमाथि आकस्मिक अवतरण गर्दा वा पानीमाथि दुर्घटना परे यात्रुले यस्तो ज्याकेट लगाएर आकस्मिक ढोकाबाट बाहिर निक्लनुपर्छ। यो ज्याकेट खोल्नासाथ हावा भरिएर फुल्छ र पानीमा यात्रुलाई तैराउँछ। ज्याकेट प्रत्येक सिटमा राखिएका हुन्छन्। उड्नुअघि एयर होस्टेसले यो ज्याकेट प्रयोग गर्ने विधि प्रदर्शन गर्छन्।

लाइफ ज्याकेटको निर्माता अमेरिकी कम्पनीले म्याद सकिए पनि केही दिन उडाउन हुने भन्दै निगमलाई गत मंगलबार पत्र पठाएपछि प्राधिकरणले पनि उड्न अनुमति दिएको थियो।
अवैध कामदार अर्को सातादेखि फर्काइँदै

अवैध कामदार अर्को सातादेखि फर्काइँदै

काठमाडौं-मलेसियामा अवैधानिक रूपमा बसिरहेका नेपाली कामदारलाई सरकारले आगामी सातादेखि स्वदेश फर्काउने भएको छ। अवैधानिक रूपमा मलेसियामा काम गरिरहेकाहरू कुनै पनि बेला पक्राउ पर्न सक्ने हुँदा नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड...

अधिकांश ट्याक्सीले उपभोक्ता ठग्छन्

अधिकांश ट्याक्सीले उपभोक्ता ठग्छन्

काठमाडौं-उपत्यकामा चल्ने अधिकांश ट्याक्सीले उपभोक्ता ठग्ने गरेको पाइएको छ। ट्याक्सी चालकले मिटर बिगार्ने र अर्थिङ गरेर पैसा बढाई उपभोक्ता ठगी गरेको पाइएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार उपत्यकामा चल्ने...

निःशुल्क तालिमले उद्यमी

निःशुल्क तालिमले उद्यमी

पोखरा-तीनमहिने तालिमपछि रानीपौवाका अमित गुरुङले आफ्नै लगानीमा फर्निचर उद्योग खोले। त्यो उद्योगले उनीसहित १४ जनालाई रोजगारी दिएको छ। उनको उद्योगमा करिब ३० लाख रुपैयाँ लगानी भएको छ। नौ वर्ष जति...

सुरुङमार्गलाई २८ अर्ब ऋण

सुरुङमार्गलाई २८ अर्ब ऋण

काठमाडौं-काठमाडौं–हेटौंडा–कुलेखानी सुरुङमार्गका लागि तीन क्यानडाली कम्पनीले करिब २८ अर्ब रुपैयाँ (२८ करोड अमेरिकी डलर) ऋण लगानी गर्ने सहमति जनाएका छन्।

अर्ग्यानिक चियाको दोब्बर मूल्य

अर्ग्यानिक चियाको दोब्बर मूल्य

इलाम -  बहुसंख्यक किसानले प्रतिकिलो २५ रुपैयाँमा चियाको हरियो पत्ती बेचिरहँदा केहीले भने ६० रुपैयाँ हात पारिरहेका छन्। चियाको परिमाण उति नै भए पनि मूल्य दोब्बरभन्दा बढी हुनुको एउटै कारण...

दैवीप्रकोप पीडितलाई एनसेलको २० करोड

दैवीप्रकोप पीडितलाई एनसेलको २० करोड

काठमाडौं- एनसेलले देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिबाट पीडित परिवारका लागि २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। आफ्नो व्यावसायिक सामाजिक दायित्वअन्तर्गत एनसेलले राहत तथा उद्धारका लागि २० करोड रुपैयाँ...

मलेसियाले नेपालबाट घरेलु कामदार लिने

मलेसियाले नेपालबाट घरेलु कामदार लिने

काठमाडौं- नेपाली कामदारको मुख्य श्रम गन्तव्य मलेसियाले घरेलु व्यवस्थापनका लागि पनि नेपाली कामदार लैजाने भएको छ। अहिलेसम्म मलेसियाले निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र नेपाली कामदार लिँदै आएको। नेपाल भ्रमणमा रहेका...

५० करोड लगानीमा सांग्रिलाको रिसोर्ट

५० करोड लगानीमा सांग्रिलाको रिसोर्ट

पोखरा-मुलुकको होटल तथा रिसोर्ट सञ्चालक कम्पनी ‘सांग्रिला होटल एन्ड रिसोर्टले कास्कीको बेगनासमा आधा अर्ब रुपैयाँ लगानी गरी एउटा रिसोर्ट सञ्चालन गर्ने भएको छ। सांग्रिलाले हाल राजधानीमा पाँचतारे होटल सांग्रिला र...