Monday 30 Ashad, 2071 |
Menu

अर्थ

पूर्वाञ्चल पर्यटन मेला सुरु

  • २१ बैशाख, २०७०
  • रोहित राई
  • DISQUS_COMMENTS
(0 votes)
धरान – क्षेत्रीय विकासका लागि पर्यटन भन्ने नाराका साथ शुक्रबारदेखि धरानमा तीन दिने दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला सुरु भएको छ। पूर्वाञ्चलका पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रर्वद्धन गर्ने उद्देश्यले सुरु भएको मेलाको उद्घाटन सँस्कृति, पर्यटन तथा उड्यनमन्त्री रामकुमार श्रेष्ठले गरे। 

धरानको सभागृहमा भएको मेलामा पूर्वाञ्चलका विभिन्न जिल्लाका पर्यटन व्यवसायीले जानकारीमुलक स्टल राखेका छन्। स्टलमा जिल्लाका पर्यटकीय गन्तव्यको सचित्र जानकारीका साथै विशेष उत्पादन राखिएको छ। मेलामा पूर्वका १६ जिल्लामध्ये खोटाङबाट प्रतिनिधिहरु नआएको स्थानीय आयोजकले जनाएको छ।
मेला उद्घाटन गर्दै सँस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले पर्यटन व्यवसायीलाई सहयोग गर्न सरकार तयार रहेको बताए। उनले सरकारले ऐन, कानुन र आवश्यक नीति बनाएर पर्यटन विकासका लागि वातावरण तयार गर्न चाहेको बताए। विज्ञहरुको टिम बनाएर उनीहरुको सुझावका आधारमा पर्यटन विकासमा सरकारले काम गर्न चाहेको उनको धारणा थियो। 'सरकार पर्यटनमैत्री ऐन, कानुन र नीति बनाउन चाहेको छ, तपाईहरुमध्येका विज्ञहरुको एउटा टिम बनाऔं, उहाँहरुको रायको आधारमा सरकार काम गर्न चाहन्छ’–मन्त्री श्रेष्ठले भने।
नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा रोकिएको प्रति असन्तुष्टी जनाउँदै उनले कोही व्यक्ति वा समुहको दबाबमा सरकारले काम नगर्ने अडान व्यक्त गरे। 'सरकार जो दक्ष छ, उसैलाई जिम्मेवारी दिन चाहन्छ’ उनले भने। बोर्डका निमित्त कार्यकारी अधिकृत सुवास निरौलाले सरकारको भुमिका वातावरण तयार गर्ने एवं सहजीकरण मात्रै भएको उल्लेख गर्दै पर्यटनमा निजी क्षेत्रको अगुवाईमा लगानी भएको बताए।
यस्ता मेलाले विभिन्न जिल्लाका व्यवसायीबीच व्यवसाय वृद्धि गर्न, पहिचान भएको पर्यटकीय गन्तव्यका बारेमा सुचना आदानप्रदान गर्न सघाउ पुग्ने उनले बताए।
पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्य भुजेलले पर्यटन व्यवसायी अझै जुट्नपर्नेमा जोडदिदै संयुक्त पहल गर्न आग्रह गरेका थिए। धरानलगायत पूर्वको पर्यटन विकासमा पोखराका व्यवसायीहरु सहकार्य गर्न तयार रहेको उनले बताए। 'पोखरामा १ खर्ब बढी लगानी भएको छ, तबमात्र त्यहाँको पर्यटन यो स्तरमा माथि उठेको हो, त्यसैले तपााईहरु पनि आफै जुट्नस्, आफै उठ्नुस् सहयोग गर्न हामी तयार छौं’, उनले भने।
विराट क्षेत्र पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भवेश श्रेष्ठले सरकारले विराटनगर विमानस्थलबाट माउण्टेन फ्लाइटको अुनमति दिए पूर्वको पर्यटनमा महत्वपुर्ण टेवा पुग्ने बताए। उनले विराटनगरलाई क्षेत्रीय विमानस्थलमा र धरानमा पहाडी जिल्लाका लागि विमानस्थल बनाउन जरुरी रहेको बताए।
मेलामा पूर्वका बाहेक अन्य जिल्लाका पर्यटनसम्बद्ध व्यवसायीको स्टल र साँस्कृतिक प्रर्दशीन रहने स्थानीय संयोजक महेन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार शनिबार पर्यटन व्यवासीसँग छलफल हुनेछ।
बजेटबारे कसले के भने ?

बजेटबारे कसले के भने ?

जनअाकांक्षा पूरा गर्दैन बाबुराम भट्टराई पूर्वअर्थमन्त्री/एमाओवादी नेता आर्थिक वर्ष २०७१/०७२ को बजेटले देशको आवश्यकता र जनताको आकांक्षा पूरा गर्दैन। पुरानैको निरन्तरताका रूपमा आयो। हामी युगान्तकारी परिवर्तनको संघारमा छौं। आर्थिक क्रान्तिका लागि महान फड्को...

६ खर्ब १८ अर्बको बजेट आज, तलब बढ्ने

६ खर्ब १८ अर्बको बजेट आज, तलब बढ्ने

काठमाडौं- सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाट बनाउने लक्ष्यसहित आइतबार आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्ब १८ अर्ब रुपैयाँ हाराहारीको बजेट...

५ वर्षमा ३ अर्बको चकलेट भित्रिए

५ वर्षमा ३ अर्बको चकलेट भित्रिए

काठमाडौं- एक दशक अघिसम्म नेपालमा उत्पादन हुने चकलेटले बजारमा हिस्सा बनाए पनि पछिल्ला वर्षहरुमा विदेशबाट आयात गरिएका चकलेटहरुले नेपाली बजारमा वर्चश्व जमाएका छन्। पछिल्लो पाँच वर्षमा नेपालमा विभिन्न देशबाट तीन...

योजनामाथि योजना, कार्यान्वयन फितलो

योजनामाथि योजना, कार्यान्वयन फितलो

पोखरा- पोखरालाई व्यवस्थित सहर बनाउन २०३१ सालमा बृहत् ग्ाुरु योजना बनेको थियो। त्यो योजनाको एउटा पाटो कार्यान्वयन हुँदा न्युरोडको बाटो फराकिलो बनेको छ। त्यसबाहेक त्यसको कार्यान्वयनमा खासै प्रगति भएन।

नेपालीको आय बढ्यो

नेपालीको आय बढ्यो

काठमाडौं- नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ। अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय...

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची सुरुङ दैनिक २० मिटर

मेलम्ची-निर्धारित कार्यतालिका पछ्याउने क्रममा दैनिक २० मिटर सुरुङ थपिन थालेपछि २०७३ वैशाखभित्र मेलम्ची पानी काठमाडौं उपत्यका पुग्ने सम्भावना बलियो बनेको छ। तोकिएकै समयमा मेलम्ची पानी उपत्यका पुर्यातउन इटालियन ठेकेदार कम्पनी...

विषाक्त तरकारी नष्ट गरिने

विषाक्त तरकारी नष्ट गरिने

काठमाडौं- सरकारले छिमेकी भारत तथा स्वदेशकै विभिन्न जिल्लाबाट राजधानी भिœयाइने विषालु हरियो तरकारी तत्काल जफत गरी नष्ट गर्ने भएको छ। दिनहुँ कालिमाटी भित्रने आधाजसो तरकारीमा अत्यधिक विषादी भेटिएपछि सरकारले बिहीबारबाटै...

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

क्षतिपूर्ति माग्दै उखु किसानले जिल्ला प्रशासन घेरे

बारा– मनहर्वा–५ को रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले रोप्न लगाएको उखु किन्न छाडेको भन्दै किसानहरू मिलविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। क्षतिपूर्तिको माग राख्दै उनीहरूले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयअगाडि उखु लोड गरेको...