Tuesday 19 Shrawn, 2072 |
Menu

अर्थ

ist-cc

नेपाली तयारी पोसाकलाई भारतमा अतिरिक्त कर

  • मङ्गलबार १७ बैशाख, २०७०
  • विज्ञान अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
नेपाली तयारी पोसाकलाई भारतमा अतिरिक्त कर
काठमाडौं -भारत सरकारले नेपाली तयारी पोसाकमा अतिरिक्त कर (काउन्टर भेलिङ ड्युटी) लगाउन थालेको छ। भारतले १५ दिनअघिबाट यस्तो कर लगाउन थालेको हो। अतिरिक्त कर लगाएपछि नेपाल तयारी पोसाकको निकासी अवरुद्ध भएको छ। केही समययता देखि भारतमा नेपाली तयारी पोसाकको निकासी बढेको थियो। 

'भारतले फेरि तयारी पोसाकमा अतिरिक्त कर लगाएको छ। यो कर लागेपछि वैधानिक रुपमा तयारी पोसाक निकासी अवरुद्ध भएको छ,' नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले सोमबार नागरिकसँग भने, 'अतिरिक्त कर लगाइरहे नेपाली तयारी पोसाकले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्दैन।' उनका अनुसार भारतले ब्रान्डेड तयारी पोसाकमा १२ प्रतिशत अतिरिक्त कर लगाएको छ।
'यो कर लगाएपछि नेपालबाट निकासी हुने वस्तु अरु मुलुकको तुलनामा १२ प्रतिशत महँगो भयो,' उनले भने।
भारतमा अतिरिक्त कर लाग्न थालेकोबारे संघले वाणिज्यमन्त्री शंकरप्रसाद कोइरालालाई जानकारी गराउँदै तत्काल हटाउने पहल गर्न आग्रह गरेको छ। योबाहेक संघले भारतीय दूतावासलाई समेत प्रमाणसहित ज्ञापनपत्र पेस गर्दै अतिरिक्त कर हटाउन आग्रह गरेको छ।
स्रोतका अनुसार भन्सारमै कर लिने भएकाले भारतको केन्द्र सरकारले नै अतिरिक्त कर लगाएको हो। भारतले बंगलादेशलाई कुनै कर लगाउँदैन। नेपालीलाई अतिरिक्त कर लगाएपछि भारतमा बंगलादेशको तयारी पोसाक सस्तो भएको छ। श्रम, कच्चा पदार्थ, ढुवानी भाडा लगायतले बंगलादेशका उत्पादन नेपालको भन्दा सस्तो पर्छ। कर नलाग्दा पनि बंगलादेशभन्दा नेपालको तयारी पोसाक १५ प्रतिशत महँगो पर्छ।
भारतमै उत्पादन भएको तयारी पोसाक पनि सस्तो भएको छ। कोटा खारेजीपछि अमेरिकातर्फ तयारी पोसाकको निकासी घटेपछि उद्योगी भारततिर केन्द्रित भएका छन्। पछिल्लो केही वर्ष भारततर्फ तयारी पोसाकको निकासी बढेपछि भारतीय सरकारले विभिन्न कर लगाएर उद्योगीलाई निरुत्साहित गर्दै आएको छ। अध्यक्ष पाण्डेले भारतले तयारी पोसाकमा अतिरिक्त कर लगाउनै नमिल्ने बताउँछन्।
'भारतले अतिरिक्त कर लगाउन मिल्दैन। यो सरासर नेपाली उद्योगीलाई निरुत्साहित बनाउन खोजिएको हो,' उनले भने। अतिरिक्त कर लगाएपछि वैधानिक रुपमा भारत तयारी पोसाक निकासी रोकिने र अवैध रुपमा निकासी बढ्ने उनको अनुमान छ।
'१२ प्रतिशत अतिरिक्त कर तिरेर निकासी भएको तयारी पोसाकले प्रतिस्पर्धा गर्न नसक्ने भएपछि अवैध निकासीले प्रश्रय पाउँछ,' उनले भने, 'दुई प्रतिशत रकम भन्सारका अधिकारीलाई दिएर तयारी पोसाक निकासी हुने प्रवृत्ति बढ्छ।' अहिले पनि भारतका सीमा जोडिएका ठाउँमा १५/२० वटा मेसिन राखेर तयारी पोसाक सिलाउने साना उद्योग धेरै छन्। झापा, बिर्तामोड, काँकरभिट्टा लगायत क्षेत्रमा ती उद्योग खुल्ने क्रम बढेको छ।
भारत सरकारको यस्तै रबैया रहे साना उद्योग खुल्ने क्रम बढ्ने तयारी पोसाक उद्योगीको अनुमान छ। पाण्डेले तयारी पोसाक लगायत समस्या सुल्झाउन नेपाल–भारत अन्तरसरकारी बैठक तत्काल डाक्नुपर्ने प्रस्ताव राखेका छन्। नेपाल–भारतबीचको व्यापारमा देखिएका कठिनाइ हटाउन यो बैठक डाक्नुपर्ने उनले बताए।

तयारी पोसाकलाई उपेक्षा
सरकारले तयार पारेको निकासी अनुदानसम्बन्धी नयाँ कार्यविधिमा तयारी पोसाकलाई उपेक्षा गरिएको छ। नयाँ कार्यविधिअनुसार तयारी पोसाकलाई एक प्रतिशतमात्रै नगद अनुदानको व्यवस्था गरिएको छ। तयारी पोसाकमा तीस प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने भएकाले एक प्रतिशतमात्रै नगद अनुदान दिने व्यवस्थाप्रति नेपाल तयारी पोसाक उद्योग संघले असन्तुष्टि जनाएको छ।
संघका अध्यक्ष पाण्डेले आइतबार वाणिज्यमन्त्री शंकर कोइरालालाई भेटी ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुने तयारी पोसाकलाई एक प्रतिशतमात्रै नगद अनुदानको व्यवस्था गरेर उपेक्षित गरेको गुनासो गरेका थिए। स्रोतका अनुसार अघिल्लो कार्यविधिमा भएको कमी कमजोरीबारे संघका अध्यक्ष पाण्डेले आलोचना गरेका थिए।
पहिलाको नगद अनुदानको कार्यविधिबाट दाल र अन्य उद्योगले मात्रै पाएपछि उनले खारेजीको माग गरेका थिए। उनले सुरु गरेको अभियानका कारण कार्यविधि संशोधन गरिएको थियो। मन्त्री कोइरालाले तयारी पोसाकलाई एक प्रतिशतमा राख्नु गलत भएको स्वीकार्दै साउनमा हुने संशोधनमा दुई प्रतिशतमा राख्ने प्रतिबद्धता गरेका छन्।

प्रतिक्रिया

तीन भिन्न मोडलमा बोल्ट

तीन भिन्न मोडलमा बोल्ट

काठमाडौं- बजेटले अटोमोबाइल्सलाई नछोएको र फेस्टिभल सिजन सुरु हुन लागेकाले अहिले प्रत्येक साता नयाँनयाँ गाडीहरु घरेलु बजारमा आइरहेका छन्। प्रत्येक कम्पनीले विभिन्न सेग्मेन्टमा निजी सवारीसाधनका सौखिनहरुलाई विकल्प दिइरहेको समयमा पहिलो...

हिलेमा १० करोडको चारतारे रिसोर्ट

हिलेमा १० करोडको चारतारे रिसोर्ट

विराटनगर- विराटनगरस्थित रत्ना होटलका सञ्चालक रेवतबहादुर थापाले १० करोड रूपैयाँ लगानीमा धनकुटाको हिलेमा चारतारे रिसोर्ट खोलेका छन्। ५२ रोपनी जग्गामा खोलिएको होराइजन माउन्टेन रिसोर्टको निर्माण तीन वर्षअघि थालिएको थियो।

समृद्ध नेपालको सपनामा बाधक

काठमाडौं- आम नागरिकको समृद्ध भविष्यको सपना पूरा गर्ने अपेक्षा गरिएको संविधानले समाजलाई समृद्धितिर लानुको सट्टा विभेद बढाएर अर्को एक दशकभित्रै सामाजिक द्वन्द्व निम्त्याउने भन्दै अर्थविद र उद्योगी, व्यवसायीले त्यसमा 'समाजवादको'...

सस्तोमा लाभा आइरिस एक्सएटक्यु स्मार्टफोन

सस्तोमा लाभा आइरिस एक्सएटक्यु स्मार्टफोन

काठमाडौं- एउटै मोबाइलमा अनेकथरी सुविधाका लागि स्मार्ट फोनको प्रयोग बढ्दै गएको छ। सुविधासँगै त्यसमा हुने विशेषताले पनि प्रयोगकर्ताको दैनिकीलाई सजिलो बनाउने भएपछि स्मार्टफोन सबैको रोजाईमा परेको हो।

भैंसी अर्थात 'कालो सुन'

भैंसी अर्थात 'कालो सुन'

काभ्रे- जिल्ला पशु सेवा कार्यालय काभ्रेमा पशुपालन (दूध उत्पादन) पेशा अंगाल्न चाहने किसान र व्यवसायीहरुको संख्या बढ्दा पशु चिकित्सक मणिप्रसाद सापकोटाको दैनिकीसमेत नेपाली कृषकहरुले बढी मन पराएको भैंसीपालनको प्रवर्द्धनमा बित्न...

हुन्डाईका दुई स्मार्ट कार

हुन्डाईका दुई स्मार्ट कार

काठमाडौं- हरेक वर्ष विभिन्न कम्पनीका गाडीहरू र हरेक महिना तीनका नयाँ ब्रान्ड नेपाली अटो बजारमा प्रवेश गर्ने क्रम बढिरहेको छ। कार पारखीहरु हरेक वर्ष विशेषता थपिएका नयाँ कार परिवर्तन गर्न...

भूकम्प पीडितलाई सहुलियत ऋण लिन प्रक्रिया पुर्‍याउनै समस्या

काठमाडौं- सरकारले भूकम्पमा घरबार गुमाएका पीडितलाई नयाँ घर बनाउन बैंक, वित्तीय संस्थामार्फत २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरे पनि प्रक्रिया पुर्याउन समस्या देखिएको छ।

२० वर्षभित्र नयाँ १२ लाख पाइलट चाहिने

२० वर्षभित्र नयाँ १२ लाख पाइलट चाहिने

सियाटल- अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी २० वर्षभित्र थप १२ लाख पाइलट आवश्यक पर्ने तथ्यांक प्रक्षेपण गरेको छ। संसारभरका वायुसेवा कम्पनीले उक्त अवधिमा नयाँ ३८ हजार जहाज थप्ने र...