Sunday 13 Bhadra, 2072 |
Menu

अर्थ

republica-header

ist-cc

नेप्से ६ महिनायताकै तल

(0 votes)
काठमाडौं - बैंक तथा वित्तीय संस्थाका संस्थापकको १९ प्रतिशत सेयर बिक्री गर्ने बाटो खुला भएपछि सेयर बजार ओरालो लाग्न थालेको छ। साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)  ६ महिनायताकै न्यून ५ सय अंक तल (४९२.८४) आएको छ। 

नेपाल धितोपत्र बोर्डले दुई साताअघि संस्थापक सेयरधनीसँग रहेको ७० प्रतिशत सेयर घटाएर ५१ मा झार्ने योजना ल्याएको थियो। यो व्यवस्थाले १९ प्रतिशत सेयर बिक्री गर्न बाटो खुले पछि बजार घट्न थालेको हो। संस्थापकहरुको सेयर बिक्री गर्न दिने व्यवस्थापछि बजारमा सेयर आपूर्ति बढ्ने भन्दै बजार घटेको हो।
'१९ प्रतिशतको प्रभावले बजार घटेको हो,' सेयर ब्रोकर कम्पनी दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध सञ्चालक दिनेशराज सापकोटाले भने, 'बोर्डले गरेको व्यवस्था गरेपछि बजारमा एकैचोटी धेरै सेयर आउने मनोविज्ञानले गर्दा लगानीकर्ताले मूल्य घटाएर सेयर बिक्री गरिरहेका छन्।'
धितोपत्र बोर्डले संस्थापक सेयर बिक्री दुई तरिकाबाट गर्न सकिने  व्यवस्था गरेको छ। सेयरधनीले आफूले चाहेको मूल्य तोकेर बोलकबोल वा सेयर ब्रोकरमार्फत बजार मूल्य अनुसार नेप्सेमा बिक्री गर्न पाउने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार बजारमा संस्थापक सेयरको आपूर्ति भइसकेको छैन। तर केही सेयर ब्रोकर र ठूला खेलाडीहरुले आपूर्ति बढेर बजार घट्ने भन्दै साना लगानीकर्ताबाट मूल्य घटाएर सेयर किन्न थालेका छन्।
धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले संस्थापक सेयर एकैचोटी बजारमा आएर समस्या पर्ने भन्ने हल्ला चलाएर सीमित लगानीकर्ताले फाइदा उठाउन खोजेको बताए। 'साधारण सेयर जस्तो संस्थापक सेयर बजारमा सजिलै आउन सक्दैन, प्रक्रिया पुरा गर्नुपर्छ,' उनले भने, 'अहिले १९ प्रतिशतको भय देखाएर केही तत्वहरुले साना लगानीकर्ताको सेयर सस्तोमा किन्न खोजिरहेका छन्।'
राष्ट्र बैंकको व्यवस्था अनुसार २ प्रतिशतभन्दा माथि सेयर बिक्री गर्नु परे नियामकको स्वीकृति लिनु पर्छ। बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर पहिले आफ्नै समूहका अन्य सेयरधनीले किन्नु पर्छ। उसले नकिनेको खण्डमा राष्ट्र बैंकको स्वीकृति लिएर बाहिर बिक्री गर्नु पर्ने हुन्छ।
'१९ प्रतिशतका कारणले बजार प्रणालीलाई केही पनि असर पार्दैन,' उनले भने, 'मूल्य घटाएर साना लगानीकर्ताको सेयर किन्नलाई यसको त्रास ठूला लगानीकर्ताले छरिरहेका छन्। साना लगानीकर्ता भ्रममा पर्नु हुँदैन यसको कारणले बजारलाई असर गर्दैन।'
बजारमा १९ प्रतिशतको निर्णय फिर्ता गर्नेसमेत हल्ला चलाइएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले १९ प्रतिशतको निर्णय फिर्ता लिन बोर्डलाई पत्र लेख्न लागेको छ भन्दै अहिले बजारमा हल्ला फिजाइएको छ। '१९ प्रतिशत सेयर बेच्ने निर्णय फिर्ताको हल्लाले पनि लगानीकर्ता  अन्यौंलमा परेका छन्,' सापकोटाले भने।
तर दुवै नियामकहरुले कुनै पनि हालतमा निर्णय फिर्ता  नहुने जानकारी दिएका छन्। '१९ प्रतिशत हाम्रै सहमतिमा बेच्न दिने निर्णय भएको हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले नागरिकसँग भने, 'बरु यो कार्यान्वयनमा ढिलाइ भएको हो। अध्ययन गरेर नै निर्णय गरिएकाले फिर्ता हुँदैन।'
१९ प्रतिशत सेयर बजारमा आउने भन्दै लगानीकर्ताले मूल्य घटेर बिक्री गरिरहेका छन्। नेप्से परिसुचक बिहीबार करिब ११ अंकसम्म घटेको थियो। बीचमा हल्का सुधार भएर बजार ७.९२ अंक घटेर बन्द भएको छ। ३ बजे बन्द हुने बजार साढे २ बजेदेखि सामान्य सुधार देखिएको हो।
यही आधा घण्टाको अवधिमा कारोबार रकममा पनि वृद्धि भएको छ। साढे २ बजेसम्म बजारमा साढे डेढ करोडको कारोबार भएको थियो। त्यसपछि बढेर कारोबार रकम ५ करोड ६९ लाख रुपैयाँ पुगेको हो। बिहीबार बजारमा ८४ कम्पनीका १ हजार ४४ वटा कारोबार भएको थियो। अन्तिम दिन १ लाख ७३ हजार ३१२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
बोर्डले साढे २ वर्षअघि नै १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्ने निर्णय गरेको थियो। लगानीकर्ताहरुले कारोबारै बन्द गरेर विरोध गरेपछि निर्णय फिर्ता लिइएको थियो। त्यस बेला फिर्ता लिइएको निर्णयलाई सामान्य संशोधन गर्दै बोर्डले फेरी कार्यान्वयनमा ल्याएको हो।

प्रतिक्रिया

प्रहरी स्कर्टिङमा एलपी ग्यास ढुवानी

प्रहरी स्कर्टिङमा एलपी ग्यास ढुवानी

कोहलपुर- सातादेखि बाँकेलगायत मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यास अभाव कम गर्न प्रशासनले पहरा दिएर ढुवानी सुरु गरेको छ। ग्यास अभाव हुन नदिन प्रहरी स्कर्टिङमा वितरण...

बन्दले बाध्यता भो हवाईयात्रा

बन्दले बाध्यता भो हवाईयात्रा

नेपालगन्ज- सार्वजनिक सवारी साधन नचल्दा सल्यान, थारमारेका इन्द्रबहादुर भण्डारी काठमाडौं पुग्न हवाई यातायात रोज्न बाध्य भए। तर, उनका लागि हवाई यात्रा पनि सहज भएन। जागिरका लागि आवेदन दिएका उनी बुधबार...

धावनमार्गछेउका अग्ला घर भत्काऊ

धावनमार्गछेउका अग्ला घर भत्काऊ

काठमाडौं-व्यवस्थापिका संसदको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण रुटमा बनाइएका अग्ला घर तत्काल भत्काउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ।

पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर

पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर

काठमाडौं- लामो प्रतीक्षापछि नेपाल र भारतबीच रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको छ। सोमबार नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास...

नाकामा रोकिए ४ हजार गाडी

नाकामा रोकिए ४ हजार गाडी

वीरगन्ज- मधेसकेन्द्रित तथा अन्य राजनीतिक दलको १० दिनदेखि जारी बन्दका कारण चार हजार मालबाहक गाडी मुलुकको प्रमुख नाका वीरगन्जनजिकै भारतीय सीमामा थन्किएका छन्।

फेरि बजेट बराबर रेमिटेन्स

फेरि बजेट बराबर रेमिटेन्स

काठमाडौं- पछिल्लो समय विदेशमा बस्ने नेपालीले मुलुकको बजेट बराबर रेमिटेन्स पठाउन थालेका छन्। आर्थिक वर्ष २०६९/०७० र २०७०/०७१ मा बजेटभन्दा बढी आएको रेमिटेन्स आव २०७१/०७२ मा भने बजेटकै हाराहारी छ।

चितवनमा फैलँदै माछापालन

चितवनमा फैलँदै माछापालन

चितवन- चितवनमा माछापालन व्यवसाय किसानको आफ्नै पहलमा फैलँदै गएको छ। २०६६ सालदेखि सामान्य सुधार हुँदै आएको माछापालन, गएको ४ वर्षदेखि भने अप्रत्यासित रुपमा वृद्धि भएको हो।

सुजुकी जिक्सर एसएफ आयो

सुजुकी जिक्सर एसएफ आयो

काठमाडौं- सुजुकी बाइकको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले बिहीबार १५५ सिसी फुलफेर्ड स्ट्रिट स्पोर्ट्स बाइक जिक्सर एसएफ सार्वजनिक गरेको छ।