Tuesday 22 Ashad, 2072 |
Menu

अर्थ

ist-cc

नेप्सेमा दुई अंकले घट्यो

(0 votes)
काठमाडौं– होटलबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले मंगलबार पनि नेप्सेको गिरावटले निरन्तरता पाएको छ। कारोबार रकम भने दैनिक औसतभन्दा बढी छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से मंगलबार १.६२ अंकले घटेर ५००.७६ कायम भएको हो। सोमबार नेप्से २.६६ अंकले घटेको थियो।

सोमबार जलविद्युत समूहको परिसूचक सबभन्दा धेरै (४.८८) अंकले घटेको छ। यसलाई बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, बिमा, वित्त र विकास बैंक समूहले पछ्याएका छन्।  होटल समूहको परिसूचक बढेको छ। उत्पादनमूलक र व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन्।
यस दिन ८९  कम्पनीको कारोबार भएकोमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ। १३ कम्पनीको सेयर मूल्य स्थिर छ  भने ४५ कम्पनीको सेयर मूल्य घटेको छ।  
एक्सचेन्जका अनुसार मंगलबार एक हजार ६० कारोबारमा सात करोड ३७ लाख चार हजार रुपैयाँ बराबरका एक लाख ८१ हजार आठ सय तीन कित्ता सेयर किनबेच भएको छ। सोमबार नौं सय ४२ कारोबारमा पाँच करोड ९७ लाख ५६ हजार रुपैयाँ बराबरका एक लाख ७१ हजार नौं सय ९२ कित्ता सेयर किनबेच भएको थियो। नेप्सेमा दैनिक औसत ५ करोड रुपैयाँको सेयर किनबेच हुदै आएको छ।
नेपाल बैंक यस दिन सबैभन्दा धेरै (१४४) पटक सेयर किनबेच हुने कम्पनी हो। किनबेच भएका सेयर संख्या ( १८ हजार कित्ता) का आधारमा नेसनल हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ। कारोबार रकम  (एक करोड ८८ लाख ३६ हजार रुपैयाँ) का आधारमा एभरेस्ट बैंक अगाडि छ।
एक्सिस डेभलपमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स र जेनिथ फाइनान्स यस दिन सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा अगाडि छन्। नेपाल बैंक, शुभलक्ष्मी फाइनान्स र सुप्रिम डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ।
मंगलबारको कारोबारबाट बजार पुँजीकरण चार खर्ब ८८ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा दुई अर्ब कम हो। चार वर्ष अघि नेप्से उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो।
बुढीगण्डकीको कार्यकारी निर्देशकमा बस्नेत, नलसिंङगाडमा अझै नियुक्ति हुन सकेन

बुढीगण्डकीको कार्यकारी निर्देशकमा बस्नेत, नलसिंङगाडमा अझै नियुक्ति हुन सकेन

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको गोपालबहादुर बस्नेतलाई नै कार्यकारी निर्देशक नियुक्त...

पाँचतारे होटलमा ४० प्रतिशतसम्म कर्मचारी बिदामा

पाँचतारे होटलमा ४० प्रतिशतसम्म कर्मचारी बिदामा

काठमाडौं-विनाशकारी भूकम्पपछि मुलुकका अधिकांश पाँचतारे होटलले ३० देखि ४० प्रतिशत कर्मचारीलाई छुट्टी दिएका छन्। पोखराको एउटा पाँचतारेले भने ८० प्रतिशत कर्मचारीलाई बिदामा पठाएको छ।

पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य

पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक उपाध्यक्ष पशुपति मुरारकाले भूकम्पले क्षति पुर्याौएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन्।

पदमार्गको अवस्था बुझ्दै विदेशी विज्ञ

पदमार्गको अवस्था बुझ्दै विदेशी विज्ञ

पोखरा- भूकम्पपछि अन्नपूर्ण पदमार्ग क्षेत्र सुरक्षित रहे, नरहेको बुझ्न विज्ञसहितको टोलीले अध्ययन थालेको छ। टोलीले अन्नपूर्ण क्षेत्रका विभिन्न भागमा पुगेर अध्ययन गरिरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयोजनमा टोलीले...

खेत बाँझै छाडेर धान दिवस

खेत बाँझै छाडेर धान दिवस

काठमाडौं- असार १५ को अवसरमा देशभर औपचारिक कार्यक्रम गरेर धान दिवस मनाइए पनि पानी अभावमा निकै कम मात्र रोपाइँ भएका समाचार प्राप्त भएका छन्। धान दिवसमा काठमाडौंका पर्यटन व्यवसायीले कागेश्वरी...

एसियाली पूर्वाधार बैंकमा नेपालको ८ अर्ब

एसियाली पूर्वाधार बैंकमा नेपालको ८ अर्ब

हङकङ-भूकम्पपछि पुनर्निर्माणमा लगानीको नयाँ स्रोत हुने ठानिएको एसियाली पूर्वाधार लगानी बैंकको सम्झौता पत्रमा नेपालले हस्ताक्षर गरेको छ। सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अप पिपलमा आयोजित समारोहमा अर्थमन्त्री रामशरण महतले नेपाल...

अग्निका जहाज लिलामीमा शून्य प्रस्ताव

अग्निका जहाज लिलामीमा शून्य प्रस्ताव

काठमाडौं- तीनवटा बैंक तथा वित्तीय संस्थाले आफ्नो ऋण उठाउन अग्नि एयरका पाँच थान जहाज लिलाम गर्न गरेको प्रयास असफल भएको छ। तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत जहाज लिलाम गर्ने...

५७ अर्ब डलरमा ४२१ थान जहाज अर्डर

५७ अर्ब डलरमा ४२१ थान जहाज अर्डर

पेरिस-युरोपेली जहाज निर्माता कम्पनी एयरबसले एकैपटक ५७ अर्ब अमेरिकी डलर (५७ खर्ब रुपैयाँ) बराबरको जहाज खरिद अर्डर प्राप्त गरेको छ। यति परिमाणको रकमबाट एयरबसले ४ सय २१ थान जहाज निर्माण...