Tuesday 6 Shrawn, 2071 |
Menu

अर्थ

पश्चिमसेती छिटो सुरु गर्न स्थानीयको माग

  • बुधबार १८ बैशाख, २०७०
  • दिलबहादुर छत्याल
  • DISQUS_COMMENTS
(0 votes)
धनगढी - पश्चिमसेती जलविद्युत आयोजना छिटो सुरु गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। आयोजना बन्ने भनेर १५ वर्षदेखि विकासका कुनै पूर्वाधार नबनेकाले मर्कामा परेका स्थानीयले यस्तो माग गरेका हुन्। 

'प्रभावित र डुबान क्षेत्रका हामी १० हजार बासिन्दा पश्चिमसेती आयोजनाको कारण विकासबाट बञ्चित छौं,' पश्चिमसेती मुल सरोकार समितिका अध्यक्ष रतन साउदले भने, 'एक वर्षयता आयोजनाबारे कुनै सूचना नपाउँदा हामी अन्योलमा परका छौं।'

आयोजना निर्माण अघि बढाउन चिनियाँ कम्पनी थि्रगर्जेजसँग सम्झौता भएपछि प्रभावित क्षेत्रका बासिन्दा उत्साहित भएको अर्का प्रभावित क्षेत्रका बासिन्दा राजु भट्टराईले बताए।
'हामी उत्साहित भएका थियौं। तर अहिले कुनै सूचना नपाउँदा अन्योल र निराशा बढेको छ,' उनले भने। चिनियाँ कम्पनीसँगको सम्झौताको विरोधसमेत भएको थियो। पछि नेपाल लगानी विकास बोर्डले आयोजना काम बढाउने निर्णय सरकारले गरेको थियो। तर एक वर्षयता आयोजनाको काम कारबाही कहाँ पुग्यो भन्ने जानकारी सार्वजनिक भएको छैन।
प्रभावित क्षेत्रका गाउँमा आयोजना आउने भन्दै सरकारले कुनै योजना नदिँदा नदीको पानी खानुपरेको साउदले बताए। आयोजनाको चर्चा चलेदेखि प्रभावित क्षेत्रका बासिन्दाले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सिँचाइ कुलोजस्ता महŒवपूर्ण विकासका योजनाबाट बञ्चित हुनुपरेको उनीहरुले बताएका छन्। 'खानेपानी दिनुहोस् भन्दा आयोजना आउँछ भनेर दिएनन्। कुलो देऊ भन्दा पनि दिएनन्,' भट्टराईले भने।
सन् १९९४ देखि चर्चामा आएको पश्चिमसेती ७ सय ५० मेगावाट विद्युत उत्पादन हुने जलाशययुक्त आयोजना हो। १७ वर्षअघि जिम्मा पाएको अस्टे्रलियाको स्मेक कम्पनीले आयोजनाका लागि रकम जुटाउन नसकेपछि सरकारले सम्झौता तोडेको थियो। पोहोरमात्रै थि्रगर्जेजलाई आयोजना निर्माणको जिम्मा दिएको हो।
आयोजनाबाट  बझाङका ५, डोटीका ७, बैतडीका ४ र डडेल्धुराका १ गरी १७ गाविसका ४० वडाका करिब तीन हजार घरपरिवार प्रभावित हुनेछन्। उनीहरु विस्थापित हुनुपर्ने भएकाले विकास निर्माणका काम नगरिएको हो।
अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

घ्यूकुमारीले रुवायो किसान

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा...

बिजुली किन्न भारतका कडा सर्त

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं- नेपालले चार वर्षअघि पिटिए (विद्युत व्यापार सम्झौता) गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा...

गाउँमा मूल्य तेब्बर

गाउँमा मूल्य तेब्बर

धादिङ- राजधानीसँग सीमा जोडिएको धादिङको उत्तरी क्षेत्रका गााउँमा दैनिक उपभोग्य वस्तुकोे मूल्य जिल्ला सदरमुकामको तुलनामा तेब्बर पर्छ। तिप्लिङ, सेर्तुङ, लापा, री, झार्लाङलगायत मोटरबाटो नपुगेका हिमाली गाउँमा व्यापारीले ढुवानी खर्च भन्दै...

सन् २०२० सम्ममा नेपाललाई अल्पविकसित देशको सुचीबाट निकाल्ने

सन् २०२० सम्ममा नेपाललाई अल्पविकसित देशको सुचीबाट निकाल्ने

काठमाडौं- कृषि विकास मन्त्री हरि प्रसाद पराजुलीले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाललाई सन् २०२० सम्ममा अल्पविकसित देशको सुचीबाट निकाल्ने लक्ष्यमा सहयोग पुर्‍याउनको लागि परियोजनाहरू समय सापेक्ष रहेको बताए।

खाद्य जाँच्ने प्रयोगशाला अलपत्र

खाद्य जाँच्ने प्रयोगशाला अलपत्र

काठमाडौं- हरिया तरकारीमा विषादी। माछामा फर्मालिन। मासुमा ब्याक्टेरिया। चामल, दाल, चना, केराउ, काउली, आलुमा प्याराथियोन–मेथी १ र साइपरमेथि्रन नामक विषादी। बजारमा बेच्न राखिएका जुसदेखि दूधसम्म, पानीदेखि तेलसम्म न्यून गुणस्तरको। शरीरलाई...