Friday 9 Shrawn, 2071 |
Menu

अर्थ

बैंकले निक्षेप र कर्जाको ब्याज बढाउन थाले

  • शुक्रबार २० बैशाख, २०७०
  • सुदर्शन सापकोटा
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - लगानीयोग्य पुँजी (तरलता) अभाव हुन थालेपछि बैंक तथा वित्तीय संस्थालेे निक्षेपको ब्याज बढाउन थालेका छन्। केही बैंकले ऋणको ब्याज पनि वृद्धि गरेका छन्। बैंकहरुले निक्षेपको ब्याज तीन प्रतिशत विन्दु र कर्जाको एक प्रतिशत विन्दुले बढाएका हुन्। निक्षेपको ब्याज बढ्दा उपभोक्तालाई फाइदा हुन्छ भने कर्जाको बढ्दा बैंकबाट सापटी लिएर काम गर्नेको आर्थिक भार बढेर जान्छ।
'तरलता अभावले निक्षेप र कर्जा दुवैको ब्याज दर वृद्धि भइरहेको छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बुधबार नागरिकसँग भने, 'नयाँ बजेट आएपछि र आउँदो वर्ष निर्वाचन हुने भए तरलता सहज भएर ब्याज दर घट्ने छ।'
आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारी विकास खर्च नबढेको, चैतमा करवापत ठूलो रकम सरकारी खातामा जम्मा भएको कारणले बजारमा तरलता अभाव चर्किएर गएको छ। अभावका कारण बैंकहरुको कर्जा–निक्षेप अनुपातसमेत बढ्न थालेपछि यसलाई सहज गर्न ब्याज दर वृद्धि गरिएको हो। 
'अहिले बैंकमा पैसा राख्नेले राम्रो लाभ उठाउन सक्छन्,' शाहले भने, 'ऋण लिने बेला भने अहिले होइन।' उनका अनुसार बजेट आएपछि तरलता सहज भएर ब्याज दर घट्छ। अहिले ऋणको ब्याज बढ्दोक्रममा रहेकाले बैंकबाट पैसा लिन ग्राहकले पर्खिंदा राम्रो हुन्छ। 
अहिले बैंकहरुसँग निक्षेप नै घट्न थालेको छ। पैसा घट्न थालेकाले त्यसलाई आकर्षित गर्न ब्याज बढाउनु परेको हो। बैंकहरुले स्किम नै ल्याएर ब्याज वृद्धि गर्न थालेका छन्। कर्जाको ब्याज बढ्न थालेकाले ऋण लिनेक्रम बन्द भएको छ। दुई सातादेखि बैंकहरुले ऋण लगानी गर्न सकेका छैनन्। 
तीन सातादेखि बैंकहरुको निक्षेप क्रमशः घट्दै गएको छ। ९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको निक्षेप ९ खर्ब २४ अर्ब हुँदै अहिले ९ खर्ब १९ अर्बमा झरेको छ। कर्जा लगानी दुई सातादेखि ७ खर्ब २३ अर्बमा सीमित भएको छ। निक्षेप घट्ने र कर्जा यथावत रहेकाले बैंकहरुको कर्जा–निक्षेप अनुपात पनि ७८ प्रतिशतमाथि पुगिसकेको छ। 
दुई साताअघिसम्म आठ प्रतिशतहाराहारी रहेको निक्षेपको ब्याज दर अहिले साढे १० प्रतिशत पुगिसकेको छ। बैंकहरुले सोमबारमात्र नेपाल टेलिकमलाई १०.५५ प्रतिशत ब्याज तिरेर २ अर्ब रुपैयाँ लिएका छन्। साना निक्षेपकर्ताबाट पैसा जम्मा हुन समय लाग्ने भएकाले बैंकहरुले बढी ब्याज तिरेर संस्थापक र ठूला निक्षेपकर्तालाई बढी ब्याज दिइरहेका छन्। 
कृषि विकास बैंकले सर्वसाधारणलाई दिनेभन्दा एक प्रतिशत विन्दु बढीले संस्थागत निक्षेपकर्तालाई ब्याज दिने जनाएको छ। बैंकले ठूला निक्षेपकर्तालाई साढे आठ प्रतिशत ब्याज दिने भएको छ।
बैंकहरुले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, गुठी संस्थान, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरीलगायत ठूला निक्षेपकर्तालाई बढी ब्याज दिइरहेका छन्। राष्ट्र बैंक, बिमा समिति, बिमा कम्पनीहरु पनि ठूला निक्षेपकर्ता हुन्। 
बैंकहरुको १२/१३ प्रतिशत रहेको कर्जाको ब्याज दर क्रमशः १४/१५ प्रतिशत पुग्न थालेको छ। विकास बैंक तथा फाइनान्स कम्पनीहरुको भने अझ बढी छ। तीन वर्षअघिबाट बढ्न थालेको ब्याज दर गत वर्षदेखि घट्न थालेको थियो। गत वर्ष निक्षेपको ब्याज घटेर अधिकतम ६ प्रतिशत थियो। विशेष कर्जा योजनाहरुका ब्याज दर साढे नौ प्रतिशतसम्म झरेको थियो।
दोस्रो चिनियाँ जहाज अनिश्चित

दोस्रो चिनियाँ जहाज अनिश्चित

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज साउन ९ (शुक्रबार) काठमाडौं अवतरण गर्ने तालिका थियो।

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...

घ्यूकुमारीले रुवायो किसान

घ्यूकुमारीले रुवायो किसान

चितवन-प्रशस्त आम्दानी हुने आसमा घ्यूकुमारी (एलोभेरा) खेती गरेका किसान अहिले लगानीसमेत डुब्दा रुन मात्रै सकेका छैनन्। यसको बिरुवा र पात सबै किन्ने भनेर भरतपुरमा केन्द्रीय कार्यालय रहेको पाम एग्रोटेक तथा...

बिजुली किन्न भारतका कडा सर्त

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं- नेपालले चार वर्षअघि पिटिए (विद्युत व्यापार सम्झौता) गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ।

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

नयाँ मौद्रिक नीतिले बैंक पदाधिकारीलाई अंकुश

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन बलियो बनाउन एउटै पदमा दुईपटकभन्दा बढी रहन नसक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा...