Wednesday 14 Shrawn, 2071 |
Menu

अर्थ

दुई सातादेखि बैंकले ऋण रोके

(0 votes)
दुई सातादेखि बैंकले ऋण रोके
काठमाडौं - ब्याजदर वृद्धि गर्दा पनि निक्षेप बढ्नुको साटो उल्टो घट्न थालेपछि बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य पुँजी) अभाव चर्किएको छ। तरलता अभाव चर्किएपछि दुई सातायता बैंकहरुले ऋण लगानी गरेका छैनन्।

'अहिले अभाव चर्किएर गएको छ, लगानी पनि नगरी वस्नु परेको अवस्था हो,' एक बैंकरले भने, 'अन्तर बैंक सापटी पनि पाउन छाडेको छ। राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिएर काम चलाइरहेका छौं।'
तीन सातादेखि बैंकहरुको निक्षेप क्रमशः घट्दै गएको छ। ९ सय २७ अर्ब रुपैयाँ पुगेको निक्षेप ९ सय २४ अर्ब हुँदै अहिले ९ सय १९ अर्बमा झरेको छ। कर्जा लगानी दुई सातादेखि ७ सय २३ अर्ब रुपैयाँमा सीमित भएको छ।
अभाव चर्किएका कारण बैंकहरुले अनिवार्य नगद अनुपात (सिआरआर) पूरा गर्न पनि स्थायी तरलता सुविधा लिनुपरेको छ। राष्ट्र बैंकका अनुसार ३२ वाणिज्य बैंकले सिआरआर पूरा गर्न ५५ अर्ब २ करोड रुपैयाँ राख्नुपर्छ। तर बैंकहरुले चैतसम्म जम्मा ४९ अर्ब ७६ करोड रुपैयाँमात्र सिआरआरबापत राष्ट्र बैंकमा जम्मा गरेका छन्। बाँकी पैसा स्थायी तरलता सुविधा लिएर व्यवस्थापन गरेका छन्।
तरलता अभाव चर्किएका कारण मुस्किलले आधा दर्जन बैंकले मात्र अरु बैंकलाई सापटी दिन सकेका छन्। अहिले अधिकांश बैंकले सापटी माग गरिरहे पनि पैसा पाउन सकेका छैनन्। सापटीको  दर ३ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। यो दर वाणिज्य बैंकबीचको हो। वित्तीय संस्थाहरुको दर अझ माथि ७.४३ प्रतिशत छ।
बैंकहरुसँग पैसा नभएका कारण कारोबार रकम पनि उल्लेख्य घटेको छ। ४ अर्बसम्म पुगेको कारोबार रकम अहिले १ अर्ब ६५ करोडमा सीमित भएको छ। वित्तीय संस्थाको कारोबार रकम अझ घटेर ४० करोडमा झरेको छ।
अहिले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र माछापुच्छे्र बैंकले अन्तर बैंकमा सापटी दिइरहेका छन्। बाँकी अधिकांश बैंकले सापटी माग गरिरहेका छन्।
सापटी सजिलै पाउन छाडेपछि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) पनि माग गरिरहेका छन्। अन्तर बैंकभन्दा स्थायी तरलता सुविधाको दर महँगो छ। स्थायी तरलता सुविधा प्रयोग गर्न बैंकहरुले ८ प्रतिशत ब्याज तिर्नुपर्छ।
राष्ट्र बैंक स्रोतका अनुसार बैंकहरुले दैनिक औसत ५० करोड रुपैयाँ एसएलएफ चलाइरहेका छन्। दैनिक २/३ वटा बैंकले एसएलएफ प्रयोग गरिरहेका छन्। अन्तर बैंकमा पैसा नपाइएपछि एसएलएफ वढी प्रयोग हुन्छ। एसएलएफ ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट तुरुन्त लिन सकिन्छ।
बैंकहरुले तरलता अभाव लम्बिन थालेपछि धमाधम निक्षेपको  ब्याज बढाउन थालेका छन्। तीन दिनअघि मात्र सनराइज बैंकले १५ महिना बैंकमा पैसा राखे ९.५ प्रतिशत ब्याज दिने निक्षेप योजना ल्याएको छ। सेन्चुरीले सय दिन पैसा राखे ९ प्रतिशत ब्याज दिने योजना ल्याएको छ भने ग्लोबलले एक वर्षे मुद्दति निक्षेपको ब्याज ९ प्रतिशत पुर्यातएको छ।
बैंकहरुले संस्थागत र ठूला निक्षेपकर्तालाई अझ बढी ब्याज दिन थालेका छन्। नेपाल टेलिकमको २ अर्ब रुपैयाँ पैसा लिन सोमबार मात्र बैंकहरुल १०.५५ प्रतिशतसम्म ब्याज दिए। २ अर्बका लागि २० वटा बैंकले बोलकबोल गरेका थिए। २० बैंकले न्यूनतम ९ प्रतिशत ब्याज दिने प्रस्ताव गरेका थिए।
'६ महिनाअघि संस्थागत निक्षेपकर्तासँग बैंकहरुले ६ प्रतिशत पनि ब्याज तिरेर पैसा लिन मान्दैन्थे,' एक बैंकरले भने, '६ महिनापछि  साढे १० प्रतिशत ब्याजमा पैसा लिनुपर्ने अवस्था आएको छ।' उनले बैंकहरुले ६ महिनापछिको तरलता रणनीति पनि बनाउन नसक्दा अहिले समस्या आएको बताए।
सरकारी खर्च नभएको, बैंकहरुले निक्षेपको तुलनामा कर्जा बढी लगानी गरेकाजस्ता कारणले अभाव भएको हो। पछिल्लो चोटी नेपाल टेलिकमले नाफाबापत सरकारलाई करिब साढे तीन अर्ब रुपैयाँ बैंकबाट झिकेर लाभांश बुझाएका कारण पनि निक्षेप घटेर अभाव भएको हो।
डेढ महिनाभित्र ब्रोडब्यान्ड नीति

डेढ महिनाभित्र ब्रोडब्यान्ड नीति

काठमाडौं- लामो समयदेखि सरकारले ल्याउने भनेको ब्रोडब्यान्ड नीतिले डेढ महिनाभित्र अन्तिम रुप लिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले नीति अन्तिम चरणमा पुगेको जनाएको छ।

सुनको दैनिक कोटा १५ किलो

सुनको दैनिक कोटा १५ किलो

काठमाडौं-नेपाल राष्ट्र बैंकले पूर्व निर्णयअनुसार सुनको कोटा दैनिक २० किलोबाट १५ मा झारेको छ। बहुमूल्य धातुको आयात र बिक्री वितरण सहज बनाउन कोटा परिवर्तन भएको हो। बजारमा सुनको किनबेच घटेकाले...

चेपाङको घरमा सोलार

चेपाङको घरमा सोलार

चितवन-प्राथमिक विद्यालयको भवनबाहेक गाउँमा जस्ताले छाएको कुनै घर थिएन। तर, अहिले अवस्था भिन्न छ। गाउँका घर धमाधम जस्ताले छाउन थालिएको छ। नयाँ छानोसँगै घरघरमा सोलार बत्ती पनि जडान भएको छ।...

दोस्रो चिनियाँ जहाज अनिश्चित

दोस्रो चिनियाँ जहाज अनिश्चित

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज साउन ९ (शुक्रबार) काठमाडौं अवतरण गर्ने तालिका थियो।

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

राष्ट्र बैंकको सुझाव : किसानलाई ब्याजमा थप अनुदान देऊ

काठमाडौं - नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा भारतसँग प्रतिस्पर्धा गर्न सहुलियत ब्याजदरबाहेक पनि समयमै कर्जा तिर्ने किसानलाई ब्याजदरमा थप अनुदान दिन सुझाएको छ।

निगमकै पेट्रोलियममा पानी

निगमकै पेट्रोलियममा पानी

काठमाडौं-आयल निगमबाट खरिद गरेको 'गुणस्तरहीन' पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

अर्ब नाघ्यो सेयर कारोबार

अर्ब नाघ्यो सेयर कारोबार

काठमाडौं- विभिन्न कम्पनीको सेयर कारोबार हुने स्टक एक्स्चेन्जमा सोमबार साँझ सेयर दलालहरू प्रशन्न मुद्रामा लड्डु बाँड्दै थिए। उनीहरूको खुसीको कारण थियो– एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार। नेपालमा सेयर कारोबार...

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

लाखको सामान नफेर्दा साढे ६ करोड गुम्यो

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा ठूलो जहाजमा लाख रुपैयाँ पर्ने एउटा सामान नफेरेर करोडौं आम्दानी जानाजान गुमाइरहेको छ। निगम व्यवस्थापनले बोइङ ७५७ ९एन–एसिए जहाजको दायाँ...