Tuesday 9 Mangshir, 2071 |
Menu

अर्थ

१० महिनापछि आयल निगमलाई २० करोड नाफा

mynepal
(0 votes)
१० महिनापछि आयल निगमलाई २० करोड नाफा
काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि झन्डै १० महिनापछि आयल निगम नाफामा गएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले मे १ मा पठाएको मूल्यअनुसार निगमलाई २० करोड नाफा भएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य एक सय डलर हाराहारीमा छ। गत जुलाई (एक महिना) निगमलाई १२ करोड रुपैयाँ नाफा थियो।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा १२ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ४४ पैसा, मट्टितेलमा १५ रुपैयाँ ८३ पैसा र हवाई इन्धनमा २७ रुपैयाँ ९८ पैसा नाफा छ। निगमलाई अहिले ग्यासमा अझै पनि प्रति सिलिन्डर ४ सय ३९ रुपैयाँ ५० पैसा घाटा छ। 
पहिला निगमलाई पेट्रोलमा ९ रुपैयाँ ४२, डिजलमा १ रुपैयाँ ३९ पैसा, मट्टितेलमा १३ रुपैयाँ ७८ पैसा र हवाई इन्धनमा २४ रुपैयाँ ९६ पैसा नाफा थियो। निगमलाई ग्यासमा ५ सय ४ रुपैयाँ २ पैसा घाटा थियो। 
दस महिनासम्म लगातार घाटा बेहोरेर तेल आपूर्ति गर्न सरकारसँग ऋण लिएको निगमलाई यो नाफाले राहत दिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारअनुसार तत्कालै भने मूल्य नघटाउने जानकारी दिइसकेको छ। यो निर्णयका कारण मूल्य घटेर उपभोक्ताले कुनै राहत पाउने छैनन्। 
'अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर निगम नाफामा गएको हो। नाफामा गए पनि तत्कालै मूल्य भने घट्दैन,' निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बिहीबार नागरिकसँग भने, 'तेलको मूल्य घटाउने होइन स्टक बढाउनेतर्फ लाग्नेछौं।' 
भारतमा भने अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै पेट्रोल र ग्यासको मूल्य घटाएको छ। निगमले बुधवारदेखि लागु हुने गरी पेट्रोलमा ३ रुपैयाँ भारु र ग्यासमा एक सिलिन्डरमा ५४ रुपैयाँ भारु मूल्य घटाएको छ। भारतले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्ने स्वचालित मूल्य संयन्त्रको तयारी स्वरुप मूल्य घटाइरहेको छ। भारत सरकारले आइओसीलाई अनुदान दिन्छ। नेपालमा भने निगमलाई अनुदान नदिई ऋण दिने गरेको छ। ऋणको भार पनि उपभोक्तालाई नै बोकाइन्छ। 
तर नेपालमा भने स्वचालित मूल्य संयन्त्र कार्यान्वयनमा ल्याउने भनिए पनि त्यसअनुसार मूल्य घटाउने गरिँदैन। निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य घढबढ नगर्दा मूल्य बढेको बेलामा बढाउँदा आम उपभोक्ताले विरोध गर्छन्। 
'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्ने देखिएको छ। यस्तो अवस्थामा एक महिना पनि नटिक्ने मूल्य घटाउन सकिँदैन,' अग्रवाल भन्छन्, 'योभन्दा स्टक बढाउने हाम्रो अभियान हो।' निगमलले स्टकलाई प्राथमिकता दिएको भनिए पनि तेल ल्याउन भने सकेको छैन। निगमलाई ग्यासबाहेक वस्तुमा अप्रिलमै नाफा थियो। अप्रिल महिनामा निगमले तीन हजार किलोलिटरमात्रै तेलको स्टक बढाउन सकेको छ। 
'अप्रिल महिनामा १ लाख २५ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याएका छौं। तीन हजार स्टक थपेका छौं,' उनले भने, 'यहीअनुसार तेलको स्टक बढाएर अभाव हुन नदिनेतर्फ लाग्नेछौं।'
सात वर्षभित्र सबै रकम चुक्ता गर्ने र त्यसपछिका तीन वर्षमा निश्चित नाफाका लागि राख्ने प्रस्ताव गरेको निगमको दाबी थियो। नेपाल आउने ७० प्रतिशत पेट्रोलियम पदार्थ रक्सौल नाकाबाट आउने भएकाले त्यही पाइपलाइन निर्माण गर्ने अवधारणा १५ वर्ष अघि आएको थियो। पाइपलाइन निर्माणले पेट्रोलियम ढुवानी सस्तो पर्नेछ। पाइपलाइनबाट ल्याउँदा बन्द, हडताल, चुहावट र मिसावटको समस्या हुने छैन। पाइपलाइन बनाउन डेढ अर्ब रुपैयाँ लाग्ने दुई वर्षअघि निगमले गरेको अध्ययनले देखाएको थियो। निगमको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) मा ४१ किलोमिटर लामो यो दुरीमा पाइपलाइन बिछ्याउन उक्त रकम लाग्ने देखिएको थियो। 
पाइपलाइन नेपालतर्फ ३९ किलोमिटर र भारततर्फ दुई किलोमिटर पर्छ। पेट्रोलियम पाइपलाइन संवदेनशील मानिन्छ। डेढ मिटरमात्र तेल पाइप गाड्दा सुरक्षाका दृष्टिकोणले असुरक्षित मानिन्छ।

स्थलगत अनुगमन : किसानको नाम भजाउँदै दुरुपयोग

कालीकोट- उच्च मूल्य कृषि परियोजनाले तयार पारेको प्रतिवेदनमा कालीकोटको पूजा मालिका कृषक महिला समूहलाई तरकारी खेती तथा पशुपालन भन्दै २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। तर त्यो समूहले हालसम्म दुई...

सोनी एक्सपेरिया जेड सिरिज आए

सोनी एक्सपेरिया जेड सिरिज आए

काठमाडौं- सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका मोबाईल फोन सार्वजनिक गरेको छ। एक्सपेरिया जेडथि्र र एक्सपेरिया जेडथि्र कम्प्याक्ट नाम गरेका यी सेट वाटरप्रुफ र डस्ट प्रुफ छन्। 

चौधरीको लगानीमा मध्यमोदी हाइड्रो निर्माण सुरु

भुकताङ्ले (पर्वत)- मुलुकको अग्रणी औद्योगिक घराना चौधरी ग्रुपले पहिलोपटक जलविद्युतमा लगानी गरेको छ। ग्रुपको लगानीमा कास्की र पर्वत सिमानाको मोदीखोलामा निर्माण हुने मध्यमोदी जलविद्युत परियोजनाको निर्माण सुरु भएको छ। ग्रुपका...

सुविधा नघटाउन महिला उद्यमीको आग्रह

सुविधा नघटाउन महिला उद्यमीको आग्रह

काठमाडौं-महिला उद्यमीले औद्योगिक व्यवसाय ऐनको मस्यौदामा समेटिएका सुविधा नघटाईकन पास गर्न सरकारसँग अनुरोध गरेका छन्। महिला उद्यमीले दिएका सुझाव काँटछाँट गरेर मस्यौदा पास गर्न लागेको भन्दै उनीहरुले त्यसो नगर्न आग्रह...

दूध बेचेर मासिक तीन लाख

बाग्लुङ- धन कमाउन बिदेसिने चलन बढिरहँदा विदेशबाट फर्केका यहाँका एक स्थानीयले व्यावसायिक पशुपालन गरेर मासिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। बाग्लुङ नगरपालिका–११ का कृष्णप्रसाद पौडेलले विदेशमा भन्दा स्वदेशमै धेरै...

यस्तो छ सार्क अवधिको उडान व्यवस्थापन

यस्तो छ सार्क अवधिको उडान व्यवस्थापन

काठमाडौं- मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिभरका लागि नयाँ उडान–अवतरण तालिका बनाएको छ। आन्तरिक वायुसेवा कम्पनी तथा नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका...

पश्चिम सेती जलविद्युत आयोजना : बजार अध्ययनपछि मात्र अरु काम

पश्चिम सेती जलविद्युत आयोजना : बजार अध्ययनपछि मात्र अरु काम

काठमाडौं- पश्चिम सेती जलाशय आयोजना बनाउन अनुमति पाएको चिनियाँ थ्री गोर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले नेपालको बिजुलीको बजार अध्ययन गरेपछि मात्र निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।

पञ्चेश्वर डिपिआर '६ महिनाभित्र'

पञ्चेश्वर डिपिआर '६ महिनाभित्र'

काठमाडौं— पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको 'विस्तृत आयोजना प्रतिवेदन' (डिपिआर) ६ महिनाभित्र पूरा गर्न नेपाल र भारत सहमत भएका छन्। भारतको नयाँदिल्लीमा मंगलबार र बुधबार बसेको 'पञ्चेश्वर विकास प्राधिकरण' सञ्चालक समिति बैठकमा...