Friday 12 Baishak, 2071 |
Menu

अर्थ

हरियो चियाको मूल्यमा ७० प्रतिशतसम्म गिरावट

  • २१ बैशाख, २०७०
  • भीम चापागाईं
  • DISQUS_COMMENTS
(0 votes)
हरियो चियाको मूल्यमा ७० प्रतिशतसम्म गिरावट
इलाम – चालु वर्षको सुरुमा हरियो चियापत्तिको मुल्य उच्च भए पनि अहिले एकैचोटी ७० प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
गतवर्ष प्रतिकिलो ४६ रुपैयाँले हरियो चिया बिक्री गरेका किसानले यो वर्षको पहिलो सिजनमा ६८ रुपैयाँसम्ममा बेचेका। तर, पहिलो टिपाई (फस्टफ्लस) को अन्त्यसँगै मूल्य प्रतिकिलो २० रुपैयाँमा झरेको छ।
मूल्यमा एकाएक आएको ठूलो अन्तरले किसान चिन्तित भएका छन्। प्रतिस्पर्धात्मक अवस्थामा रहेका प्रशोधन कारखानाहरुले पहिलो टिपाइमा ह्वात्तै मूल्य बढाएर किसानलाई आफूतिर आकर्षित गरेका थिए।
श्रीअन्तुस्थित इलाम टि प्रोड्युसर्सले अहिले किसानलाई हरियो चियाको मूल्य प्रतिकिलो २० देखि २५ रुपैयाँसम्म दिएको छ। उसले केही समयअघि त्यही चियापत्तीको मूल्य प्रतिकिलो ६२ रुपैयाँसम्म दिएको थियो। श्रीअन्तुका किसान बैकुण्ठ घिमिरेले पहिले उच्च मूल्यसहित किसानलाई संगठित गरी सामुहिक रुपमा चिया खरिद गर्ने कारखानाले अहिले ह्वात्तै मूल्य घटाएको बताए।
‘वर्षेनी कारखानाले किसान आफूतिर आकर्षित गर्न सुरुमा राम्रो मूल्य दिन्छन् र पछि ज्यादै कम मूल्यमा मात्रै हरियो चिया खरिद गर्छन्।’ उनले भने। कारखानाले ए ग्रेड (दुई पात एक सुइरो) को हरियोपत्तीको २५ र बी ग्रेड (अति कम गुणस्तरको) को पत्तीको प्रतिकिलो २० रुपैयाँ दिइरहेको छ।
वर्षभरकै सबैभन्दा गुणस्तरीय मानिने पहिलो टिपाइको हरियो पत्तीको मूल्य सबैभन्दा उच्च (६८) दिएको फिक्कल मालुमस्थित हिमालय रेञ्ज चिया प्रशोधन कारखानाले पनि अहिले मूल्य घटाएको छ। कारखानाले अहिले चियाको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म दिइरहेको छ।
लक्ष्मीपुरको मनोहर चिया कारखानले पनि किसानलाई फस्टफ्लसको चियामा प्रतिकिलो ५५ रुपैयाँ दिएको थियो। अहिले उसले मूल्य घटाएर प्रतिकिलो २०–२५ मै ल्याएको छ। सोयाङका चिया किसान प्रेम ढकालले लगातार हरियो चियाको मूल्य घटेपछि चिन्ता लागेको बताए। ‘कारखानाहरु मूल्य अझ घट्छ भन्छन्,' उनले नागरिकसँग भने 'हामीले यो मूल्यले चियामा गरेको लगानी उठाउन सक्दैनौ।’
नेपाल चिया विकास निगमअन्तर्गतका कारखानाहरुले पनि किसानलाई पहिलो टिपाइमा चियाको मूल्य ६० देखि ६२ रुपैयाँ प्रतिकिलोसम्म दिएका थिए।
पहिलो टिपाइको चियामा गुणस्तर राम्रो हुने भएकाले मूल्य उच्च दिएको भए पनि अहिलेको गुणस्तर त्यस्तो नभएकाले मूल्य घटाउनु परेको कारखानाहरुको दाबी छ। पहिलो टिपाइपछिको बाँझी पत्तीको गुणस्तर राम्रो नहुने भएकाले मूल्य घटाउन बाध्य भएको इलाम टि श्रीअन्तुका कर्मचारी ओम काफ्लेले बताए। उनले भने ‘पहिलो टिपाइबाट उत्पादित तयारी चियाको माग धेरै छ र मूल्य पनि राम्रो छ, त्यसपछिको उत्पादन पहिलोजस्तो गुणस्तरीय हुँदैन र मूल्य पनि कम हुन्छ।’ काफ्लेले यो वर्ष गत वर्षहरुको तुलनामा चियाको मूल्य तलसम्म नघट्ने बताए। विगतमा हरियो चियाको मूल्य प्रतिकिलो १२ रुपैयाँसम्म झरेको थियो। काफ्लेले यो वर्ष अहिलेकै हाराहारीको मूल्य वर्षभर स्थिर रहनसक्ने बताए।
कारखानाहरुले पछिल्लो समय किसानलहरुले रासायनिक मल र विषादी कम गर्दै गएकाले चियाको गुणस्तर पनि सुध्रँदै गएको बताएका छन्।
यसअघिसम्म  किसानलाई हरियो चियाको मूल्य प्रतिकिलो ६० रुपैयाँसम्म दिँदै आएका अर्गानिक चिया उत्पादक कारखानाहरुले भने यो वर्ष विगतको जस्तै मूल्य कायम राखेका छन्। अर्गानिक कारखानाहरुले भने वर्षभर एउटै मूल्य कायम राख्ने बताएका छन्। अर्गानिक अर्थाेडक्स चिया उत्पादक साँखेजुङ्गस्थित हिमालयन संाग्रिला टि प्रोड्युसर्सले गत वर्ष प्रतिकिलो ६० रुपैयाँ दिएको थियो। अर्गानिक नै उत्पादन गर्ने फिक्कलको गोर्खा टिले पनि ६० रुपैयाँकै हाराहारीको मूल्य दिएको थियो। तर, यो वर्ष भने यी ठूला दुई अर्गानिक उत्पादक कारखानाहरु हरियो चियाको मूल्य तोक्न विदेशी व्यापारीकै भर परिरहेका छन्।
पोखरामा अपार्टमेन्ट

पोखरामा अपार्टमेन्ट

पोखरा -पोखरामा पहिलोपटक अपार्टमेन्ट निर्माण हुने भएको छ। एउटै भवनमा धेरै परिवार बस्न मिल्ने गरी बनाइने अपार्टमेन्टमा दुई व्यवसायीले छुट्टाछुट्टै लगानी गर्ने भएका हुन्। दुई ठाउँमा बन्ने ती अपार्टमेन्ट र...

बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी

लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको...

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

काठमाडौं-सरकारले आगामी आर्थिक वर्षबाट धान र भटमास मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ। यी वस्तुको आयात प्रतिस्थापनको उद्देश्यले कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष उक्त कार्यक्रम सुरु गर्ने योजना बनाएको...

फर्किन थाले आरोही

फर्किन थाले आरोही

सोलुखुम्बु- विश्वकै सर्वोच्च शिखर सगरमाथामा शुक्रबार बिहान अकस्मात आएको हिमपहिरोमा परी १३ जनाको मृत्यु भएपछि आधारशिविरभन्दा माथि गएका आरोहण दल फर्कन थालेका छन्। हिमपहिरोमा परी शिविर १ मा आरोहीका लागि...

उपभोक्ता ठगीमा सरकारको लाचारी

उपभोक्ता ठगीमा सरकारको लाचारी

काठमाडौं-ब्रान्डेड भन्दै नक्कली सामान खुलेआम बिक्री भइरहे पनि सरकारी निकाय मौन छन्। अनुगमन गर्ने निकायले नक्कली नियन्त्रणमा सक्रियता नदेखाउँदा उपभोक्ताले महँगो मूल्य तिरेर स्वास्थ्यमा प्रतिकुल असर गर्ने सामान किनिरहेका छन्।

घरेलु उद्योगमा महिला उत्साहित

घरेलु उद्योगमा महिला उत्साहित

काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राखेकी छन्।

विमानस्थलमा बत्ति गएपछि

विमानस्थलमा बत्ति गएपछि

काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

चिनियाँ जहाजले अनुमति पाएन

चिनियाँ जहाजले अनुमति पाएन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट नयाँ जहाज ल्याउन १० दिनमात्र बाँकी भए पनि त्यस्तो जहाजलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने हालसम्म अनुमति दिएको छैन।

DMC Firewall is a Joomla Security extension!