Sunday 6 Poush, 2071 |
Menu

अर्थ

पुष्प खेती गर्दै गोल्छा समूह

  • बुधबार १८ बैशाख, २०७०
  • रामेश्वर कार्की
  • DISQUS_COMMENTS
(1 Vote)
पुष्प खेती गर्दै गोल्छा समूह
धादिङ - प्रतिष्ठित व्यावसायिक समूह गोल्छा अर्गनाइजेसनले धादिङमा ठूलो लगानीको पुष्प खेती सुरु गरेको छ।  नौबिसेको धार्के बजार नजिकै ५५ रोपनी जमिन भाडामा लिएर फ्लोरा नेपालको नाममा यसै वर्षदेखि पुष्प खेती सुरु गरिएको हो।
फ्लोरा नेपालले गुलाब, कार्नेसन, जलबेरा, लिली, स्टार्टिसलगायत विभिन्न प्रजातिका फुलहरु बजारमा पठाउन सुरु गरेको छ।
१३ वर्ष अघि देखि ललितपुरको चापागाउँमा पुष्प खेती गर्दै आएकोमा यस वर्ष देखि धादिङमा विस्तार गरिएको फ्लोरा नेपालका कर्मचारी राजनप्रसाद रेग्मीले जानकारी दिए। राजधानीबाट २८ किलोमिटरको दुरीमा रहेको फार्म आधुनिक प्रविधिबाट निर्माण गरिएको छ। १४ जना स्थानीयको ५५ रोपनी जमिन १० वर्षको लागि भाडामा लिएर २० वटा प्लास्टिक टनेल बनाइएको छ। ८  देखि १५ हजार वर्ग फिटमा ४ वटा पक्कि टनेल मेटलद्वारा निर्माण गरिएको छ भने १६ वटा ३५ देखि ७५ सय वर्गफिटका बाँसबाट निर्माण गरिएको टनेलमा यतिबेला उत्पादन सुरु भएको रेग्मीले जानकारी दिए।  
चापागाउँमा गरिएको खेतीबाट सोचेजति लाभ लिन नसकेकोले ठूलो क्षेत्रफल र उपयुक्त जमिनको लागि धादिङ रोजेको फ्लोराका व्यवस्थापक दिपेन्द्र श्रीवास्तवले बताए। फुलको नेपालमाभन्दा विदेशमा राम्रो माग देखेको उनले बताए। कम्पनीले नर्सरीसँगै ललितपुर कुपण्डोलमा थोक पसलसमेत सञ्चालन गर्दै आएको छ। उनका अनुसार राजधानीमा सञ्चालित करिब पाँच दर्जन पसलमध्ये १० वटाले   फ्लोराका फुल बिक्री गर्दै आएका छन्।
सजावट र विभिन्न उत्सवका निम्ति फुलको बजार नेपालमै पनि राम्रो रहेको पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एसोसियसन (फ्यान)का केन्द्रीय सदस्य सीताराम पन्तले बताए। गर्मी मौसममा नेपाली उत्पादनले बजारको माग धाने पनि जाडोमा भारत लगायत तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए। 'गर्मीमा ८० प्रतिशत र जाडोमा ३० प्रतिशत मात्र बजार नेपाली उत्पादनले धाने पनि बाँकी तेस्रो मुलुकबाट आयात गर्नुपर्छ,' पन्तले भने।
एसोसियसनका अुनसार पाँच दशक अघिबाट नेपालमा सुरु भएको पुष्प व्यवसाय हाल फैलिएर वार्षिक ९० करोडको हाराहारिमा कारोबार हुन थालेको छ। नर्सरी समेतको लागत हेर्दा अबर्ौंको लगानी यस व्यवसायमा भित्रिएको पन्त बताउँछन्। यो व्यवसायमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ५ हजारले रोजगारी पाएको उनले जानकारी दिए।
विरुवा, सजावट, गार्डेन लगायत फरकफरक विधामा कारोबार हुने  नेपालभर ६ सय ३५ वटा नर्सरी छन्। ३५ जिल्लामा करिब १ सय २० हेक्टर जमिनमा पुष्प खेती गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

काठमाडौं– चौतर्फी दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेअनुसार नघटाएको भन्दै विद्यार्थी संगठनले दबाब दिएपछि निगमको शुक्रबार बसेको सञ्चालक समिति...

मलमा १४० मिसम्याच

मलमा १४० मिसम्याच

विराटनगर-कृषि सामग्री कम्पनी लिमिटेड र मोरङका एक सय ४० सहकारी संस्थाले एउटै परिमाणको मल किनबेच विवरण आन्तरिक राजस्व कार्यालयमा फरक–फरक पेस गरेका छन्। एउटै परिमाणको मल खरिद र बिक्री मूल्य...

चिया खेतीमा विषादी प्रयोग घट्दै

चिया खेतीमा विषादी प्रयोग घट्दै

झापा-एक–डेढ वर्ष अघिसम्म आफ्नो बगानमा उत्पादित हरियो पत्ती कारखाना लिएर जान चिया किसान हच्किन्थे। ट्र्याक्टरबाट पत्ती झार्दाझार्दै विषादीको गन्ध ह्वास्सै आउँदा उद्योगीले मूल्य घटाइहाल्थे। किसानको बोली लगभग बन्द हुन्थ्यो। ‘बोलुँ...

आठ संस्थान ससर्त निजीकरण

आठ संस्थान ससर्त निजीकरण

काठमाडैं-बन्द अवस्थतामा रहेका आठवटा सार्वजनिक संस्थानलाई सर्त सहित निजिकरण गर्न उद्योग मन्त्रालय सहमत भएको छ। नेपाल सरकारको कम्तीमा ४९ प्रतिशत सेयर हुनेगरी व्यवस्थापन करारमा दिएर उद्योग संचालन गर्न मन्त्रालयले प्रकृया...

६ वर्षपछि निगमले नाफा कमाएर ऋण तिर्‍यो

६ वर्षपछि निगमले नाफा कमाएर ऋण तिर्‍यो

काठमाडौं- झण्डै ६ वर्षपछि नेपाल आयल निगम आफैले नाफा कमाएर इन्डियन आयल कर्पोरेसन र सञ्चय कोषको ऋण तिरेको छ। २०६५ सालमा निगम नाफामा जाँदा ऋण तिरेपछि निरन्तर घाटा बेहोर्दै आएको...

दोस्रो चिनियाँ जहाज बिहीबारबाट पोखरा उड्ने

दोस्रो चिनियाँ जहाज बिहीबारबाट पोखरा उड्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट अनुदानमा प्राप्त दोस्रो जहाजले बिहीबारबाट नियमित व्यापारिक उडान गर्ने भएको छ। यो जहाजको पहिलो गन्तव्य पोखरा रहेको छ। पोखराका लागि दैनिक दुई उडान...

सुन्तला किसानको गुनासो, पैसा राख्ने ठाउँ छैन

सुन्तला किसानको गुनासो, पैसा राख्ने ठाउँ छैन

दारेचोक-चितवन दारेचोक तोकदाङका किसानले सुन्तला फलाएर पैसा कमाए पनि राख्ने ठाउँ नपाएको गुनासो गरेका छन्। सुन्तला पकेट क्षेत्र अवलोकन गर्न गएको कृषि विज्ञसहितको टोलीसँग स्थानीयले गत वर्ष कमाएको करिब दुई करोड...

१३ वर्षपछि नेपाल बैंक सञ्चालकको जिम्मा

काठमाडौं— नेपाल राष्ट्र बैंकले १३ वर्षपछि देशकै सबैभन्दा पुरानो बैंक यसका सञ्चालकलाई हस्तान्तरण गरेको छ। नेपाल बैंक लिमिटेडको आइतबार सम्पन्न विशेष साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुईजना सञ्चालक निर्विरोध चयन...