Sunday 5 Ashwin, 2071 |
Menu

प्रवास

softworica

बोनम्यारो पीडित लिम्बुलाई कोरियाबाट १२ लाख सहयोग

(0 votes)
अशोक मैनाली, सोल, दक्षिण कोरिया, फागुन २१- लामो समयदेखि रक्त अल्पता भई उपचार गराईरहेका सकेन्द्र लिम्बूले करिव १२ लाख रुपैयाँ अर्थात् ५ करोड ५० लाख कोरियन वोन सहयोग पाएका छ्न्।
बोनम्यरोइले काम नगरेपछि एक वर्ष अघिदेखि राजधानी सोल नजिकै सिन्छोनस्थित सेभरान्स अस्पतालमा उपचार गराईरहेका लिम्बूलाई उपचारमा सहयोगको लागि किम्हे माईग्रेण्ट चर्चका पास्टर यज्ञराज सुवेदीको पहलमा संकलित सो रकम प्रदान गरिएको हो।

ईपिएसमार्फत् कोरिया आएका उनको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएपछी कोरियाको एक निजी टेलिभिजन च्यानल (केबीएस ) र किम्हे माईग्रेण्ट चर्चको संयुक्त पहलमा संकलित रकम टेलिभिजनका प्रतिनिधि र पास्टर सुवेदीले संयुक्त रुपमा उनका दाई दिलबहादूर सुब्बालाई हस्तान्तरण गरेका हुन्।

मानिसको शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोले काम नगरेपछी अर्को बोनम्यारो आवश्यक हुन्छ तर एक व्यक्तीको बोनम्यारो अर्को व्यक्त्तिलाई सामन्यता नमिल्ने हुँदा बोनम्यारो पाउन नै मुस्किल हुने र पाए पनि महँगो हुने चिकित्सक बताउँछन्। लिम्बुको परिवारको कुनै सदस्यको पनि बोनम्यारो नमिले पछि बोनम्यारो किन्नै पर्ने भएको हो। बोनम्यारो किन्नु पर्दा उपचार रकम बढ्ने नेपाली दूतावासका उपनियोग प्रमुख राजारम बर्तौलाले बताए।