Sunday 15 Chaitra, 2071 |
Menu

ब्लग

(0 votes)

एस.एल.सी.को जाँच जेमराजको जुवाइँ होइन!

यस वर्षको प्रवेशिका अर्थात् एस.एल.सी. परीक्षाको तयारीमा लाग्नुभएको किशोर–किशोरी मित्रहरू अथवा भाइबहिनीहरूलाई हार्दिक शुभ–कामनासहित परीक्षा उत्तीर्ण गर्ने उपाय सिकाउँ कि कि भनेर आएको छु। एक्कै छिन मेरा कुरा सुनेर पढ्न गइहाल्नुहोला। परीक्षा, कुकुर र कालसँग जो डराउँछ उही टोकिन्छ। नडराउने मानिसलाई केही हुँदैन। आफूले अहिलेसम्म जानेका कुरा राम्ररी मनन गरेर बस्नुहोला।
विस्तृतमा पढ्नुस्
(0 votes)

एसएलसी दिन आउँदा माओवादी पो हो कि भन्थे

प्रत्येक वर्ष हुने एसएलसी परीक्षाले सबैलाई आफूले दिएको एसएलसीको सम्झना आउँछ। आजबाट सुरु भएको एसएलसीले मलाई दश वर्षअघि (२०६१ चैत १४) को सम्झना ताजा भइरहेछ। परीक्षा दिएको एक दशक खासै लामो समय नभए पनि यसबीचमा भएका परिवर्तन भने निकै रोमाञ्चक छन्। हामीले एसएलसी दिँदा देश द्वन्द्वग्रस्त थियो। जसको चौतर्फी असर हामीजस्ता विद्यार्थीमा परेको थियो।
विस्तृतमा पढ्नुस्
(2 votes)

विमान भित्र पुरस्कारको ओइरो !

'ज–जसको विहे भएको २५ वर्ष भइसकेको छ र पनि श्रीमतीहरू खुसी छन् ती सबै पुरुषले पुरस्कार पाउने छन्।' एक्कासि ठूलो स्वरले हामी सबैको ध्यान तान्यो।
विस्तृतमा पढ्नुस्
(0 votes)

सागर बोकेर आँखामा

उसो त रुनु भनेको आँसु बगाउनु अवश्य होइन। झन आँसु बगाउनुले मात्र रोएको कहाँ पुष्टि गर्न सक्छ होला र। आँखाबाट समाहा चलेर नरोइकन रुनु वा रोएर नरुनु नितान्त भिन्न कुरा हुन्। जसलाई आँसु भन्छौ हामीमा ति आँसु नै नहुन पनि सक्छन्। र जसलाई आँसु नामकरण गर्न चाहन्नौँ, ति कतै मनको बलेसीबाट छचल्किएका आँसु नै पनि हुन सक्छन् सायद।
विस्तृतमा पढ्नुस्
(0 votes)

पानी रंगको गुच्चा

नागस्थान बजारको एक पसलबाट खाजा खाएर फर्कँदै गर्दा बुधबार दिउँसो गुच्चा भेटाए। गुच्चा नदेखेको थुप्रै भएको थियो। पानी रंगको गुच्चा बाटोमा चम्केको देखेपछि म आकर्षित भइहाले। साथीहरुसँग हिँड्दै गरेको म निहुरिएर उक्त गुच्चालाई उठाएँ। हत्केलामा राखे। गुच्चा त्यही घुम्न थाल्यो। बाल्यकालका यादहरु गुच्चासँगै घुम्न थाले।
विस्तृतमा पढ्नुस्
(0 votes)

माघी : उल्लास र बहस

थारुका पुर्खाहरूले माघीलाई एउटा पर्वको रूपमा मात्र मनाउँदै आएका थिए। त्यतिबेलासम्म उनीहरूले 'यो नै हाम्रो नयाँ वर्ष हो' भनेर बुझेका थिएनन्। तर, समुदायमा वर्षभरिको समीक्षा, बर्घर फेर्ने प्रचलन, छोराछोरीका लागि वरवधू खोज्ने प्रचलन रहँदै आएको थियो। यसैलाई आधार मानेर माघीलाई नयाँ वर्षको रूपमा मनाउन थालिएको छ। नयाँ वर्षमा रूपान्तरण भएसँगै माघीले पर्वबाट महोत्सवको स्वरूप धारण गरिसकेको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

क्रान्तिको क्रमभंगता

इतिहासका विभिन्न कालखण्डमा नेपाली कम्युनिस्ट आन्दोलन एउटा आकार बनाएर उचाइ लिँदा नलिँदै गुट फुट र बिभाजनको शिकार हुँदै आएको छ। २०५२ सालदेखि भएको जनयुद्धको सुरुवातदेखि नै चर्को अन्तर संघर्ष ब्यहोरेको तात्कालीन नेकपा माओवादी दस वर्षे जनयुद्ध १२ बुँदे विस्तृत शान्ति सम्झौता ०६२-६३ को जनआन्दोलन हुँदै संविधानसभामा आइपुग्दासम्म मणि मातृका टुक्रिँदै एमाओवादीसम्मको यात्रा गर्‍यो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

४८ रुपैयाँ लिटरको पेट्रोल हाल्दा

हिजो सबेरै काममा जाँदैगर्दा देखेँ – सेभेन इलेभन स्टोरमा ग्यासको मूल्य घटेर एक डलर ७९ सेन्ट कायम भएछ। दुई डलर पनि तिर्नु नपर्ने एक ग्यालन ग्यासका लागि। हिजो एक डलर ९९ सेन्ट थियो। एकैपटकमा २० सेन्ट घटेछ ग्यालनमा। एक ग्यालनमा झन्डै चार (३.७८) लिटर हुन्छ। नेपालमा पेट्रोल भनिन्छ भने यहाँ त्यसैलाई ग्यास। यहाँको मूल्य अनुसार नेपाली मुद्रामा हिसाब गर्ने हो भने एक लिटर पेट्रोलको झन्डै ४८ रुपैयाँमात्र पर्न आउँछ।
विस्तृतमा पढ्नुस्
(0 votes)

खाडीको बगरमा जीवन चाल्दै

जति सजिलो छ स्त्री पुरुषको समागम हुन। जति सजिलो छ वीर्य स्खलन गरेर डिम्बसम्म पुर्‍याउन। जति सहज छ मर्द भएर बाउको बिल्ला भिर्न। कति असहज छ आमा बनेर गर्भमा खेलाउन। विष्टा, मूत्र, खकारमा गुडुल्किन। अझ गाह्रो छ जन्माउन, हुर्काउन। सहज होला छोरो भएर जन्मन। तर, त्यही छोरोलाई गाह्रो छ एउटा परदेशी भएर बाँच्न।
विस्तृतमा पढ्नुस्
(0 votes)

धर्म निरपेक्षता र वैदेशिक हस्तक्षेप

आज चिया पसलदेखि ठूला सञ्चारमाध्यम, सामाजिक सञ्जाल सबैतिर संविधान निर्माणका विषयमा बहस भइरहेको छ। माघ ८ मै संविधान बन्ने र नबन्ने अन्यौलताका बीच विभिन्न जाति, धर्म, सम्प्रदाय र संघ संगठनका आ-आफ्नै माग छन्। अहिले विभिन्न सबालमा भइरहेका छलफल र बहसमध्ये धर्मनिरपेक्षता र धर्मसापेक्षताको बहस चरम उत्कर्समा छ। धार्मिक स्वतन्त्रता चाहाने मजस्तै थुप्रै मनहरु आज हिन्दूराज्यको मागसहित आन्दोलनरत छन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

संविधानमा बाजी

'कोही बाजी राख्छ माघ ८ मा संविधान बन्दैन।'
बबरमहलस्थित एक सरकारी कार्यालयको क्यान्टिनमा चियाको चुस्की लिँदै एक अधवैंशेले भने। निलो ज्याकेट लगाएका उनी पारिलो घाम तापिरहेका थिए। सँगै रहेका एक अधवैंशे महिला र पुरुष उनका कुरा ध्यान दिएर सुनिरहेका थिए।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed