Tuesday 7 Ashwin, 2071 |
Menu

softworica

स्वास्थ्यमा विज्ञको सल्लाहकार समिति

(0 votes)
काठमाडौं - स्वास्थ्य मन्त्रालयले पहिलोपटक विज्ञसहितको उच्चस्तरीय प्राविधिक सल्लाहकार समिति गठन गरेको छ। विश्वमा भइरहेका अनुसन्धान एवं स्वास्थ्य पद्धतिका आधारमा मन्त्रालयले अवलम्बन गर्नुपर्ने नीतिगत परामर्शका लागि समिति बनाएको हो।

यसअघि मन्त्रीले नै आफूनिकट चिकित्सकलाई विज्ञ सल्लाहकारका रूपमा राख्ने गर्थे। स्वास्थ्य सचिव संयोजक रहेको समितिको बैठक सञ्चालन प्रक्रिया र त्यसको हैसियत तय गर्न निर्देशिका नै बनाउने तयारी भइरहेको मन्त्रालय स्रोतले बतायो।

समितिमा विज्ञबाहेक मन्त्रालयका महत्वपूर्ण महाशाखा प्रमुखहरू पदेन सदस्य रहनेछन्। उच्चस्तरीय विज्ञ समितिमा जनस्वास्थ्यविदहरू डा.रिता थापा, डा.बद्रीराज पाण्डे, डा.बिडी चटौत र डा.लक्ष्मीराज पाठक नियुक्त भएका छन्। 

पदेन सदस्यमा नीति योजना तथा वैदेशिक सहयोग महाशाखा, अनुगमन तथा मूल्यांकन महाशाखा र चिकित्सा सेवा महाशाखाका प्रमुख रहनेछन्। स्वास्थ्य सचिव डा.प्रवीण मिश्रले राजनीति वा प्रशासनिक व्यक्तिहरूले भन्दा जनस्वास्थ्यका अनुभवी र अनुसन्धानकर्ताले उपयोगी सल्लाह दिन सक्ने भएकाले यस्तो समिति बनाएको बताए।