Wednesday 15 Ashwin, 2071 |
Menu

softworica

ठगिएका नेपालीको उद्धार

(0 votes)
उदयपुर–ठगीमा परी मलेसिया पुगेका एक नेपालीको उद्धार भएको छ। सम्झौताबिपरित म्यानपावर कम्पनीले रासायनिक पदार्थ राखिएका भाँडाकुँडा तथा उपकरण पखाल्ने काममा लगाइएका खोटाङको बुईपा–६ का २९ वर्षे सागर राईको उद्धार गरिएको हो।
कम्पनीले ठगी गरी अर्कै काममा लगाउने भनी पठाइएका उनीलगायत १३ नेपालीलाई सम्झौताबिपरित काममा लगाइएको थियो। तोकिएजति तलव नदिएको, कम्पनीबाट निस्किने रासायनिक पदार्थको फोहोर मैला सफा गर्नुपर्ने कामले हातका नङ पाक्ने तथा हत्केला खुईलिनेजस्ता समस्याले बिरामी परेका उनलाई सुरक्षित आप्रवासन सूचना केन्द्र (पिपुल्स फोरम) खोटाङको पहलमा फिर्ता ल्याइएको हो। आफु कम्पनीबाट ठगिएको भन्दै केही महिनाअघि मात्र उद्धारका लागि आग्रह गरेपछि राईलाई केन्द्रले फिर्ता ल्याउने पहल गरेअनुसार उनलाई फर्काउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक भक्त राईले बताए। 
निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको केन्द्रको पहलमा उनको उद्धार सम्भव भएपछि सागर सोमबार नेपाल फर्केका छन्। नेपाल फिर्ता आएपछि राईले तत्काल कम्पनीसँग क्षतीपूर्तिका लागि कानूनी प्रक्रिया थालेको केन्द्रले जनाएको छ। उनी ठगिएको उजुरी केन्द्रमा परेपछि पिपुल्स फोरममार्फत म्यानपावर कम्पनीबिरुद्ध वैदेशिक रोजगार विभागमा मुद्धा हालिएको राईले बताएका छन्।