Monday 3 Kartik, 2071 |
Menu

स्वास्थ्य

स्तनपान गराउँदा शरीर छरितो

  • २६ श्रावण, २०७०
  • दीपक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
स्तनपान गराउँदा शरीर छरितो
शारीरिक सुन्दरता गुम्ने डरले शिशुलाई स्तनपान नगराउने महिलामा शरीर भद्दा हुने समस्या देखिन थालेको छ। व्यस्त दैनिकी र स्तनपानको महŒवबारे उचित ज्ञान नहुँदा गर्भावस्थामा वृद्धि भएको तौल घटाउन नसकेर महिलामा शरीरको आकार पहिलाभन्दा भद्दा हुने क्रम बढ्दै गएको चिकित्सकहरू बताउँछन्।
सुरुमा स्तनपान गराउन अफ्ठ्यारो मान्ने सुत्केरी तौल घटाउन नसकेपछि डान्स सेन्टरहेल्थ क्लब र मर्निङवाक धाउने क्रम पनि बढ्दै छ। त्रिवि शिक्षण अस्पतालकी बाल रोग विशेषज्ञ डा. मेरिना श्रेष्ठ भन्छिन्, 'बट्टाको दूधले एकातिर बच्चाको स्वास्थ्य बिग्रिरहेको छ भने अर्कोतिर आमाको शरीर सन्तुलित बनेको छैन,' उनले भनिन्। 

सुत्केरी भएको दुई वर्षसम्म नियमित स्तनपान गराउँदा आमाको शरीरमा थुप्रिएको अनावश्यक बोसोजन्य पदार्थ बिस्तारै घट्दै जान्छ। 'स्तनपान नगराउँदा शरीरमा थुप्रिएको फ्याट रिलिज हुन सक्दैन,' श्रेष्ठले भनिन्, 'त्यसले गर्दा पेटनितम्बको भाग र स्तन क्षेत्रमा थुप्रिएको बोसो घट्न सक्दैन।शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषकतŒव दिएर रोगप्रतिरोधक शक्ति वृद्धि गरी शारीरिकमानसिक र बौद्धिक विकासमा आमाको दूध अपरिहार्य हुन्छ। 

चिकित्सकका अनुसार गर्भवती अवस्थामा महिलाको तौल १२ देखि १८ केजीसम्म थपिन्छ। सामान्यतः स्तनपान गराउने महिलाका लागि सात सय केजी क्यालोरी चाहिन्छ। त्योमध्ये खानामार्फत् चार सय केजी परिपूर्ति भए पनि तीन सय केजी क्यालोरी शरीरबाट जम्मा भएको फ्याटबाट प्राप्त हुन्छ। 'दूध उत्पादनका लागि आवश्यक थप क्यालोरी शरीरमा सञ्चित फ्याटबाट आएपछि शरीर पहिलाकै अवस्थामा फर्किन्छ,' श्रेष्ठले भनिन्, 'स्तनपान नगराउने महिलालाई बढेको शरीर घटाउन झन् गाह्रो हुन्छ।'

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवालका अनुसार स्तनपानले थाहै नपाई क्यालोरी घटाएर शरीर मेन्टेन गराउँछ। 'शरीरसँगै ब्रेस्टको चिन्ता गरेर सुत्केरी महिला स्तनपान गराउँदैनन्,' उनले भनिन्, 'ब्रेस्ट जोगाउन खोज्दा बच्चालाई पर्याप्त दूध पुग्दैनशरीर पनि भद्दा बन्न पुग्छ।

स्तनपानले महिलाको शरीर सन्तुलित राख्नुका साथै रक्त अल्पता र पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमसमेत घटाउने चिकित्सक बताउँछन्। बच्चालाई दूध खुवाउँदा उत्पादन हुने अक्सिटोसिन हर्मनले पाठेघरलाई कसिलो बनाएर रक्तश्राव कम गराउँछ। स्तनपान प्रवर्द्धन मञ्च नेपालका अध्यक्ष डा. प्रकाश सुन्दर श्रेष्ठले भने, 'आमाको दूध पर्याप्त खान नपाएमा बच्चामा पनि रक्तअल्पताको सम्भावना बढी हुन्छ। आइरनका अन्य वैकल्पिक स्रोत र गाईभैंसीको दूध खुवाउँदा बच्चालाई आवश्यक पोषण पुग्दैन।

स्तनपान नगराउने महिला बच्चाका लागि प्लास्टिकका सामग्रीमार्फत दूध खुवाउने गर्छन्। 'पाँच वर्षअघिको तुलनामा बोतलबाट दूध खुवाउने दर छ प्रतिशतले बढेको छ,' बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने, 'बच्चाको लागि आमाको दूध नै चाहिन्छ। गाईभैंसीको दूध शिशुका लागि सुहाउँदो हुन्न। 

महराजगन्ज नर्सिङ क्याम्पसकी सहप्राध्यापक तुलसी अधिकारी भन्छिन्, 'शिशुलाई आमाको दूधजस्तो अनुकूल अरू केही हुन्न।आमाको दूधमा भएको आइरनमध्ये ९० प्रतिशतसम्म बच्चाको शरीरले लिन सक्छ। अन्य दूधमा भएका आइरन शरीरले लिन (सोस्न) सक्दैन। 'बच्चा दुई वर्ष पुग्दा उसको ९० प्रतिशत मस्तिष्कको विकास हुन्छ,' बाल रोग विशेषज्ञ डा. श्रेष्ठले भने, 'त्यही अवस्थामा पोषण नपुगेपछि बच्चा जीवनभर सक्षम बन्न सक्दैनन्।'

सही तरिकाले स्तनपान नगराउँदा बच्चा बिरामी हुने दर र मृत्यु दरसमेत घट्छ। विधिपूर्वक स्तनपान गराएका बच्चामा नगराएकामा भन्दा ३० प्रतिशत मोर्विडिटी (बिरामी हुने दर) घट्ने अधिकारीको भनाइ छ।  

डा. उप्रेतीका अनुसार जन्मेको एक घन्टाभित्र बिगौती दूधछ महिनासम्म बच्चालाई आमाको दूधमात्रै (एक्लुसिभ ब्रेट फिडिङ) र छ महिनापछि एक वर्षसम्म दूधको साथमा अन्य खानेकुरा र पानी खुवाउनुपर्छ। कम्तीमा दुई वर्षसम्म र त्यसपछि बच्चाले खान खोजेको अवस्थामा स्तनपान गराउनुपर्छ। एक घन्टाभित्र बिगौती दूध खुवाएर छ महिनासम्म दूधमात्रै खुवाउन सके झाडापखालाको जोखिम छ गुणा र श्वासप्रश्वाससम्बन्धी रोगको सम्भावना २.५ गुणाले कम हुन्छ। ल्यान्डसेटका अनुसार भ्याक्सिनसरसफाईभिटामिन एजिंकले पाँच वर्षमुनिकाको मत्युदर चारदेखि पाँच प्रतिशतले घटाउन सकिन्छ भने छ महिनासम्म दूध खुवाउने हो भने पनि १५ प्रतिशत मृत्युदर घटाउन सकिन्छ। 

तथ्यांकअनुसार सहरी क्षेत्रका महिलामा भन्दा स्तनपान दर ग्रामीण क्षेत्रका महिलामा बढी छ। सहरी क्षेत्रमा स्तनपान गराउने प्रवृत्ति घट्दै जाँदा अन्य स्वास्थ्यलगायत विकास सूचकमा पछाडि परेको सुदूरपश्चिमलगायतका क्षेत्रमा स्तनपान गराउने महिलाको संख्या भने बढी देखिन्छ। 

नेपालमा प्रत्येक वर्ष करिब सात लाख शिशु जन्मन्छन्। पछिल्लो नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण रिपोर्टअनुसार सुदूरपश्चिम क्षेत्रका झन्डै ५५ प्रतिशत महिलाले जन्मेको एक घन्टाभित्र बच्चालाई स्तपान गराउँछन् भने र मध्यमाञ्चल क्षेत्रका ३४ प्रतिशतले मात्रै सो समयभित्र स्तनपान गराउँछन्। भौगोलिक आधारमा सबैभन्दा बढी हिमाली क्षेत्रका ५१.३ प्रतिशतपहाडी क्षेत्रका ४७.१ र तराई क्षेत्रका ४१.६ प्रतिशतले मात्रै जन्मेको एक घन्टाभित्र स्तनपान गराउँछन्। 

नेपालमा शिशु जन्मेको एक दिनभित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिशत छ। स्तनपानअघि नवजात शिशुलाई घिउमहचिनी चटाउने चलन २५ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। यस्तो बानी नकारात्मक रहेको चिकित्सक बताउँछन्। बच्चालाई जन्मिएको एक घन्टाभित्र आमाको बिगौती दूध खुवाएमा धेरै रोगबाट बचाउन सकिन्छ। 

नेपालमा बच्चा जन्मेको छ महिनासम्म स्तनपान गराउने संख्या ७० प्रतिशत र एक महिनासम्म स्तनपान गराउने संख्या भने ८८ प्रतिशत छ। ७४ प्रतिशतले दुईदेखि तीन महिनासम्म स्तनपान गराउँछन् भने चारदेखि पाँच महिनासम्म स्तानपान गराउनेको संख्या ५३ प्रतिशत छ। एक प्रतिशत महिलाले त आफ्ना शिशुलाई कहिल्यै पनि स्तनपान गराउँदैनन्। 

स्तनपान नगराएको अवस्थामा बट्टाका दूध एवं चुसाउन प्रयोग गरिने सामग्री (बोटल फर्मुला)ले पनि बच्चामा दूध चुस्ने बानी घटाउँछ। एक अध्ययनअनुसार एक घन्टाभित्र दूध खान पाएको बच्चाभन्दा तीन दिनभित्र स्तनपान सुरु गरेको बच्चामा मृत्यु र रोगको जोखिम ३.५ गुणा बढी हुन्छ। 

बच्चालाई दूध खुवाएपछि दुईदेखि तीन घन्टा मस्त निदाउनेदिनमा छदेखि आठपटक पिसाब गर्ने र प्रत्येक महिना पाँच सय ग्राम तौल बढेमात्रै दूध पुगेको संकेत मानिन्छ। 'आमाको दूध बच्चालाई पुग्दैन भन्ने हुँदैनजति खुवायो उति आउँछ,' डा. मेरिनाले भनिन्। 

स्तनपानलाई प्रवर्द्धन गर्न प्रत्येक वर्ष अगस्ट एकदेखि एक हप्ता स्तनपान सप्ताहका रूपमा मनाइन्छ। 'शिशुलाई स्तनपान गराउनको लागि आमालाई नजिकबाट सहयोग गरांैभन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी मनाइएको बाल स्वास्थ्य महाशाखाका प्रमुख उप्रेतीले बताए।

दूध नथाल्दै अरू खुवाउने प्रवृत्ति (प्रतिशतमा)

हिमाल १७.४ 

पहाड १८.२

तराई ३७

स्तनपानको अवस्था (प्रतिशत)

जन्मेको एक घन्टाभित्र ४४.५

एक दिनभित्र ८५.२

दूधअगाडि अरू कुरा खुवाउने २८.१

एसक्लुसिभ ब्रेट फिडिङ (छ महिनासम्म आमाको दूधमात्रै खुवाउने )६९.६

एक घन्टाभित्र दूध खुवाउने (प्रतिशतमा)

पूर्वाञ्चलमा ४८.४

मध्यमाञ्चलमा ३४.८

पश्चिमाञ्चलमा ४९.८

मध्यपश्चिमाञ्चलमा ४७.६

सुदूरपश्चिमाञ्चलमा ५४.६