Monday 8 Baishak, 2071 |
Menu

स्वास्थ्य

श्वास गन्हायो?

  • आइतबार ३० असार, २०७०
  • डा. प्रकाश बुढाथोकी
  • DISQUS_COMMENTS
(0 votes)
आफ्नै साथीसँग गफ गर्दा उसले अर्कैतिर मुन्टो बटार्यो भने तपाईंलाई कत्तिको आत्मग्लानि हुन्छ? श्वास गन्हाउने समस्यालाई ख्याल नगर्दा तपाईंले आत्मग्लानि त सहनैपर्छ। किनकि व्यक्तित्व विकासका लागि गन्धरहित श्वास र सुन्दर दाँत हुनु आवश्यक छ। 

मानिसको स्तर निर्धारण गर्न उसको बोली महत्वपूर्ण रहन्छ। कुनै नयाँ मान्छेसँग बोल्दा आफ्नो श्वास गन्हाउन थाल्यो भने भोलि त्यो मान्छेले के सोच्ला? त्यसैले श्वास गन्हाउने समस्याबाट मुक्त हुन यसको रोकथाममा लागिहाल्नूस् है।
व्यवस्थापन
मुख तथा शरीर सफा गर्ने : बिहान र राति खानापछि दाँत सफा गर्न टुथ ब्रस, मन्जन र डेन्टल फ्लसको प्रयोग गर्ने। जिब्रो सफा गर्ने र अन्य समयमा खानेबित्तिकै कुल्ला गर्ने । सधैं नुहाउने, शरीर सफा राख्ने। 
खानेकुरामा नियन्त्रण : गुलियो टाँसिने प्रशोधित, फास्ट फुड र जंक फुड नखाने वा धेरैपटक खाने बानी हटाउने। चुरोट, खैनी तथा रक्सी सेवन नगर्ने, तैलीय, तारेका तथा भुटेका मसलादार र डढेका खानेकुरा नखाने। ताजा रेसादार फलफूल, दूध, माछा, सागपात रहेका सन्तुलित खानाको प्रयोग गर्ने।
नियमित स्वास्थ्य परीक्षण : मुखको परीक्षण बच्चा तीन वर्ष पुगेदेखि नियमित छ/छ महिनामा गर्ने। शरीरको परीक्षण प्रत्येक एक/एक वर्षमा गर्ने।

उपचार प्रक्रिया 
– सबभन्दा पहिले श्वास गन्हाउने अवस्था भए/नभएको थाहा पाउन रुघा लागेको छैन र 
नाक ठिक छ भने आफ्नो हात मुखअगाडि राखेर त्यसमा श्वास फेर्ने र हातमा ठोक्किएर फर्केको श्वास नाकले तानी भित्र लिने। 
– आफूप्रति अरूको व्यवहार हेरेर, मनन गरेर, समूहमा तपार्इं बोल्दा नजिकका मानिसको व्यवहार हेरेर, नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेमा थाहा लाग्छ। 
– यसको मापनका लागि लागि अस्मोस्कोप, ब्रेथएनालाइजर, क्रायस्कोप, टाइट्रालग, ग्यास क्रोमाटोग्राफी जस्ता उपकरणको प्र्रयोग गर्न सकिन्छ। 
– यदि श्वास गन्हाउने अवस्था रहेछ भने मुख वा नाक केबाट हो भनेर पत्ता लगाउनुपर्छ। १० सेकेन्डको लागि ओठ र नाक दुवै बन्द गराउने र त्यसपछि ओठ बन्द राखेर नाकमात्र खोल्ने, यदि श्वास गन्हाएको छ भने नाकबाट रहेछ भन्ने पत्ता लाग्यो। तर ओठ खोल्दा श्वास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुझ्नुपर्छ। 
– यदि मानसिक कारण रहेछ भने आश्वासन र विश्वासमा कुल्ला गर्ने औषधि दिइन्छ। यति गर्दा पनि नभए मानसिक रोग विशेषज्ञलाई देखाउनुपर्छ। 
– शरीरसँग सम्बन्धित रोग नै कारण भए फिजिसियनलाई देखाई मधुमेह, क्यान्सर, पिनासजस्ता रोगको उपचार गर्नुपर्छ। 
– गन्हाउने समस्या मुख र दातसँग सम्बन्धित भए त्यो ९० प्रतिशतभन्दा बढी समस्या हो। यसका लागि स्थायी उपचारका लागि स्थानीय कारण हटाउने गरी उपचार थालिन्छ। 
– नराम्रा बानी त्याग्ने, घाउ खटिराको उपचार, दन्त सडनमा सिमेन्ट भर्ने, दन्त हर्षा र पाइरियामा स्केलिंग गर्ने, नमिलेका दाँत मिलाउने, राम्रो मिलेको नक्कली दाँत लगाउने, नक्कली दाँत राति सुत्दा निकालेर पानीमा राख्ने।
अन्तमा : 
अस्थायी रूपमा सास गन्हाएमा चुइङ्गम, सकिङ मिन्ट, फ्रायगरेन्ट डेन्टीफ्राइस, डिअडरेन्ट, माउथवास, ल्वाङ, सुकमेल र स्प्रे प्रयोग गरिन्छ। साधारण चुइङ्गमले फङसनल फुडको कार्यका अतिरिक्त दाँत सफा गर्छ। अस्थायी उपचारले कम भएको जस्तो लागे रोग भित्रभित्रै बढ्न सक्छ र दीर्घकालीन उपचार नै हुन नसक्ने रोग लागी अंग भंग हुन सक्ने अवस्था आउन सक्छ। त्यसैले सुरुमै उपचार र व्यवस्थापनमा ध्यान पुर्याुउन जरुरी छ। 
सिनियर डेन्टल सर्जन डा. बुढाथोकी लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दाँत एवं मुखरोगका विभागीय प्रमुख हुनुहुन्छ।
Our website is protected by DMC Firewall!