Thursday 11 Baishak, 2071 |
Menu

स्वास्थ्य

तपाईँ घुर्नुहुन्छ? उच्च रक्तचाप हुनसक्छ!

(0 votes)
तपाईँ घुर्नुहुन्छ? उच्च रक्तचाप हुनसक्छ!
एउटाको घुर्ने बानीले अर्कोको निद्रामा बाधा पुर्‍याउँछ। तर, यसलाई समस्याकै रूपमा भने लिइँदैन। घुर्ने र निद्रामा अचानक आत्तिएर उठ्ने बानी छ भने ख्याल राख्नूस्, त्यो उच्च रक्तचापको संकेत हुनसक्छ। चिकित्सकका अनुसार घुर्ने बानीले रक्तचाप बढाउन सहयोग पुर्‍याउँछ।



'घुर्दा सास रोकिन्छ भने त्यो अझै खतरनाक हुन्छ,' नभिैक इन्टरनेसनल हस्पिटलका हृदयरोग विशेषज्ञ डा. भारत रावत भन्छन्, 'धेरै घुर्नेकेहीबेरमा घुर्न रोकिएजस्तो हुने र केही समयपछि पुन जोडका साथ घुर्ने प्रक्रिया चल्छ भने त्यो कडा खालको उच्च रक्तचापको लक्षण हो।

चिकित्सकीय भाषामा 'अटेप्टिभ सिल्प एप्नियाभनिने घुराइ नाक र घाँटीको समस्याले देखिने पनि हुन्छ। धेरैजसो अवस्थामा घुराइले मुटुसँग सम्बन्धित रोगको लक्षणमात्रै देखाए पनि यसको असर मुटुश्वासप्रश्वास र मस्तिष्कमा पुग्ने चिकित्सक बताउँछन्। नेपालमा कति प्रतिशत मानिस घुर्छन् भन्ने यकिन तथ्यांक नभए पनि अमेरिकी वयस्कमध्ये कम्तीमा २० प्रतिशतले घुर्ने अध्ययनले देखाएको छ। 

चिकित्सकका अनुसार मानिसको शरीरलाई आरामको आवश्यकता भएपछि निद्राको जरुरत पर्छ। सुतेको अवस्थामा रक्तचापशरीरको तापक्रम र शारीरिक प्रक्रिया घटेर पूर्ण आरामको अवस्थामा पुग्छ। तर मस्तिष्कमुटु र श्वासप्रश्वास प्रक्रिया भने सुचारु नै रहन्छ। विभिन्न कारण सहज श्वासप्रश्वासमा अवरोध हुँदा श्वासनलीमा जिब्रो वा वरपरको मांसपेशीले बाधा पुर्‍याएपछि घुराइको आवाज निस्किन्छ। घुर्दा शरीरमा आवश्यक पर्ने अक्सिजनको मात्रा प्रवेश हुन पाउँदैन र पूर्ण आराममा बाधा पुग्छ। 

स्लिप एप्नियामा घुर्दाखेरी जिब्रो र यसका मांसपेशीले श्वासनलीमा बाधा पुर्‍याए १० देखि ४० सेकेन्डसम्म निरन्तर श्वासप्रश्वास बन्द हुने अवस्था आउँछ। यसले पूर्ण आरामको अवस्थामा रक्तचाप घट्नुको सट्टा बढाउँछ। मस्तिष्कमा अक्सिजनयुक्त रगत पुर्‍याउने रक्तनली साँघुरो हुनु घुर्नुको प्रमुख कारण हो। यसले मुटुका धमनीसम्बन्धी रोगसमेत निम्त्याउँछ। श्वासप्रश्वासमा बाधा भई छातीदेखि टाउकोसम्म कम्पन पैदा हुन्छ। यसले रगतका नसा सुन्नाउने र पर्खालमा कोलेस्ट्रोललगायत अन्य पदार्थ जम्मा गराई रगत बहावमा कमी ल्याउने गर्छ। घुराइले शरीरका महत्त्वपूर्ण अंगमा आघात पुर्‍याउँछ।

शरीरका भित्री अंगमा अक्सिजनको मात्रा पर्याप्त पुग्न नपाएपछि मानिस आत्तिएर उठ्नेश्वास रोकिने र शरीरभित्र रगतको प्रवाह राम्रोसँग नभएपछि बिस्तारै अंगहरूको कार्यक्षमता घट्ने डा. रावत बताउँछन्। रावतको क्लिनिकमा मात्रै प्रत्येक दिन एकदुई जना मानिस घुर्ने समस्या लिएर आउँछन्। रक्तचापजन्य समस्या भएकादिउँसो अत्याधिक निद्रा लाग्नेआलस्य बढी हुनेटाउको दुख्ने मानिसमा घुर्ने समस्या पनि बढी देखिने गरेको छ। 

उच्च रक्तचापश्वासप्रश्वास मार्गमा अवरोधछोटो घाँटी हुनु नै घुर्ने समस्याको प्रमुख कारण भएको चिकित्सकहरू बताउँछन्। घुर्नेहरूमा दिउँसो निद्रा लागिरहनेबिहान फ्रेस महसुस नहुने र हातखुट्टा सुन्निने लक्षण देखिन्छ। 

सहरी जीवनशैलीमा अत्यधिक चिल्लोको सेवनव्यायाम अभावले हुने मोटोपन र घाँटीको नसा सानो भएर पनि मानिसमा यस्ता समस्या देखिने चिकित्सक बताउँछन्। केही समयअघि अमेरिकी चिकित्सकका लागि तयार परिएको गाइड लाइनमा उच्च रक्तचाप भएकाहरूलाई घुर्ने बानी भएको नभएको सोध्न भनिएको थियो। संसारभरका धेरै मुटु रोग विशेषज्ञले उच्च रक्तचापका बिरामीले घुर्ने बानीबारे परिवारका सदस्य एवं सँगै सुत्ने मानिससँग सोध्ने गरेका छन्। 'हामीले धेरै बिरामीको अधययन गर्दा पनि घुर्नु उच्च रक्तचापको प्रमुख लक्षण भएको स्पस्ट भएको छ,' डा. रावत भन्छन्। 

'बिरामीलाई घुर्नहुन्छ भन्योघुर्दिन भन्छन् तर श्रीमतीलाई सोध्यो भनेएकदम घुर्नुहुन्छ भन्छन्,' रावतले थपे, 'श्रीमतीहरू सरेर बस्छन् घुरेको समयमा झक्झक्याएपछि अलि कम भएको अनुभव संगालेका हुन्छन्।रावतका अनुसार घुर्ने समस्या महिलाभन्दा पुरुषमा बढी छ।

मोटो मान्छेमा बोसो बढी हुने भएकोले नसाहरू साँघुरो हुने र त्यसले श्वासप्रश्वास सहज नहुने चिकित्सक बताउँछन्। अक्सिजन नभएपछि शरीरमा विभिन्न रासायनिक क्रिया हुन्छरसायनले नसा थप साँघुरो हुन्छ। यसले मस्तिष्कमा अप्ठ्यारो भएपछि एक्कासि निस्सासिएजस्तो गरी मान्छे उठ्छ।

डा. रावतका अनुसार उच्च रक्तचाप भएका मानिसलाई औषधि खुवाउँदा पनि रक्तचाप नघटेपछि कारण खोजी गर्दा घुर्ने बानी समस्याको रूपमा देखिने गरेको छ। घुराइकै कारणले वृद्धि भएको रक्तचाप घुराइको उपचारपछि आफैंघटेर जाने चिकित्सकहरू बताउँछन्। 

मोटोपन घटाउनेनिद्राको औषधि खानेरक्सी नखानेकोल्टे परेर सुत्नेबेलुकाको खाना आठ बजेअगाडि नै खाने र बेड खुट्टातिर अग्लो बनाएर सुत्नाले घुर्ने समस्या कम गर्न सकिन्छ।

अन्य रक्तचाप सुतेपछि कम भए पनि यस्तो कारणबाट हुने रक्तचाप कम हुँदैन। यसको उपचारको लागि चिकित्सकले निद्राको अध्ययन गर्नुपर्छ। 

नुनको मात्रापरिवर्तित जीवनशैलीखानपानवंशानुगत मधुमेह र बुढ्यौलीका कारण व्यक्तिमा उच्च रक्तचाप हुन्छ। तीमध्ये वयस्क अवस्थामै उच्च रक्तचापबाट सताइएका ९० प्रतिशत व्यक्तिमा प्रमुख कारण यकिन हुन सक्दैन। मुटु रोगको उपचार हुने विभिन्न अस्पतालका तथ्यांकअनुसार १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २० प्रतिशतले बढेको छ। यो निकै डरलाग्दो अवस्थाको संकेत भएको चिकित्सकहरू बताउँछन्। 

अन्य लक्षण देखिएको छैन भने पनि घुर्ने बानीको अध्ययन जरुरी हुन्छ। बेलैमा उपचार नगर्ने हो र मोटोपन भएका धुम्रपान गर्ने र रगतमा बोसोको मात्रा बढी भएकाहरूमा घुराइका कारण तत्काल मृत्युसमेत हुनसक्ने चिकित्सकहरू बताउँछन्। 

चिकित्सकका अनुसार घुराइको उपचारपूर्व सुरुमा निद्राको जाँच आवश्यक पर्छ। निद्रामा आँखाको चालपेटको अवस्थितिमस्तिष्कको अवस्थालाई प्यारामिटरबाट जाँचिन्छ। घुराइको गम्भीरताका आधारमा जीवनशैली परिवर्तन गर्दा पनि कम नभएमा र नाक कान घाँटीको समस्या भएमा त्यसको उपचार गर्नुपर्छ। 'कतिपय अवस्थामा राति सुत्दा लगाउने अक्सिजन मास्कसमेत पाइने भए पनि यो जीवनभर लगाउनुपर्छ।

घुर्नुका खतरा

उच्च रक्तचापहार्टफेलहृदयघात/पक्षघातदिउँसो निद्रा लाग्नेश्वास रोकिएपछि अक्सिजन कम हुनेनराम्रा हर्मन रिलिज हुने र निद्रामै मृत्यु हुनसक्नेआलस्यपन बढ्नुकार्य क्षमता घट्नुकुनै कुरामा ध्यान दिन नसक्नुछिट्टै रिसाउनुचाँडै चिड्चिडिनुकामुकता घट्नुदाम्पत्य जीवनमा कठिनाइ आउनुडरलाग्दा सपना देख्नुरक्तचाप बढ्नुमधुमेह हुनुफोक्सोको रक्त नसामा बहाव रोकिनु आदि।
DMC Firewall is a Joomla Security extension!