Wednesday 10 Baishak, 2071 |
Menu

स्वास्थ्य

हेपाटाइटिस–बीसँगको जीवनका सम्भावना

  • २५ जेष्ठ, २०७०
  • डा. अनन्त श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
नेपालमा करिब साढे तीन लाख व्यक्ति दीर्घकालीन हेपाटाइटिसबीबाट संक्रमित छन्। हेपाटाइटिसबी लागेका व्यक्तिमा बाहिरी लक्षण देखिँदैन। रगत परीक्षणपछि मात्र यो रोग लागेको पत्ता लाग्न सक्छ। 





'हेपाटाइटिसबीनामक भाइरसको संक्रमणबाट यो रोग लाग्ने गर्छ। तथ्यांकअनुसार नेपालमा यो रोग प्रायःजसो बाल्यकालमा सर्ने गरेको पाइएको छ। बाल्यकालमा सरेमा यसको जीवाणु आफंै हराएर जाने सम्भावना कम हुन्छ भने वयस्क अवस्थामा सरेमा आफंै हराएर जान्छ। धेरैजसो संक्रमितको शरीरमा यो जीवाणु लामो समयसम्म रहिरहन्छ। छ महिनाभन्दा बढीसम्म जीवाणु शरीरमा रहिरहे यसलाई दीर्घकालीन हेपाटाइटिसबी भन्ने गरिन्छ। एकपटक दीर्घकालीन अवस्थामा प्रवेश गरिसकेपछि यो जीवाणु आजीवन शरीरमा रहिरहन्छ। हालसम्म यो जीवाणुलाई शरीरबाट पूर्णरूपमा निकाल्ने प्रविधिको विकास भएको छैन। 

रोगको लक्षणअसर र पर्याप्त ज्ञानको अभावका कारण संक्रमितहरूमा नैराश्य तथा आत्मग्लानि बढ्ने गर्छ। अचेतनाले गर्दा कतिपय समाजमा यो रोग लागेका व्यक्तिलाई नराम्रो दृष्टिकोणले पनि हेर्ने गरिएको पाइन्छ। धेरै व्यक्ति यो रोग लुकाउन बाध्य हुन्छन्।

हेपाटाइटिसबीको चुनौतीपूर्ण तथा खतरनाक रोग हो। विश्वको तथ्यांकअनुसार एचआइभी एड्सले वर्षभरमा लिने ज्यान हेपाटाइटिसबीले एकै दिनमा लिने गर्छ। यस जीवाणुले पहिले कलेजोमा संक्रमण गर्छ र त्यसलाई बिस्तारै क्षय गर्दै लान्छ। करिब १५२१ वर्षको अवधिमा कलेजो कडा (लिभर सिरासिस्) हुन सक्छ। साथै अन्य समस्या पनि देखा पर्न सक्छ। पेट र खुट्टा सुन्निनेजन्डिस हुनेरगत वमन हुनेअचेत हुने यो रोगको जटिलताका लक्षण हुन्। दीर्घकालीन हेपाटाइटिसबी कलेजोमा हुने क्यान्सरको समेत प्रमुख कारण हो। 

हेपाटाइटिसबीबाट हुन सक्ने समस्या डरलाग्दा छन्। तर रोग लागेका सबैमा यी जटिलता आउँदैनन्। करिब २५४१ प्रतिशत संक्रमित व्यक्तिमा मात्रै यी समस्या देखा पर्छन्। बाँकी ६१७५ प्रतिशतमा यो जीवाणुले केही असर पार्दैन। कलेजोमा क्षति नहुने व्यक्तिको जीवन सामान्य नै हुने गर्छ। यसबाटै थाहा हुन्छ किहेपाटाइटिसबी संक्रमणको नतिजा सबैमा एकनास हुँदैन। 

कसैकसैमा यो जीवाणु सदैव सक्रिय रहन्छ। त्यसो भएमा हेपाटाइटिसबीले कलेजोमा क्षति पुर्‍याउँदै लान्छ र केही समयपछि कलेजोको सिरोसिस्/कलेजो फेल वा क्यान्सर नै गराउँछ। तर धेरै व्यक्तिमा यो जीवाणु  निस्त्रि्कय अवस्थामा रहन्छ र लामो समयमा पनि केही नकारात्मक असर पुर्‍याउँदैन। यो रोग लागेका व्यक्तिमा जीवाणु सक्रिय या निस्त्रि्कय छ भनेर छुट्याउन जरूरी हुन्छ। 

अहिलेसम्म हेपाटाइटिसबीको जीवाणुलाई शरीरबाट निर्मूल पार्ने कुनै औषधिको आविष्कार भएको छैन। तर जीवाणु निस्त्रि्कय रहिरहेको अवस्थामा भने उपचारको आवश्यकता हुँदैन। जीवाणु सक्रिय रहेको खण्डमा यसलाई निस्त्रि्कय पार्न भने जरुरी हुन्छ। नत्र नतिजा सिरोसिस् तथा क्यान्सरजस्तो भयानक हुन सक्छ। सक्रिय रहेर कलेजोलाई क्षति पुर्‍याएको खण्डमा यस जीवाणुलाई निस्त्रि्कय पार्ने उपाय आजको आधुनिक चिकित्साशास्त्रमा विकसित हुँदै छ। औषधिले जीवाणुलाई निर्मूल पार्न नसके पनि निस्त्रि्कय भने अवश्य गराउँछ। यसको सेवनबाट सिरोसिस् तथा कलेजोको क्यान्सरबाट पनि बच्न सकिन्छ। 

विशेष ध्यान पुर्‍याउनुपर्ने कुरायी औषधिको दुरुपयोग गर्नु हुँदैन। निस्त्रि्कय अवस्थामा औषधिको सेवन गरेमा यसको नतिजा भयानक हुन सक्छ र पछि यो जीवाणु सक्रिय भएमा औषधिले काम नगर्न पनि सक्छ। तसर्थ वैज्ञानिक पद्धतिबाट जाँच गरेर संक्रमितको शारीरिक अवस्थाको अध्ययन गरेपछि मात्रै औषधि प्रयोग गर्नुपर्छ। 

हेपाटाइटिसबीको उपचारमा  गम्भीरतापूर्वक सोचविचार गरेरमात्र औषधि प्रयोग गर्नुपर्छ। कुनै पनि औषधि  (एलोपेथिक अथवा आयुर्वेदिक) त्यत्तिकै प्रयोग गर्नु हुँदैन। यस प्रयोजनका लागि वैज्ञानिक रूपमा केही औषधिमात्र अनुमोदन भएका छन्। तैपनि हाम्रा गल्लीगल्लीमा र पत्रिकामा हेपाटाइटिसबीको सफल उपाचारका विज्ञापन देखिने गरेका छन्। विनाप्रमाणका यस्ता प्रचारको पछि लाग्दा संक्रमितको अवस्था अझ बढी नाजुक हुन सक्छ। जस्तो पायो त्यस्तै उपचारले फाइदा गर्दैन। बरु उल्टै धन र स्वास्थ्य बिग्रने गर्छ। धेरै बिरामी यस्ता सञ्जालमा फसेर वर्षौंसम्म जथाभावी औषधि प्रयोगबाट लाखौं रुपैयाँ ठगिएका छन्। सम्बन्धित निकायले ध्यान पुर्‍याउन जरुरी छ। बिरामी आफैं पनि आफ्नो रोग सम्बन्धी सचेत रहेर असुरक्षित उपचार पद्धति र ठगीबाट बच्नुपर्छ।

हेपाटाइटिस–बी भएका व्यक्तिले गर्न सक्ने कुराहरू

• आफ्नो दैनिक जीवन सामान्यरूपमा बिताउन सक्छन। 

• खानपानमा केही बार्नु पर्दैन।

• विवाह गर्न र सामान्य वैवाहिक जीवन व्यतित गर्न सक्छन। तर जीवनसाथीलाई हेपाटाइटिसबी विरुद्ध खोप दिन जरुरी हुन्छ।

• सन्तान जन्माउन सक्छन्। तर जन्मनेबित्तिकै नवजात शिशुलाई हेपाटाइटिसबी विरुद्ध खोप दिनैपर्छ। 

• अंकमाल गर्नचुम्बन गर्नहात मिलाउनजुठो सेवन गर्न लत्ताकपडा अरूसँग साट्न मिल्छ।

• जीवनसाथीले हेपाटाइटिसबी विरुद्ध खोप लगाएको खण्डमा यौन सम्पर्क गर्न सकिन्छ। नत्र खोप पुरा नहुन्जेल कन्डमको प्रयोग गर्नुपर्छ।

हेपाटाइटिसबी लागेका व्यक्तिले गर्न नहुने कुराहरू

• रोग लागेकोमा आत्मग्लानि महसुस नगर्ने।

• रक्तदान तथा कुनै अंगदान नगर्ने।

• आफूले प्रयोग गरेका ब्लेडअनुहार पुछ्ने रुमालनेल कटर तथा धारिला सामानहरू अरूलाई प्रयोग गर्न नदिने।

• घाउ तथा चोटपटक लागेमा अरूलाई आफ्नो रगत छुन नदिने। 

• कुनै प्रकारको शल्यचिकित्सा अथवा औषधि सेवन गर्नुअगाडि डाक्टरलाई निसंकोच आफूलाई हेपाटाइटिसबी लागेको जानकारी दिन नडाराउने।

• कलेजो रोग विशेषज्ञको सल्लाहविना कुनै किसिमका हेपाटाइटिसबी सम्बन्धी औषधी सेवन नगर्ने।

• समयसमयमा कलेजोको परीक्षण गर्ने (कम्तीमा पहिलो वर्ष ३३ महिनामा र त्यसपछि ६६ महिनामा)।

(लेखक निजामती कर्मचारी अस्पतालका कलेजो रोग विशेषज्ञ हुन्।)
Our website is protected by DMC Firewall!