Wednesday 4 Bhadra, 2071 |
Menu

स्वास्थ्य

उच्च रक्तचापबारे थाहा पाउनैपर्ने कुरा

(0 votes)

लामो समयसम्म रगतको चाप उच्च रहिरहने अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचापका कारण मुटु, रक्तकोषिका तथा अरु अंगमा अनावश्यक तनाव पैदा हुन्छ। 
सहरमा बसोबास गर्ने एक तिहाइभन्दा बढी वयस्क उच्च रक्तचापबाट पीडित छन। उच्च रक्तचापले पक्षाघात, हृदयाघात साथै मिर्गौला र आँखा बिगार्ने खतरा हुन्छ।

 

रक्तचाप उच्च बनाउने सहयोगी तत्व 

आरामदायी जीवनशैली : शारीरिक व्यायामले मानिसको रक्तचाप ठीक 
राख्न मद्दत गर्छ। तर, थोरै मानिस आफूलाई स्वस्थ राख्न चाहिनेजति
व्यायाम गर्छन्। यसका लागि साधारणतः हप्ताको ६ दिन करिब ४०–५०
मिनेट छिटोछिटो हिँड्नु जरुरी हुन्छ।

धूमपान : चुरोट वा अन्य धूमपानजन्य चीजमा निकोटिन लगायत विषालु
रसायन हुन्छन्। यसले मुटुलाई रगत प्रवाह गर्न बढी परिश्रम
गर्नुपर्ने बाध्यता सिर्जना गर्छ। त्यसमाथि विषालु रसायनले रक्तचाप घटाउने
औषधीलाई पनि राम्रोसँग काम गर्न दिँदैनन्।

अनावश्यक शारीरिक तौल : प्रत्येक थप तौलले रक्तचाप बढाउन मद्दत गर्छ।
त्यसैले उच्च रक्तचाप भएका व्यक्तिहरूको पहिलो लक्ष्य तौल
घटाउने हुनुपर्छ।

आहार : बोसो वा चिलो पदार्थ, धेरै कोलेस्टेरोल भएका खाद्य पदार्थ र नुनले रक्तचाप बढाउन मद्दत गर्छन्। हामीले एक दिनमा आधा चिया चम्चा (करिब ३ ग्राम) जति मात्र नुन खानुपर्छ।


जन्मान्तरका लागि चक्की प्रयोग : परिवार नियोजन वा जन्मान्तरका लागि
चक्की प्रयोग गरिरहेका महिलाको रक्तचाप केही उच्च हुन्छ। चक्की सेवनले
रक्तचाप बढेमा चिकित्सकसँग सल्लाह गर्नुपर्छ। 

मद्यपान : उच्च रक्तचापको कारक तत्वमा मद्यपान मुख्य हो। 

वंशानुगत : उच्च रक्तचाप र मुटुका कोषिकामा हुने रोगका लागि पारिवारिक
आनुवंशिक परम्पराले प्रमुख भूमिका खेल्छ। वंशानुगत गुण नै उच्च रक्तचापको
प्रमुखु कारण भएको पाइएको छ। हामी वशंाणुगत गुण बदल्न सक्दनांै
तर, जीवनशैली त हेरफेर गर्न सक्छौं नि!


उच्च रक्तचापका लक्षण
उच्च रक्तचाप यस्तो खतरनाक अवस्था हो, जसले आगमनको 
संकेत वा जानकारी दिँदैन। मलाई रक्तचाप समस्या छैन भनेर विश्वस्त
रहेको व्यक्तिले अकस्मात शारीरिक नोक्सान, मुटुको समस्या वा पक्षाघात
नभोगेसम्म उच्च रक्तचापबारे थाहा पाउँदैन। 
कहिलेकाहीँ झुम्म हुने, टाउको दुख्ने वा धमिलो देख्ने लक्षण देखिए पनि जाँच नगरी रक्तचाप बढेको थाहा हुँदैन। त्यसैले उच्च रक्तचाप बिनाआवाजको डरलाग्दो रोग हो। यो सुषुप्त हत्यारा हो।

रक्तचाप मापन गर्ने उपयुक्त समय
रक्तचापको जाँच तनाव नभएका बेला दुई वा सोभन्दा पटक गर्नुपर्छ। चिन्तारहित भएको अवस्थामा रक्तचाप परीक्षण गराउनुपर्छ। त्यसैगरी चिया वा कफी खाएको ३० मिनटपछि
मात्र रक्तचाप जाँच्नुपर्छ। रक्तचापको जाँच माथिल्लो रक्तचाप (सिस्टोलिक) र तल्लो रक्तचापको डायटोलिस) को आधारमा
गरिन्छ।

रक्तचापको तालिका
रक्तचापको स्थिति Systolic BP           Diastolic BP
सामान्य एचजी (पारोको १२०)
एमएमभन्दा कम एचजी (पारोको ८०)
एमएमभन्दा कम
उच्च रक्तचाप हुनुअघि एचजी (पारोको
१२०–१३९ एमएमसम्म ) एचजी (पारोको ८०–८९
एमएमसम्म )
उच्च रक्तचाप (पहिलो चरण) एचजी (पारोको
१४०–१५९ एमएमसम्म ) एचजी (पारो को ९०–९९
एमएमसम्म )
उच्च रक्तचाप (दोस्रो चरण) एचजी (पारोको १६०
एमएम बराबर वा बढी ) एचजी (पारोको १००
एमएम बराबर वा बढी )
धेरैजसो मानिसहरूमध्ये पाको उमेरका मानिसमा सिस्टोलिकतर्फ १५० देखि १६०
र डायस्टोलिकतर्फ ९० देखि १०० सम्म रक्तचाप हुनुलाई सामान्य मानिन्छ। त्योभन्दा माथि छ भने उसलाई औषधीसहितको उपचारको जरुरी हुन्छ। 

रक्तचाप घटाउने उपाय
ठिक्क रक्तचाप भनेको १२०/८० को स्थिति हो। रक्तचाप यसभन्दा माथि भएको
अवस्थामा औषधी खानपर्ने वा नपर्ने भन्नेबारे चिकित्सकले सल्लाह दिन्छन्।
यदि उच्च रक्तचाप देखिएमा सर्वप्रथम आफ्नो जीवनशैली माथि उल्लेख
गरिएअनुसार परिवतर्न गर्नुपर्छ। ननु र ननुका े मात्रा बढी भएको
पापड, अचार, आलुको चिप्स, नुन छरेको भुटेको मकै र चीजजस्ता पदार्थ खान
कम गर्नुपर्छ। यसो गर्दा पनि रक्तचाप १४०/९० को अवस्थामा रह्यो भने चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ। मधमुेह वा मटुरोग भएका बिरामीले रक्तचाप नियन्त्रणमा राख्न ध्यान दिनुपर्छ। यस्ता बिरामीले एकभन्दा बढी चक्की औषधी खानुपर्छ। धूमपान छाडेमा औषधीले राम्रो काम गर्न थाल्छ।

औषधी खाने उपयुक्त समय
उच्च रक्तचाप रोकथाम गर्ने सबै औषधी बिहान खानुपर्छ। आमधारणाविपरीत
हाम्रो रक्तचाप बिहान सबेरै माथि हुन्छ। यही कारणले धेरैजसो हृदयाघात र
पक्षाघात बिहान सबेरै हुन्छ।

औषधीको नकारात्मक असर
बिरामीले अक्सर औषधि सेवनबाट हुने नकारात्मक असरबारे चासो राख्छन्।
औषधीको प्रयोगबाट कहिलेकाहीँ खुट्टा सुन्निने, सुखा खोकी वा दमको
संक्रमण आदि नकारात्मक असर देखिन सक्छ। यस्तो अवस्थामा चिकित्सकलाई
खबर गर्नुपर्छ। चिकित्सकल आवश्यकताअनुसार औषधी थपघट गरिदिनुपर्छ। 

कम रक्तचाप हुनु समस्या हो?
रक्तचाप ९०/६० भन्दा कम भएमा, कमजोरी महसुस भई रिंगटा लागेमा रक्तचाप कम भयो भनिहाल्छौं। एकछिन आराम वा केही झोल
पदार्थ खाएमा यो समस्या कम भइहाल्छ। कम रक्तचाप दीर्घरोग होइन। 
यसलाई उपचारका जरुरी पनि पर्दैन, किनभने रक्तचाप बढाउने कुनै औषधी नै
छैनन्। कम रक्तचाप हुने व्यक्तिलाई हृदयाघात हुने खतरा कम हुन्छ। त्यसैले यस्ता
व्यक्ति चिन्तित हुनु आवश्यक छैन।

[डा.भारत रावत (मुटुरोग विशेषज्ञ,नर्भिक अस्पताल, थापाथली) सँगको कुराकानीमा आधारित]