Wednesday 18 Bhadra, 2071 |
Menu

स्वास्थ्य

मिर्गौलामा पत्थरी : जान्नै पर्ने कुरा

  • मङ्गलबार ३१ बैशाख, २०७०
  • डा. प्रेमराज ज्ञवाली
  • DISQUS_COMMENTS
(0 votes)
मिर्गौलामा हुने पत्थरी रोगबारे जनमानसमा विभिन्नखाले भ्रम छन्। हाम्रो दैनिक खानपानका कारण मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ। मिर्गौलाको पत्थरी बिनाअपरेसन औषधीको निको पारिन्छ भन्ने विज्ञापन पत्रपत्रिकामा पढ्न पाइन्छ। मिर्गौलाको पत्थरी भएका व्यक्तिहरूले क्याल्सियम भएको खाना खानु हुँदैन भन्ने भ्रम सर्वसाधारणमा भएको पाइन्छ। त्यसो भए हाम्रो शरीरमा भएका २ सय ६ वटा हड्डी अनि ३२ ओटा दाँत सबै क्याल्सियमले बनेका हुन्छन्, तिनलाई के गर्ने नि?
मिर्गौलाको पत्थरी भएका व्यक्तिहरूले क्याल्सियम भएको खाना खानु हुँदैन भन्ने भ्रम रहेको पाइन्छ।

साधारणतया मिर्गौलामा हुने ८५ ५ पत्थर क्याल्सियम अक्जालेटले बनेको हुन्छ। यसको मुख्य श्रेय क्याल्सियमभन्दा पनि अक्जालेटलाई जान्छ। जब अक्जालेट भन्ने तत्व आन्द्राबाट रगतमा हुँदै मृगौलामा पुग्छ, यसले क्याल्सियमसँग मिलेर क्याल्सियम अक्जालेट भन्ने मिश्रण बनाउँछ र त्यही नै अन्त्यमा मिर्गाैलाको पत्थर बन्न पुग्छ। यसमा बु‰नुपर्ने कुरा के छ भने यदि हामीले खानामा क्याल्सियम मिसाएर खायौं भने यसले आन्द्रामा नै अक्जालेटस"ग मिलेर रगतमा जान नसक्ने मिश्रण क्याल्सियम अक्जालेट बनाउँछ र मिर्गौलाको पत्थरी रोग हुनबाट जोगाउँछ। तसर्थ, खानामा क्याल्सियम कम होइन कि अक्जालेट कम भएका खाना खान उचित हुन्छ।

जनमानसमा रहेको अर्को भ्रम हो– मिर्गौलामा भएका पत्थर पग्लिन्छ भन्ने। मिर्गौलामा भएका युरिक एसिडले बनेको ५–१०५ बाहेक कुनै पनि पत्थर औÈधीले पग्लिँदैन। यदि यसको साइज ५ मिमिभन्दा सानो छ र पिसाब निस्कने नली खुला छन् भने पिसाबको चापले ९५५ यस्ता पत्थर आफैं बाहिर निस्कन सक्छन्। यदि पत्थरको साइज पिसाब नलीकोभन्दा ठूलो छ भने त्यो पत्थर कहिल्यै आफैं निस्कँदैन, त्यसलाई निकाल्नुपर्छ। त्यसैगरी गहतको दाल वा आयुर्वेदिक दबाइले मिर्गौलाको पत्थर पग्लिन्छ भन्ने अहिलेसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानले प्रमाणित गर्न सकेको छैन। यस्ता पदार्थले बढी मात्रामा पिसाब बनाउने र त्यसैको चापले स–साना पत्थर निस्कने गर्छन्, पग्लिने होइन । पिसाबको मात्रा बढी बनाउन स्वस्थ मिर्गौला भएका व्यक्तिले प्रशस्त मात्रामा सफा पानी पिउँदा पुग्छ।

कुन अवस्थामा मिगौलाको पत्थरी रोग लाग्छ? अहिलेसम्मका वैज्ञानिक अन्वेÈणले पत्ता लगाएअनुसार गर्मी ठाउ"मा काम गर्ने मानिस, कम पानी पिउने व्यक्ति, युरिक एसिडका रोगी, प्याराथाइरोइडको समस्या, पिसाबको संक्रमण तथा मृगौला र यसबाट निस्कने नली अवरुद्ध भएमा यो रोग लाग्छ। अर्को कुरा के भने जसले पनि मिर्गौलाको पत्थरी रोग भएका बिरामीले प्रशस्त पानी पिउनुपर्छ भन्छन्। त्यो प्रशस्त पानीको मात्रा कति हो? बिरामीले २४ घन्टामा २ लिटर पिसाब फेर्नको लागि जति पानी चाहिन्छ, त्यति पानी पिउ"दा उसलाई पुग्दछ र त्यसभन्दा बढी पानी पिउनु पर्दैन।

मिर्गौलाको पत्थर ननिकाल्दा के हुन्छ? यदि मिर्गौला को पत्थर ५ मिमिभन्दा सानो छ भने प्रशस्त पानी पिउ"दा ९५५ यस्ता पत्थर आफैं बगेर निस्कन सक्छन्। यस्तो बेलामा केही दुखाइ हुने भएकाले नदुख्नेखाले औÈधी सेवन गरे पुग्छ। यदि पत्थरको साइज योभन्दा ठूलो छ भने यसले विभिन्न समस्या ल्याउन सक्छ। यस्तो अवस्थामा पत्थर आफैं संक्रमणको कारण हुन सक्छ भने अर्कोतिर मिर्गौलाबाट निस्कने पिसाबको बहावलाई अवरुद्ध गरी मिर्गौला सुन्निने, दुखाइ बढ्ने र अन्त्यमा त्यो मिर्गौलाले काम नगर्ने बनाउन पनि सक्छ। तसर्थ यस्ता पत्थरलाई निकाल्नु नै उचित ठानिन्छ।

मिर्गौलाको पत्थर कसरी निकाल्ने?

आजकलको जमानामा सुविधासम्पन्न अस्पतालमा ९५ – ९८५ मिर्गौलाको पत्थरी चिरेर निकाल्नुपर्दैन। जस्तोसुकै खाले पत्थरी भए पनि घाउ नै नबनाइकन मिर्गौलाभित्र टेलिस्कोप पठाएर वा १ सेमिभन्दा सानो प्वाल बनाएर निकाल्न सकिन्छ। नेपालमा भने उपचार विधि विकसित देशमा भन्दा अलि फरक हुनसक्छ, किनभने सम्पूर्ण खर्च बिरामीले तिर्नुपर्ने, आधुनिक उपकरणबाट गरिने उपचार मह"गो हुने, टाढा–टाढाबाट उपचार गराउनुपर्ने हु"दा एकै पटकमा सबै काम सकेर फर्कनुपर्नेजस्ता समस्या भएकाले यस्तो फरक देखिनसक्छ । तर, अमेरिकन तथा युरोपियन युरोलोजिकल एशोसिएसनको निर्देशिका अनुसार अपरेसनको बेलामा बिरामीको शरीरमा न्युनतम असर पार्ने र अधिकतम मात्रामा पत्थरी हटाउन सकिने तरिकालाई नै बढी प्राथमिकता दिइएको छ। चिकित्साशास्त्रमा दिनहु" व्यापक फेरबदल भइरहेको हुन्छ। विभिन्न शोधपत्र तथा अनुसन्धानले पत्ता लगाएका नयाँ कुरा आइरहेका हुन्छन। विज्ञानको यस Ôेत्रमा कुनै पनि कुराको १०० ५ ग्यारेन्टी र १००५ सफलता मिल्नसक्छ भन्ने हँुदैन। शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामी र बिरामीका नातेदार अनि शल्यचिकित्सकसँगै बसेर अपरेसन कसरी गरिन्छ? अपरेसन गर्दा के–कस्ता समस्या देखिन सक्छ? ती समस्या आएमा कसरी समाधान गरिन्छ? उक्त अपरेसनले शरीरमा के–कस्ता नकारात्मक असर पार्न सक्छ भन्ने कुरा राम्रोसँग छलफल गर्नुपर्छ। अनुसन्धानले पत्ता लगाएका तथ्यको आधारमा बिरामीलाई सबैभन्दा उपयुक्त उपचार प्रदान गरिनुपर्छ।

अस्पतालमा कुनै पनि शल्यक्रिया गर्दा असफल भएमा त्यसको लागि अर्को वैकल्पिक उपचार विधि पनि त्यसै अस्पतालमा उपलब्ध हुनु अतिआवश्यक हुन्छ। अन्यथा बिरामीले अतिरिक्त खर्च गर्नुपर्ने तथा बिरामी र स्वास्थ्यकर्ताको बीचमा मनमुटाव हुन सक्छ । त्यसकारण सम्पूर्ण बिरामीलाई विशिष्ट उपचार सेवा दिन र दिएको उपचारको मूल्यांकन गर्न स्वास्थ्य बिमाबाहेक अरु कुनै विकल्प नै छैन। यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य विधि बनाउने र कार्य सम्पादन गर्ने जिम्मा सरकारी निकायका साथै बिमा कम्पनीको हुन आउँछ। यो भन्दा पनि अगाडि हुनसक्छ भने तुरुन्तै अहिलेको सरकारले (जसमा राजनीति दलका नेता सम्मिलित छैनन्) सरकारी खर्चमा विदेशमा गई उपचार गराउने चलन सधैंका लागि बन्द गराउनुपर्छ।

लेखक सहप्राध्यापक, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक हुन्।