6 Baishak, 2071 |
Menu

शुक्रबार

बेवारिसे मजनु

  • २६ श्रावण, २०७०
  • सुजित मैनाली
  • DISQUS_COMMENTS
(0 votes)
भारत–पाकिस्तान विभाजनका बेला पाकिस्तानतर्फ लखेटिएको एक मुसलमान परिवारकी युवती भारत अधिनस्थ पञ्जाबमा छुट्छिन्। एकजना सरदारसँग उनी घरजम बसाउँछिन्। विभाजनको आक्रोश साम्य हुँदै गएपछि सीमाका दुवैतिर छुटेका महिला शरणार्थीलाई आ–आफ्ना परिवारको जिम्मा लगाउने सहमति दुई देशबीच हुन्छ। तर, सरदारसँग बिहे गरेकी मुसलमान युवतीले पाकिस्तानमा रहेको परिवारको सट्टा सरदारलाई नै रोज्छिन्। उनलाई पाकिस्तान नपठाए द्विपक्षीय सहमति उल्लंघन हुने भयले भारत सरकारले अन्ततः उनलाई पाकिस्तानको जिम्मा लगाइदिन्छ।

श्रीमतीसँगको बिछोड असह्य बन्दै गएपछि प्रेमको खोजीमा सरदार छोरो लिएर पाकिस्तान जान्छन्। पाकिस्तानमा रहेको श्रीमतीको परिवारले सरदारलाई दुत्कारेपछि अन्तिम प्रेमपत्रमा 'मेरो लाशलाई मेरी प्रेयसी बस्ने शहरमै गाड्नू' लेखेर छोरोसहित रेलको लिकमा फाल हानी सरदारले आत्महत्या गर्छन्। यो प्रेम प्रसंग पाकिस्तानी सञ्चारमाध्यममा छाएपछि पाकिस्तानमा उनी प्रेमको प्रतीक बन्न पुग्छन्। पाकिस्तानीहरूले सरदारको लाशलाई अत्यन्त सम्मानका साथ श्रीमती बस्ने शहरमै समाधिस्थ गर्छन्। त्यो समाधि पाकिस्तानी प्रेमीहरूका लागि पवित्र तीर्थस्थल बन्छ। ल्यारी कोलिन्स र डोमिनिक लापिएरेले संयुक्त रूपमा लेखेको भारत–पाकिस्तान विभाजनसम्बन्धी किताब 'फ्रिडम एट मिडनाइट'मा यो प्रेमकथाको विस्तृत चर्चा गरिएको छ। यसै कथालाई आधार बनाएर निर्माण गरिएको फिल्म 'गदर' भारतमा सुपरहिट भएको थियो। 
यही प्रेमगाथा सम्झाउने अर्को घटना पुनः घटेको छ। यसपटक सरदारको ठाउँमा एकजना पाकिस्तानी युवक छन्। श्रीमतीलाई नभई कहिल्यै भेट नभएकी प्रेमिकालाई भेट्न उनी भारत पसेका छन् र वर्षौंदेखि जेलजीवन बिताइरहेका छन्।
आजभन्दा २१ वर्षअघि बलिउड अभिनेत्री पूजा भट्टलाई भेट्ने उद्देश्यले अब्दुल सरिफ नाम गरेका पाकिस्तानी नागरिक भारत पसेका थिए। भारत छिर्नुपूर्व विदेश भ्रमणका लागि आवश्यक कुनै वैधानिक कागजात उनले तयार पारेका थिएनन्। यसै कसुरमा भारत पस्नासाथ उनी जेल परेका थिए। अझैसम्म उनी जेलमुक्त भएका छैनन्।
पूजासँग भेट्न भारत पस्दा अब्दुल २१ वर्षका थिए। अहिले उनी ४२ वर्षका भए। त्यतिबेला बलिउडमा पूजाको जगजगी थियो। सन् १९९० को दशकमा 'ड्याडी', 'दिल है कि मानता नही', 'प्रेम दिवाने', 'जनम' आदि दर्जनाँै फिल्ममा अभिनय गरेकी पूजाको 'क्रेज'ले त्यतिबेला आकाश छोएको थियो। सञ्जय दत्तसँग पूजाले अभिनय गरेको फिल्म 'सडक' हेरेपछि पूजाप्रति अब्दुलको प्रेम सम्हालिनसक्नु गरी बढ्यो। उनले संकल्प गरे– 'कुनै पनि हालतमा पूजालाई भेटेर प्रेम प्रस्ताव राखिछाड्छु।' यसका निम्ती उनी हानिए भारततिर। तर, भारत पसेपछि पूजाको न्यानो प्रेमको सट्टा जेलको चिसो भुइँ उनको भागमा पर्यो।। प्रवेशाज्ञाबिनै भारत पसेको कसुरमा उनी पक्राउ परे।
सन् १९९२ मा वाघ सिमानाबाट भारत प्रवेश गर्नसाथ अब्दुल पक्राउ परे। उनलाई दुई वर्षको जेल सजाय सुनाइयो। यो दुई वर्ष उनको जीवनको सबैभन्दा ठूलो दुर्घटना बन्यो। यसै अवधिमा उनले स्मृति गुमाए। 'सन् १९९४ मै उनको सजाय सकिएको थियो। तर, स्मृति गुमाएकाले उनले आफू कुन मुलुकको नागरिक हुँ भन्ने बताउन सकेनन्। घरी उनी आफूलाई इरानी हुँ भन्थे, घरी पाकिस्तानी। उनको राष्ट्रियता खुलाउने कुनै कागजात भारतीय अधिकारीले फेला पारेनन्। भारतस्थित इरान र पाकिस्तानका कुटनीतिक नियोगलाई यसबारे खबर गरिएको थियो, तर दुवै नियोगले अब्दुललाई अपनाउन चाहेनन्,' अमृतसार सेन्ट्रल जेलका मुख्य अधिकारी अमि्रक सिंहलाई उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ। त्यसयता अब्दुलको स्मृति अझै फर्किएको छैन। 'उनी अहिले दुइटा कुरा मात्रै सम्झन्छन्,' सिंह थप्छन्, 'बाबु गुलाम मोहम्मद र पूजा भट्टको नाम।' पूजालाई कहिल्यै भुल्न नसकूँ भनेर उनले आफ्नो देब्रे पाखुरामा पूजाको नामअंकित ट्याटू खोपाएका छन्। जेलका अन्य कैदी र जेल अधिकारीमाझ उनी असाध्यै प्यारा छन्।
एक्काइस वर्षको कठोर एवं अत्यासलाग्दो जेलजीवनले अब्दुलको प्रेमलाई धमिल्याउन सकेको छैन। उनी पूजाप्रति अझै उत्तिकै आशक्त छन्। यतिका वर्षपछि पनि पूजालाई भेटेर प्रेम 'इजहार' गर्ने उनको धोको मरेको छैन। 'पूजासँग भेट्ने र फिल्म खेल्ने अब्दुलको इच्छा अझै मरेको छैन,' जेलका अर्का अधिकारी आरके शर्मा भन्छन्, 'पूजालाई भेटेपछि प्रेम 'इजहार' गर्न उनले केही डायलगसमेत कण्ठ गरेका छन्।'
अब्दुलसम्बन्धी समाचारले भारतका युवा भावुक भएका छन्। उनलाई रिहा गर्नुपर्ने आशयका 'कमेन्ट'को ओइरो लागेको छ, यससम्बन्धी समाचार प्रकाशन गर्ने भारतीय अनलाइनहरूमा।

दुब्लाएको दसैँ !

'लाहुरे दाइ आए। क्यानाम, दो महिनेके छुट्टी मनानेके लिए!' दिल्ली नदेखेको र लाहुर नटेकेको भए पनि लामो समय हराएर फर्किएका सिल्लीलाई समेत लाहुरे भन्ने चलन थियो। फुली पनि नपाएर बुच्ची...

सदाका लागि 'रिटायर्ड हर्ट'

त्यो दिन त्यसको अनुहार हेर्नलायक थियो। अनुहारमा कुनै चमक थिएन। त्यसको गोरो अनुहारमा अस्ताउनै लागेको घामको एक झिल्को पर्दा रगत चुहिएलाजस्तो देखिन्थ्यो। ऊ रंगशालाको उत्तरपट्टिको तल्लो सिँढीमा बसेर आँखाहरूलाई आवेशपूर्वक...

थाहै नपाई दुइटै फेल

थाहै नपाई दुइटै फेल

काठमाडौँका सडकपेटीमा लाउडस्पिकरबाट याचनाका आवाजहरू गुञ्जिरहेका हुन्छन्। मिर्गाैलाका रोगीका आफन्त कपडा ओछ्याएर मनकारी बटुवाहरूले दिएका पाँच–दश रुपैयाँका नोट बटुलिरहेका हुन्छन्। थाहै नपाई मिर्गौला फेल भएपछि रोगी र उसका आफन्तले धेरै...

हतियार खोइ?

हतियार खोइ?

फिल्मकर्मीले हिरोइनलाई फिल्म प्रचारको मुख्य 'हतियार' मान्छन्। ब्लेड बेच्न पनि महिला चाहिने युगमा फिल्म बेच्नका लागि हिरोइनको भूमिका महत्वपूर्ण हुने कुरा स्वाभाविकै हो। तर, फिल्म 'प्रोड्युसर'लाई भने प्रचारकै समयमा हिरोइन...

'गाउँको त डनै थिएँ म'

'गाउँको त डनै थिएँ म'

हक्की स्वभावकी अभिनेत्री सिर्जना सुब्बा कसैसँग दब्दिनन्। चित्त नबुझेको कुरामा पड्किहाल्छिन्। उनलाई कतिले 'जिद्दी' र 'केटाको जस्तो स्वभाव भएकी' समेत भन्छन्। थिएटर र फिल्ममा जमिरहेकी सिर्जनासँग धनबहादुर खड्का र सजना...

'अन्तरिम सम्पादक'

'अन्तरिम सम्पादक'

चुनावी अन्तरिम मन्त्रिपरिषद्ले नेपालमा शासन गरिरहेका बेला भारतका एक शक्तिशाली पत्रकारले आफूलाई 'अन्तरिम सम्पादक' घोषणा गरेका छन्। भारतमा लोकसभाको चुनाव नजिकिँदै जाँदा फटाफट केही प्रभावशाली सम्पादकको राजीनामा आइरहेको छ। राजीनामा...

उर्वशी कि मेनका?

उर्वशी कि मेनका?

वरिष्ठ फिल्मकर्मी नीर शाहले रीमा विश्वकर्मालाई 'उर्वशी र मेनका' भनिदिए। फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिने रीमाको सौन्दर्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका थिए। भारतका विभिन्न ठाउँमा छायांकन भएका भिडियो...

राष्ट्रकविज्यू! 'गौरी' लाई 'गउरि' बनाइँदै छ!

वर्ण विन्यासका सुधार वादीहरूले गुरु प्रसाद मैनालीको 'शहिद' कथालाई 'सहिद' बनाएरै छोडे। झमककुमारी घिमिरेको प्रसिद्ध कृति 'जीवन काँडा कि फूल' अशुद्ध भइसक्यो। 'जीवन काँडा कि फुल' हुनुपर्ने अरे! राष्ट्रकवि घिमिरेको...