Friday 5 Baishak, 2071 |
Menu

शुक्रबार

जुम्बामा गृहिणी

  • शुक्रबार १८ श्रावण, २०७०
  • संगीता श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
जुम्बामा गृहिणी
आजभोलि धेरै महिलाका लागि फिटनेसको विकल्प बनेको छ, जुम्बा डान्स। वजन घटाउन महिलाहरू रिमिक्स गीतमा कम्मर मर्काउँदै गरेका भेटिन्छन्। कलाकार, नृत्यांगनाहरूसम्म सीमित नाच अब आम महिलाको रुचिको विषय बन्न थालेको छ। शारीरिक तन्दुरुस्तीका लागि एकदमै उपयोगी मानिने जुम्बा डान्सप्रति युवतीहरूको मात्र नभई कामकाजी र गृहिणी महिला पनि आकर्षित हुँदै गएका छन्।
ओयस्टर स्पा एन्ड फिटनेस क्लबमा जुम्बा डान्स सिक्न आउने गृहिणीहरूको संख्या बढी रहेको बताउँछन्, क्लबका सञ्चालक अजीत शर्मा। भन्छन्, 'आजभोलिका महिला आफ्नो फिटनेसप्रति धेरै कन्सस भएका छन्। त्यसैले होला, हाम्रो क्लबमा डान्स सिक्न आउनेमा बढी जसो गृहिणी छन्।' 
एक वर्षअघि आफ्नो मोटोपन देखेर हैरान थिइन्, सवानु रायमाझी। भन्छिन्, 'मेरो वेट ६८ केजी थियो। चिन्तै लाग्थ्यो शरीरको।' व्यायामका रूपमा उनले जुम्बा डान्सलाई रोजिन्। 'एक वर्षमा मेरो १४ केजी वजन घट्यो। जुम्बा गर्दा एकदमै रमाइलो लाग्छ। यसले बडीलाई एक्टिभ बनाउनुका साथै आत्मविश्वास पनि बढाउँछ,' उनी भन्छिन्। वजन घटाएर उनी जस्तै मक्ख छिन्, ३६ वर्षीया रञ्जीता पोखरेल पनि। उनले त सातआठ महिनामै १४ केजी वजन घटाएकी छिन्। भन्छिन्, 'जुम्बा गरेपछि फूर्ति आएजस्तो लाग्छ, फ्रेस भइन्छ। फिजिकल फिटनेसका लागि एकदमै राम्रो हो जुम्बा।'
दिनभरि घरमा बस्दाबस्दा वाक्क लागेपछि जुम्बालाई मनोरञ्जनको साधन बनाएका छन् गृहिणीले। सवानु भन्छिन्, 'दिनभरि घरमा बस्दा बोर भइन्थ्यो। जुम्बा गर्न थालेदेखि रमाइलोको साथसाथै टाइमपास पनि हुन्छ।' गृहिणीका लागि जुम्बा डान्स क्लास नयाँ–नयाँ साथी बनाउने थलो पनि भएको छ। साताको तीन पटक क्लास हुन्छ। त्यहीँ नै डान्स गु्रपका महिलाहरू भेटिन्छन्। 'हाम्रो डान्स गु्रपका सबै साथी साह्रै मिल्ने छन्। साथीहरूसँग गफिन पाउँदा निकै मजा लाग्छ,' रञ्जीताले थपिन्।
सन् १९९० को दशकमा डान्सर र कोरियोग्राफर अल्बर्टो 'बेटो' पेरेजले प्रारम्भ गरेको कोलम्बियन डान्स जुम्बा काठमाडौँका महिलाका लागि निकै लाभदायक साबित भएको छ। वाई स्ट्यान्ड डान्स स्कुल, बानुज फिट्नेस क्लब, साल्सा डान्स एकेडमी, नेत्रालय, जासमिन फिट्नेस क्लब एन्ड स्पालगायत विभिन्न क्लब तथा डान्स स्कुलले जुम्बा डान्सको अभ्यास गराउँदै आएका छन्। 
नेपाली, हिन्दी र अंग्रेजी गीतहरू रिमिक्स गरी कहिले फास्ट त कहिले स्लो गरेर जुम्बा डान्स सिकाइन्छ। नौ महिनादेखि जुम्बा डान्सको ट्रेनिङ लिइरहेकी सगुन सुब्बा भन्छिन्, 'जुम्बाले लाइफ कलरफुल बनाएको छ। बडी फ्लेक्जिबल भएको छ। यसले फिट्नेसका साथै इन्जोयमेन्ट पनि दिन्छ।' सगुनकै कुरामा सहमति जनाइन्, दीपान्दिता बस्नेतले। 'मेरो वेट ६२ केजी थियो,' उनले भनिन्, 'जिम गरेर मैले आफ्नो वेट ४६ मा पुर्यालएँ। त्यसलाई मेन्टेन त गर्नुपर्योा,' उनी भन्छिन्, 'तर, जिममा मसिनसँगै अल्भि्कनुबाहेक केही हुँदैन, मोनोटनस लाग्थ्यो। त्यसैले मैले जुम्बा ज्वाइन गरेँ।' 
जुम्बा डान्सले वजन कम गर्न मद्दत गर्ने भएकाले यसलाई धेरै महिलाले मनपराउने बताउँछिन्, जुम्बा इन्स्ट्रक्टर जेनिसा विष्ट। भन्छिन्, 'जुम्बा डान्सका गीतहरू नै शरीरको विभिन्न अंगलाई फोकस गरेर बनेका हुन्छन्। त्यसैले डान्स गर्दा वेट मजाले लुज हुन्छ।' 
धेरै महिला आफ्नो वजन घटाउनकै लागि जुम्बा सिक्न आउने बताउँछन्, साल्सा डान्स एकेडमीका सिइओ विनायकदास श्रेष्ठ। 'हाम्रो यहाँ जुम्बा सिक्न आउनेमा ९० प्रतिशत गृहिणी हुन्छन्,' उनी भन्छन्, 'उनीहरू आउनुका मुख्य कारण वजन घटाउनु नै हुन्छ।' यसबाहेक स्टेमिना बढाउन आउने पनि हुन्छन्। त्यस्तै, थाइराइडको समस्या भएकालाई डाक्टरले नै जुम्बा गर्ने सल्लाह दिने भएकाले गृहिणीहरू जुम्बा गर्न आउने श्रेष्ठ बताउँछन्। साल्सा डान्स एकेडमीले भाटभटेनी र जावलाखेलमा गरी दुई ठाउँमा जुम्बा डान्स सिकाउँछ। एकेडमीले तीन महिनासम्म भ्यालिड हुने गरी १० घण्टाको 'पन्चकार्ड' दिन्छ। श्रेष्ठका अनुसार असार महिनामा जुम्बा डान्स सिक्नेहरूको संख्या भाटभटेनीमा लगभग दुई सय र जावलाखेलमा तीन सय थियो। 
यस्तै एक वर्षदेखि जुम्बा डान्स सिकाउँदै आएको नाट्यालयमा पनि जुम्बा सिक्नेको संख्या दिनहुँ बढ्दै गएको बताउँछन्, त्यहाँका कर्मचारी विजय चिलवाल। 'हामी साताको पाँच दिन क्लास लिन्छौँ,' उनी भन्छन्, 'बिहान दुई वटा क्लास सञ्चालित गछर्ौं भने बेलुका एक। जुम्बा सिक्नेमा गृहिणीको संख्या बढी छ।' डान्स गरेर रमाइलो हुने र वजन पनि घट्ने भएकाले गृहिणीहरू यसतर्फ बढी आकर्षित भएका चिलवाल बताउँछन्। भन्छन्, 'केटाकेटीले मात्रै डान्स सिक्ने हो भन्ने धारणा परिवर्तित हुँदै छ। महिलामा हामीले पनि सिक्नुपर्छ भन्ने भावनाको विकास भइरहेको छ।'

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

तीजको रहर आयो बरिलै...

तीजको रहर आयो बरिलै...

निर्देशक प्रकाश थापासँग मेरो राम्रो मित्रता थियो। उहाँका फिल्मका लागि मैले गीत लेखिदिएको थिएँ। आजभन्दा करिब १५ वर्षअगाडिको कुरा गर्दैछु म। एक दिन प्रकाशजी र उहाँको छोरा विजय जावलाखेलस्थित मेरो...

एकैचोटि पाँचवटा भिडियो

एकैचोटि पाँचवटा भिडियो

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु...

टिकट पीडित (वक्रासन)

सुन्धाराको दोहोरी साँझमा छिरेका थिए, यी तीन जना जिल्लास्तरीय नेता। तीनै जना एकदम पराजित मुखमुद्रामा थिए, सर्वस्व हारेको जुवाडेझैँ। एक महिनासम्म आ–आफ्ना शीर्ष नेताका द्वारमा लम्पसार परेका थिए उनीहरू। दोस्रो...

खुला बजारमा प्रेम

हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही...

बन्दीपुरमा नृत्यमग्न पर्यटक

बन्दीपुरमा नृत्यमग्न पर्यटक

शुक्रवार साँझ पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकहरूले जमेर नाचे। अमेरिका, बेलायत, बेल्जियम, जापानलगायतका विश्वका ६२ भन्दा बढी देशका पर्यटक एकैठाउँमा जम्मा भएर नाचे। यो रमाइलो चार दिनसम्म चलेको थियो। 

आन्तरिक लोकतन्त्र कि गुट सशक्तिकरण?

संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि देशमा निर्वाचनको रौनक सकिएको छैन। दलभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदासम्म त्यसका नेताहरूले लोकतन्त्रको स्याहारसुसार गर्न सक्दैनन् भन्ने टीकाटिप्पणीबाट घेरिएका प्रमुख दुई दलका...

'लहैलहैमा गायिका भएँ'

'लहैलहैमा गायिका भएँ'

कति भयो गाउन थालेको?नाच–गान त बच्चैदेखि गरिन्थ्यो । तर, ठूलो भएर गायिका हुँला भन्ने कहिल्यै सोचेको थिइनँ। दुई वर्ष गायक गौरव गुरुङ दाइले एल्बम निकाल्न हौसला दिनुभयो। गाइदिएँ। लहैलहैमा गायिका...