Thursday 12 Bhadra, 2071 |
Menu

शुक्रबार

कस्तो करामत?

  • आइतबार ३० असार, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
कस्तो करामत?
प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका छन्।
फिल्म 'एटिएम'मा करामतै देखाएकी सोनिया शर्मा र 'आँखा झिमिक्क, मालसामान गायब' भन्ने आइटम नाचेकी सम्झना प्याकुरेलको गठजोड नै फिल्मको नामलाई परिभाषित गर्न काफी छ। अभिनेता राही श्रेष्ठले निर्माण गरेको फिल्म 'एक्सन र लभस्टोरी जेन्रेको हो' भनेर प्रचार गरिएको छ। भदौको पहिलो हप्ता रिलिज गर्ने चाँजोपाँजो मिलाइएको फिल्ममा सुमन सिंह र राही श्रेष्ठको प्रमुख भूमिका छ। निर्देशक दिनेश पौडेलले दुई जना हट हिरोइनलाई एकै ठाउँ थुपारेर कस्तो करामत देखाउन खोजेका होलान्?
ग्ल्यामरस गर्मी

ग्ल्यामरस गर्मी

जान्नेसुन्नेहरू भन्छन्– विभिन्न कारणले पृथ्वीको तापक्रम बढिरहेको छ। मान्छेहरूका मुखबाट हरेक साल अघिल्लो सालभन्दा गर्मी बढेको टिप्पणी सुन्न पाइन्छ। गर्मी भन्नेबित्तिकै पसिना, अपच, आलस्यलाई सम्झने पनि मनग्गे छन्। तर, यही गर्मीको...

आत्मघाती ढुकुटी

आत्मघाती ढुकुटी

थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका...

'स्टेजकै कारण जिउँदा हामी'

'स्टेजकै कारण जिउँदा हामी'

चर्चित गायक राजु लामा अमेरिका बस्छन्। आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन्। युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन्। गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी। एल्बम बिक्री शून्य भएका...

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

'सुटिङभन्दा मिटिङ धेरै गर्ने छन्'

एकताका नेपाल भाषाका फिल्म र म्युजिक भिडियो अशिष्मा नकर्मीमय थिए। चर्चामै रहेका बेला अध्ययनका लागि उनी अमेरिका हानिइन्। तीन वर्ष हस्पिटालिटी म्यानेजमेन्ट पढेपछि उनी फेरि नेपाल फर्किइन् र दुई वर्षदेखि...

राजमार्ग लाइभ : थानकोटदेखि नारायणगढसम्म

लोकमार्ग पनि भन्न थालिएको छ राजमार्गलाई। त्यसो त यसले ठगीमार्गको नाम पाएको पनि धेरै भइसक्यो। मान्छेसँग मान्छे, संस्कृतिसँग संस्कृति जोड्दै राजमार्गले नेपालको विकासमा सघाउ नपुर्‍याएको होइन। तर, राजमार्गकेन्द्रित व्यापारका नकारात्मक...

महिला, मिडिया र ग्ल्यामर

महिला, मिडिया र ग्ल्यामर

मार्टिन चौतारीमा मंगलवार 'महिला, मिडिया र ग्ल्यामरका सामाजिक–आर्थिक पक्ष' विषयमा बहस भएको थियो। मार्टिन चौतारी र चौखटको साझेदारीमा आयोजित बहस कार्यक्रममा ग्ल्यामर क्षेत्रका विषयलाई पनि महत्व दिने मिडियाको प्रतिनिधि शुक्रवार...

गृहनगरमा मिस नेपालको सम्मान

गृहनगरमा मिस नेपालको सम्मान

ढाकाको सारी–चोलो, ढाकाकै दोसल्ला, शिरमा शिरबन्दी, गलामा कण्ठ। लिम्बू महिलाको परम्परागत पहिरनमा सजिएर मंगलवार आफ्नो जातीय संस्था किरात याक्थुङ चुम्लुङ हिम पुगेकी मिस नेपाल सुविन लुङ्फुङ्वा लिम्बूलाई आयोजकले 'सिलाम साक्मा'...

सबैको साझा, सबैको आफ्नो

रंगकर्मी दयाहाङ राईले २०६८ सालको सुपरहिट फिल्म 'लुट'पछि आधा दर्जनभन्दा बढी फिल्ममा 'हिरो' खेलिसकेका छन्। तैपनि उनलाई गाउँका ठूलाबडाले सोध्दा रहेछन्, 'तँ ठूलो पर्दामा चाहिँ कहिले हिरो हुन्छस्?'