Friday 16 Magh, 2071 |
Menu

शुक्रबार

HUB

त्यागको तुरुप

  • मङ्गलबार २५ असार, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
त्यागको तुरुप
राजनीतिमा त्यागको चर्चा निकै हुने गर्छ। नेताहरू भाषण गर्दा जनताको 'बलिदान र त्याग'बाट प्राप्त उपलब्धि भन्न कहिल्यै छुटाउँदैनन्। जनताको त्याग र बलिदानको चर्चा गरेर नथाक्ने नेताहरू भने त्यागी हुन नसकेको भन्दै बेलाबेलामा आलोचित हुने गरेका छन्। एकपटक नेता भएपछि जीवनभरका लागि नेतै बनिरहनुपर्ने संस्कार छ, नेपाली राजनीतिमा।
दुईदुई पटक 'ओपन हार्ट सर्जरीगरेका वयोवृद्ध पनि हामीकहाँ सक्रिय राजनीति गरिरहेका भेटिन्छन्। नेपाली राजनीतिमा सकेसम्म पदमै भएका बेला मृत्युवरण गर्न पाए हुन्थ्यो भन्ने लालसा राख्ने पनि थुप्रै छन्। दिमाग र शरीरले साथ नदिए पनि राजनीतिमा रहिरहन खोज्ने प्रवृत्तिका कारण पनि नेपालको राजनीति सायद हट्टाकट्टा हुन नसकेको हो। राजनीतिमा उमेर तथा योग्यताको हदबन्दी नभएका कारण यो चौतारोको मादल जस्तो बनेको छजसले जति बेला पनि बजाउने। राजनीति गर्नेहरूको उमेरक्षमतादक्षताको विषयमा कसैले प्रश्न उठाउने गरेका छैनन्। जसले बढी गफ दिनसक्छठग्न सक्छभ्रम र आश्वासनको खेती गर्न सक्छऊ नै नेपालको सन्दर्भमा असल नेता कहलिन्छ। आर्दशनिष्ठा र सिद्धान्तको राजनीति गर्नेहरू 'सिनमा कहिल्यै आउन सक्दैनन्। 

तरयसपटक नेताको तर्फबाट गरिएको त्यागलाई लिएर राजनीति तरंगित भएको छ। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समिति बैठकमा उपाध्यक्ष पद त्याग गरेको घोषणा गरे। उनले लिखित रूपमा अध्यक्ष प्रचण्डसमक्ष त्यागपत्र बुझाए। यस अघि पनि पार्टीमा तीनपटक पद त्याग गरिसकेका डा. भट्टराईको यो कदमलाई धेरैले राजनीतिक 'स्टन्ट'का रूपमा बुझेका छन्। पार्टी राजनीतिमा उनलाई लामो समयदेखि भोग्दै आएका नेता तथा कार्यकर्ताले डा. भट्टराईको यो कदमलाई आफ्नो स्थान अझै दरिलो बनाउने चालबाजीका रूपमा बुझिरहेका छन्। त्यागपत्र दिएपछि 'न्युज साइट' 'अनलाइन खबर डट कममार्फत स्पष्टीकरण दिँदै डा. भट्टराईले आफ्नो इमानदारीमाथि प्रश्न उठाउँदा पीडा हुने बताए। पद र सत्ता नै सबैथोक होइन भन्ने कुरालाई व्यवहारतः स्थापित गर्न त्याग गरेको भट्टराईको स्पष्टीकरणलाई धेरैले पत्याएका छैनन्। पद त्यागको निर्णय फिर्ता गराउन गरिएको प्रयास विफल भएपछि आगामी साउन चार गतेदेखि सुरु हुने विस्तारित बैठकमा एनेकपा माओवादीभित्र देखिएको त्यागको राजनीतिको छिनोफानो हुने आशा धेरैले राखेका छन्। 

नेपालीमा एउटा कथन छ– 'नमरी स्वर्ग देखिन्न।डा. भट्टराईको यो कदम पनि यही कथनसँग मिल्दोजुल्दो देखिन्छ। आफू त्यागी भएको देखाउन उनी नेतृत्व तहबाटै पन्छिने निर्णयमा पुगेका छन्। उनको आह्वान छनिश्चित उमेर पुगेका साथीहरूले स्थान खाली गरेर नयाँलाई ठाउँ दिऊँ। यो अति सुन्दर 'आइडियाहो। तरउनको यो सुन्दर विचार 'एक्स्प्लोरहुन नपाउँदै यसमा काला छिटा पर्न थालिसकेका छन्। डा. भट्टराईले भनेजस्तै ६० वर्ष पुगेकाले पार्टी नेतृत्वबाट पन्छिन थाल्ने र ६५ वर्ष पुगेकाले अनिवार्य अवकाश लिने पद्धति निर्माण हुनसक्यो भने यसले नेपालको राजनीतिमा पनि कम उमेरका पार्टी अध्यक्ष र 'योङप्रधानमन्त्री  हुने अवस्था आउन सक्थ्यो होला। तरडा. भट्टराईको यो त्यागपत्र राजनीतिक खेलको नयाँ तुरुप भएको धेरैको आशंका छ। यसलाई चिर्न डा. भट्टराईले अर्को कस्तो त्याग गर्छन् त्यसका लागि भने केही समय कुर्नैपर्ने हुन्छ। 

अध्यक्ष प्रचण्डभन्दा केही महिनामात्र जेठा उपाध्यक्ष डा. भट्टराईले पद त्याग गरेपछि यसको नैतिक दबाबमा प्रचण्ड पर्छन् भन्ने टीकाटिप्पणी पनि गर्न थालिएको छ। आफू पार्टी अध्यक्ष बन्न नसक्ने भएपछि उमेरको हदबन्दीको मेसो मिलाएर पहिलो तहका सबै नेतालाई अवकाश दिलाउने भट्टराई योजनाको चर्चा पनि उत्तिकै छ। डा. भट्टराईले असल नियतले नै यो कदम चालेको दुहाइ दिए पनि उनको यो कदम संशयको घेरामा परिसकेको छ। अहिलेको राजनीतिक देशकाल नेताहरू पद त्यागेर वैराग्यतिर लाग्ने खालको छैन। त्यसमा पनि देशको ठूलो र शक्तिशाली तथा परिवर्तनको एजेन्डा बोकेको पार्टी भनिएको एनेकपा माओवादीका जिम्मेवार नेताहरू पार्टी राजनीति त्यागेर काशीवासतिर लाग्ने हो भने जनताको परिवर्तनप्रतिको चाहना कसरी पूरा हुन सक्लाराजनीति गर्न पार्टीको नेतृत्व तहमै बस्नुपर्छ रडा. भट्टराईले प्रश्न गरेका छन्। उनलाई कुन भूमिका र कसरी क्रियाशील गराउने होत्यसको विधि तय हुनुपर्ने उनको माग छ। यसबाट प्रस्ट बुझिने कुरा के हो भने डा. भट्टराई पार्टीभित्र यस्तो भूमिकाको खोजीमा छन्जहाँ जो कोहीको पहुँच नपुगोस् वा उनको लहरमा कोही बस्न नआइपुगोस्। पार्टी एकीकरणपछि टुप्लुुक्क कुुम जोड्न आइपुगेका नारायकाजी श्रेष्ठसँग डा. भट्टराई 'फेमिलिएरहुन सकिरहेका छैनन्। टुक्रिएका वैद्य जोडिन आए भने त्यसको असर पनि भोग्नुपर्ने त्रास भट्टराईमा देखिन्छ। एनेकपा माओवादी पार्टी निर्माण र १० वर्षे सशस्त्र विद्रोहको सञ्चालनमा बौद्धिक नेता डा. भट्टराईको अथक परिश्रमलाई कसैले अवमूल्यन गर्न सक्दैन। सातौँ महाधिवेशनबाट उपाध्यक्षमा चुनिएका उनी पार्टी कार्यकर्ता र सर्वसाधारण जनताका लागि पनि आर्दश नेता हुुन्। पढेलेखेका नेताको छवि बनाएका उनको काम गर्ने तरिका भने धुन्धुकारी खालको छ। जतिबेला डा. भट्टराई प्रधानमन्त्रीको कुर्सीमा थिएत्याग गर्न नसकेको भन्दै आलोचनाको भारीले थिचिएका थिए। अहिले उनले यस्तो बेला त्यागको अस्त्र फ्याँकेका छन्जसले पार्टी राजनीतिमात्र होइन अन्य तह र तप्काको राजनीतिलाई पनि असर पुर्‍याउने देखिन्छ। मंसिर ४ गते गर्ने भनिएको निर्वाचनका लागि एक ढिक्का भएर लाग्नुपर्ने दल त्यागको राजनीतिमा अल्झेपछि कतै निर्वाचन पनि त्यागिने पो हो किनयाँ शंका उब्जिएको छ। डा. भट्टराईको यो कदमले न उनको पार्टीत्यसको नेतृत्व तथा राष्ट्रिय राजनीति कतै पनि सुखद अवस्था सिर्जना हुँदैन। नेताहरू कुर्सीमा सहमत हुन नसकेर त्यागको 'मुड'मा पुगेर पूर्वप्रशासकहरूलाई सत्ता सुम्पिएको अवस्थामा यस्ता त्यागका शृंखलाले सबै चिज त्यागिने अवस्था आउन सक्छ। त्याग कहिलेकाहीँ आत्मघाती हुन सक्छ। 
मूर्तिजस्तो मान्छे

मूर्तिजस्तो मान्छे

मानिसको जीविकाको माध्यमको कुनै सीमा हुँदैन। अनौठो काम गरेर गुजारा गर्ने मानिसमध्ये बेलायती नागरिक पल एडमिड्स पनि एक हुन्। लन्डननिवासी पल मूर्तिजस्तो भएर उभिने गर्छन्। हप्तामा पाँच दिन उनी मूर्ति...

मिस हेरिटेज हाइलाइट्स

मिस हेरिटेज हाइलाइट्स

नेपालमा पहिलोपल्ट आयोजना भएको 'मिस हेरिटेज इन्टरनेसनल २०१४'को उपाधि म्यानमारकी सुन्दरी ला यिन क्याईले जितेकी छिन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि थाइल्यान्डकी नुश्चनाकर्ण सोम्बुनसवले जितिन् भने भारतकी शितल उपारे सेकेन्ड रनरअप...

'अन्तरिम सम्पादक'

'अन्तरिम सम्पादक'

चुनावी अन्तरिम मन्त्रिपरिषद्ले नेपालमा शासन गरिरहेका बेला भारतका एक शक्तिशाली पत्रकारले आफूलाई 'अन्तरिम सम्पादक' घोषणा गरेका छन्। भारतमा लोकसभाको चुनाव नजिकिँदै जाँदा फटाफट केही प्रभावशाली सम्पादकको राजीनामा आइरहेको छ। राजीनामा...

कोरियामा कामदारको बेहाल

कोरियामा कामदारको बेहाल

रोजगारीका लागि दक्षिण कोरिया जान नेपालबाट हजारौँ युवा तछाडमछाड गरिरहेको समयमा एम्नेस्टी इन्टरनेसनलले कोरियामा रहेका आप्रवासी कामदारको अँध्यारो पाटोलाई सार्वजनिक गरेको छ।

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्।...

नेपाली व्याकरणको छेवार गर्ने नेवार गुरुहरू!

दार्जलिङमा गंगा प्रसाद प्रधानको सम्पादकत्वमा स्थानीय बोलीचालीको भाषालाई आधार बनाएर 'गोर्खे खबर कागत्' इ.सं १९०१ मा प्रकाशित भएको थियो। कथ्य भाषालाई नै लेख्य भाषा बनाउने उनको प्रयासप्रति अर्का प्रधान पारसमणिले...

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

‘आफ्नो शिवजी त साउदीमा'

‘आफ्नो शिवजी त साउदीमा'

गाडी नम्बर : बा. १ ह ३७१२चालक : कुमारी रोका तीजमा नाच्न गइएन गुरुजी?हिजो नाचियो नि खुट्टै दुख्ने गरी। सधैँ नाचेर खान नपुग्ने! व्रत बस्नुहुन्छ?बस्छु। १० वर्षकै छँदादेखि व्रत लिन थालेकी...