Monday 6 Ashwin, 2071 |
Menu

शुक्रबार

softworica

भत्किँदो घरबार

(4 votes)
भत्किँदो घरबार
बाबु र छोराको बोलचाल छैन। दाजु र भाइ अदालत पुगेका छन्। श्रीमान् र श्रीमतीले छुट्टिने बाहेक अर्काे विकल्प भेटेका छैनन्। नेपाली परिवारको संरचना र स्वरूप बदलिँदो छ। पारिवारिक विखण्डन तीव्र हुँदै गएको छ। एकता र आत्मीयताका कुरा पुराना हुँदै गएका छन्। पुर्ख्याैली सम्पत्ति, विवाहेतर सम्बन्ध, आपसी अविश्वास, जेनेरेसन ग्याप आदि कारणले परिवार भाँडिदै गइरहेको छ। संगीता श्रेष्ठ र सजना बरालले विखण्डनका कारण खोतल्ने प्रयत्न गरेका छन्।
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले भनेका छन्, 'आफैँमा विभाजित घर खडा रहन सक्दैन।उनको यो भनाइ पारिवारिक एकताको समर्थनमा छ। तरहिजोआज लिंकनको उक्तिको औचित्य समाप्त भए जस्तो लाग्छ। 'फेमिली टू इन्डिभिजुआलिजम्अर्थात् परिवारभन्दा व्यक्तिलाई  भाउ दिने प्रचलन अमेरिकादेखि नेपालसम्म फैलिइसकेको छ। नेपालमा पनि अहिले संयुक्त परिवार लोपोन्मुख अवस्थामा छ भने परिवार झन्झन् सानो र टुक्रिँदो छ। आत्मनिर्भर हुने बहानामा मान्छे एकलकाँटे र स्वार्थी बन्दै गएका छन्।   

पचाससाठी जनाको संयुक्त परिवारमा हुर्किएकी सर्वोच्च अदालतकी न्यायाधीश सुशीला कार्की भन्छिन्, 'स्कुल जाने बेला कहिल्यै भात पाकेको हुँदैनथ्यो। कहिले भोकै त कहिले दही च्युरा खाएर स्कुल जान्थ्यौँ।एउटै परिवारमा पचाससाठी जना मान्छे! उनको पारिवारिक इतिहास सुन्दा अहिलेको पुस्ता आश्चर्यचकित हुने सुशीलाको अनुभव छ। 

आजभोलिको परिवार श्रीमान्श्रीमती र छोराछोरीमा सीमित हुने गरेको छ। छोराछोरी नभएको घरमा श्रीमान्श्रीमतीबाहेक तेस्रो प्राणी टाढाटाढासम्म पनि देखिन छाडेका छन्। 'स्मल फेमिली इज ह्याप्पी फेमिली,' लैनचौरकी २८ वर्षीया उषा पौैडेलको धारणा छ, 'न सासुससुराको टेन्सनन त नन्ददेवरको! जिन्दगी आफ्नै हिसाबले बाँच्न पाइन्छ।'

एकात्मक परिवारको अवधारणा नै पारिवारिक विखण्डनको पहिलो खुट्किला भएको जानकारहरू बताउँछन्। रयसको सम्बन्ध उत्पादन प्रणालीसँग जोडिने समाजशास्त्रीहरूको धारणा छ। 'पहिलेका मानिस कृषिमा निर्भर हुन्थे,' समाजशास्त्री सुरेश ढकाल भन्छन्, 'जीवन निर्वाहमुखी कृषि कार्यमा परिवारका सबै सदस्य संलग्न हुन्थे र श्रमिकका रूपमा काम गर्थे। त्यसैलेत्यतिबेला ठूलो परिवार नछुट्टीकन एउटै छानोमुनि बस्थ्यो। तरजब गाउँका मानिसहरू शहर पस्न थालेकृषिप्रति उनीहरूको आकर्षण घट्यो। गैरकृषि कार्यमा उनीहरू संलग्न हुन थाले। रसंयुक्तभन्दा एकल परिवारप्रति उनीहरूको चासो बढ्यो।'

पुर्ख्यौली सम्पत्तिः विखण्डनको बिउ 
नेपालीमा एउटा उखान छ– बाघको मुख हेर्न मन लागे बिरालोको मुख हेर्नुदुश्मनको मुख हेर्न मन लागे दाजुभाइको मुख हेर्नु। जग्गाजमिन र धनसम्पत्तिको विषयमा हुने उनीहरूको विवादले उक्त भनाइलाई केही हदसम्म सार्थक तुल्याएका छन्। 

ललितपुरका निरज भुर्तेलको परिवारिक सम्बन्ध जग्गाजमिनको लुछाचुँडीले रुग्ण बनाएको छ। उनी पैतृक सम्पत्तिमाथि आफ्नो हकदाबी गर्न अदालत पुगेका छन्। पुर्ख्यौली सम्पत्तिमा चार भाइले दाउ थापेपछि उनको घर युद्धको मैदान बनेको छ। 'सानैमा दाइहरू पढाइ छोडेर खेतीकिसानी गर्न थाले,' निरज भन्छन्, 'कोही विदेश गए। मैले चाहिँ बाआमासँगै बसेर पढाइलाई निरन्तरता दिएँ। एमए पास गरेँ र सरकारी जागिर खाएँ। अहिले दाइहरू 'पढाए बापत् तेरो अंश कट्टी भयोभन्छन्। यो त सरासर ममाथि अन्याय भयो।'

दाइहरूले कान्छो भाइलाई आफूहरूले पाउने भागको आधामात्रै अंश दिनुपर्ने तर्क गरेको उनले बताए। तरआमा साथमा रहेकाले आफूले जिउनीसहित दुई भाग अंश पाउनुपर्ने निरजको माग छ। ललितपुरमा तीनतले घर र चार कट्ठा जग्गा भएका यी चार भाइको अंशबण्डासम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। कुममा कुम जोडेर हुर्किएका भुर्तेल दाजुभाइ अहिले पानी बाराबारको अवस्थामा छन्। 

पुर्ख्यौली सम्पत्तिकै केस लिएर अदालत पुगेकी छिन्काठमाडौँकी समता थपलिया। बुवाआमाले भाग लगाइदिएको सम्पत्ति दाइहरूले दिन नमानेपछि उनी न्याय खोज्दै अदालत पुगेकी हुन्। यति थोरै सम्पत्ति तीन दाजुभाइलाई नै बाँड्न पुग्दैन्तँलाई के दिनु?' दाइहरूको भनाइ उद्धृत गर्दै समताले भनिन्, 'तँलाई पनि भाग लगायो भने हामी सुकुम्बासी बन्छौँ।आमाबुवाले आफ्नो नाममा नामसारी नगरिदिएकाले अंशको विषयमा दाजुहरू 'कंशभएको उनको गुनासो छ। सँगै मिलेर बसेका दाजुबहिनी बुवाआमाको निधनपछि बिलकुल पराई भएका छन्। 

जग्गाजमिन र धनसम्पत्तिका लागि दाजुभाइ र दिदीबहिनीबीच मात्रै नभएर अभिभावक र छोरीछोरीबीचसमेत चर्काचर्की हुने वकिल अमृत राजभण्डारीले बताए। 'अहिलेका केटाकेटीहरू टिनएज नकट्दै अंश माग्न थाल्छन्,' उनले भने, 'बाबुआमाले दिन मान्ने कुरै भएन। यही विषयमा पनि उनीहरूको झगडा हुन्छ। तरयो मुद्दै हाल्ने अवस्थामा भने पुग्दैन।

समाजशास्त्री टीकाराम गौतमका अनुसार क्षमता र रोजगारी पारिवारिक विखण्डनका बलिया स्रोत हुन्। 'अहिले धनआर्जनको विषयमा प्रतिस्पर्धा बढेको छ,' उनी भन्छन्, 'कसको पहुँच कहाँ छ र उसले कति कमाउन सक्छ भन्ने कुरा महŒवपूर्ण भएको छ। यसले परिवारमा किचलो ल्याउन धेरै सघाएको छ।'

बुढाबुढीको बिजोग
दाजुभाइमध्ये एकजना जागिरे र अर्को बेरोजगार वा कम आयस्रोत भएको खण्डमा उनीहरूबीच मनमुटावईष्या र खिचातानी हुने सम्भावना उच्च हुन्छ। रत्यही मनमुटावले परिवारमा भाँडभैलो निम्त्याउने गरेको छ। अशक्त र क्षमताविहीन मानिस परिवार र समाजका लागि बोझ हुन थालेका छन्। यसको मार वृद्धवृद्धा र नाबालकमाथि पर्ने गरेको छ। बाँसबारीस्थित सुकुम्वासी टोलमा बस्दै आएकी ६३ वर्षीया मिठुमाया विष्ट भन्छिन्, 'चार भाइ छोरा र तीनटी बुहारी विदेशमा छन्। एउटा अमेरिकामा छएउटा मकाउ र दुई भाइ दुबईमा छन्। कान्छी बुहारी माइतमै बस्छे। सबै जना फोन गरिरहन्छन्। तरउनीहरू घर फर्केर नआएको पाँच वर्ष भयो। म  मरेपछि एकैचोटि दागबत्ती दिन आउने होलान्।

अहिलेका मानिस यतिबिघ्न व्यस्त हुन थालेका छन् कि उनीहरू आफ्ना नाबालक छोरीछोरी र वृद्ध बाआमालाई हेर्न र समय दिन सक्दैनन्। वृद्धाश्रम र मन्टेसरी स्कुल बाआमा र बालबच्चा थन्क्याउने अखडा भएका छन्।  

विवाहेतर सम्बन्धले भाँडेका घर  
पारिवारिक विखण्डनको अर्को प्रमुख कारण हो– विवाहेतर सम्बन्ध। कालीमाटीस्थित महिला सेलमा सबैभन्दा बढी बहुविवाह र विवाहेतर सम्बन्धका मुद्दा आउने त्यहाँकी प्रहरी निरीक्षक सुशीला प्रधान बताउँछिन्। 'दिनभरिमा सातआठ वटा उजुरी पर्छन्। तीमध्ये बहुविवाह र विवाहेतर सम्बन्धकै उजुरी नै बढी हुन्छन्,' उनी भन्छिन्।

विवाहेतर सम्बन्धका कारण कालोपुलकाठमाडौँकी दिलु शर्माको 'घरनराम्ररी चर्किएको छ। घरपरिवारले खोजेको केटासँग विवाह गरेर सुखी भविष्यको कल्पना गरेकी दिलुका सपना बिहेपछि भताभुंग भए। बिहेअघि भलाद्मी देखिने केटाले बिहेपछि आफ्नो वास्तविक रूप देखाएको उनी सुनाउँछिन्। श्रीमान् रक्सीको नशामा धुत भएर आउने र आफूलाई कुट्ने गरको उनको दुखेसो छ। 'गर्भवती भएको बेलामा त उसले मलाई कुट्न छाडेनअरू बेला के छोड्थ्यो,' उनी भन्छिन्, 'म माइत गएको बेला कोठामा केटी लिएर आउँथ्यो। पछिपछि त मेरै अगाडि केटी लिएर कोठामा पस्न थाल्यो।धैर्यको बाँध टुटेपछि उनले माइतीको सहयोगमा अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालिन्। रश्रीमान्बाट छुट्कारा पाइन्। 

विवाहेतर सम्बन्धलाई वैदेशिक रोजगारीले निकै ऊर्जा दिने जानकारहरू बताउँछन्। तथ्यांकअनुसार रोजगारीका लागि विदेश जाने पुरुषको संख्या अत्यधिक छ। तिनमा  २० देखि ४० वर्ष उमेर समूहका र विवाहित पुरुष बढी छन्। श्रीमान् विदेशिएपछि छोराछोरीसहीत श्रीमतीहरू घरबाट टाढिने गरेका छन्। छोराछोरी पढाउनेलगायत बहानामा उनीहरू सदरमुकाम वा राजधानी छिर्ने गरेका छन्। लामो समयसम्म श्रीमान्बाट टाढिने थुप्रै महिलाले परपुरुषसँग सम्बन्ध राख्ने गरेका छन्। यसले पारिवारिक विखण्डनको भयानक स्थिति सिर्जना गरेको छ। 

पाँच वर्ष कोरिया बसेका रमेश धितालले घर फर्किएपछि आफ्नी श्रीमती अरूकै घरकी दुलही भएको चाल पाए। 'म विदेश गएदेखि नै उसले छिमेकी ठिटासँग लसपस बढाएकी रैछ,' उनले भने, 'बुढा बाआमालाई एक्लै छोडेर मेरो पाँच वर्षको छोरासमेत लगेर गई। अबआमाछोराकै अंश चाहियो भन्छे। छोरालाई त दिउँला। त्यो नखरमाउलीलाई किन अंश दिने मैले?' रमेश अहिले अदालतको ढोकामा उभिएका छन्। 

प्रेम विवाहले चर्केका घर
वर्तमान समयमा प्रेम विवाह पनि पारिवारिक विखण्डनको एक कारक भएको छ। आँखा जुध्नासाथ दमाहा बजाउन आतुर हुने अहिलेका अधिकांश युवायुवतीको वैवाहिक सम्बन्ध जोडिन नपाउँदै भ्वाङ पर्ने गरेको छ।  

पाँच वर्षअघि बिहे गरेका कमला तामाङ र शिव महर्जन अहिले सम्बन्धको गाँठो फुकाउन अदालत धाउँदै छन्। दुई वर्षको अफेयरपछि बिहे गरेका उनीहरू अचेल एकअर्काको मुखै हेर्न चाहँदैनन्। बिहेअघि खुब माया गरेजस्तो देखाउनेले अहिले कुटपिट र गालीगलौज गरेको आरोपमा कमलाले शिवविरुद्ध उजुरी हालेकी छन्। पहिला यस्तो गर्दिउँलाउस्तो  गर्दिउँला भन्दै बिहे गर्न उक्सायो,' उनी सुक्सुकाइन्, 'अहिले मरुन्जेल कुट्छ।'

बिहे भएको एक वर्षपछि सम्बन्ध विच्छेद गर्न आँटेकी निशा तामाङ काठमाडौँ जिल्ला अदालतमा भेटिइन्। 'हाम्रो जातिमा भागेर विवाह गर्नुलाई सामान्य नै मानिन्छ,' उनले आफ्नो व्यथा सुनाइन्, 'मैले पनि मन परेको मान्छेसँग भागेर बिहे गरेकी थिएँ। बिहे गरेको एक महिनामै म गर्भवती भएँ। गर्भ रहेको बेला पटकपटक जाँच गराउन जानुपर्ने बेलामा सँगै जाउँ किभन्दा ऊ 'मलाई लाज लाग्छ जान्नँभन्थ्यो। उसको कुरा सुनेर म  छक्क पर्थें। अहिले नै यस्तो भन्ने मान्छेले जीवनभर साथ दिन्छ जस्तो लागेको थिएन। रनभन्दै त्यस्तै भयो। उसको बानीबेहोरा फेरिँदै गयो। मलाई बिनाकारण गाली गर्नेभुत्लाउनेपेटमा लात हान्ने गर्न थाल्यो। त्यसपछि म माइतीमै बस्न थालेँ। रउसलाई छोड्ने निश्चय गरेर गर्भपतन गराएँ।'

सम्पत्ति र घरेलु हिंसा 
काठमाडौँ जिल्ला अदालतमा मुद्दामामिलाका लागि पुग्ने अधिकांश केस’ पहिलो चरणमा दुवै पक्षबीच मेलमिलाप गराउने प्रयास’ भन्दै अदालत परिसरमै खडा गरिएको मेलमिलाप केन्द्रमा पुर्‍याइन्छ। सो केन्द्रमा पुग्ने केसमध्ये अधिकांश पारिवारिक विवादका हुने गर्छन्। परिवारको विवाद केही छलफलपछि मिल्न सक्ने सम्भावना धेरै रहन्छ,' मेलमिलापकर्ता वसन्ती श्रेष्ठ भन्छिन्, 'तरपरिवारबाहिरका अन्य केस मिल्न गाह्रो पर्ने भएकाले केन्द्रमा त्यति आउँदैनन्।उनका अनुसार धेरैजसो पारिवारिक केसमा श्रीमान्श्रीमतीका विवाद धेरै हुन्छन्। उनीहरू सम्बन्धविच्छेद नै गरेर छुट्टाछुट्टै बस्न भन्दै कस्सिएर अदालतसम्म पुग्छन्। त्यसपछि धेरै विवाद हुने विषय भनेको सम्पत्ति र घरेलु हिंसा हो। सम्पत्तिका लागि दाजुभाइ तथा बाबुछोराबीच काटमार हुने केस अदालतमा पुग्छन्।        

'जेनेरेसन ग्याप'
मनमुटावझैझगडा र मुद्दामामिला भएपछि मात्रै परिवार विखण्डित हुन्छ भन्ने छैन। 'जेनेरेसन ग्यापवा दुई पुस्ताबीचको अन्तरले पनि परिवारको सम्बन्ध फिका बनाउने गरेका छन्। बेलायती गायक क्याट स्टेभेन्सको गीत 'फादर एन्ड सनमा भनिएझैँ अहिले हाम्रो समाजमा पनि बाबु र छोराबीच वैचारिक द्वन्द हुने गरेको छ। बाबु आफ्नो छोरालाई पुरानै मूल्यमान्यता र रीतिरिवाज सिकाउन चाहन्छ भने छोरा नयाँ प्रविधि र प्रचलनसँग रमाउन खोज्छ। यसले उनीहरूबीच खटपट र मतभेदको अवस्था सिर्जना गर्ने गरेको छ। यो प्रसंग बाबु र छोराबीच मात्रै नभएर आमाछोरीबाबुछोरी र आमाछोराबीच पनि लागू हुन्छ। 

काठमाडौँको टोखास्थित राजु मगर र उनका बुबाबीच बोलचाल नभएको छ महिना भइसक्यो। 'जुत्ताको कुरामा झगडा भा'थ्यो,' राजुले नबोल्नुको कारण खुलाए, 'मैले कन्भर्स सुज किन्दिनु भन्याथेँ। सुड्डो (बुवा) ले गोल्डस्टार किन्दिरा!रिसको झोँकमा राजुले 'गोल्डस्टार'लाई झ्यालबाट मिल्काइदिएछन्। बाबुले पनि राजुको ढाडमा लात बजारेर पालोको पैँचो तिरेछन्। 'रातभर लडाइँ पर्‍याथ्यो,' उनले भने, 'त्यही बेलादेखि बोल्न छोडेको अहिलेसम्म बोल्या छैनौँ।'

अहिलेको पुस्ता आफ्नै तौरतरिकाले जीवन जिउन चाहन्छ भने अभिभावक पुस्ता छोराछोरीमाथि बलजफती गर्न खोज्छ। लवाइखुवाइ र बोल्ने स्टाइलदेखि समग्र जीवनशैलीमा नै नयाँ पुस्ता स्वतन्त्र र आफूखुशी गर्न चाहन्छ। समाजशास्त्री टीकाराम गौतमका अनुसार हरेक कालखण्डका युवा विकास र प्रविधिको पक्षमा हुन्छन्। 'उनीहरू परिवर्तन रुचाउँछन् भने अभिभावक र हजुरबा पुस्ता यथास्थितिवादी हुन्छन्,' उनी भन्छन्, 'यी तीन पुस्ताबीचको वैचारिक र सामाजिक अन्तरले पारिवारिक द्वन्दको बीजारोपण गर्छन्।'

'हाम्रा पालामा अलिकति पिडौँला मात्रै देखायो भने पनि आमाहरूले जगल्टा उखेल्दिन्थे,' काठमाडौँस्थित खुसेबुकी ३८ वर्षीया आशा गौचन भन्छिन्, 'अहिलेका केटीहरू नाइटोतिघ्रा सबैथोक देखाएर हिँड्छन्। कस्तो जमाना आयो?' सिभिल मलमा भेटिएकी जेभियर कलेजकक्षा १२ की समीक्षा सिंह ठकुरीलाई भने अहिलेको जमाना निकै सजिलो र गजब लाग्छ। भन्छिन्, 'मान्छेहरू इन्डिपेन्डेन्ट बन्न चाहन्छन्। त्यसका लागि काम गर्नैपर्छ। काम गरेपछि समयको अभाव हुन्छ। थोरै समयमा धेरै थोक गर्न अहिलेको फेसन र लाइफस्टाइलले सहयोग गरेका छन्।उनले सारीको सट्टा वानपिसको उदाहरण दिएकी थिइन्। 
(अम्मर जिसी र अन्जान स्वीकृतिको सहयोगमा) 

विखण्डन होइन, रूपान्तरण

सुरेश ढकालमानवशास्त्री 
पारिवारिक विखण्डनलाई सामाजिक समस्याका रूपमा नभई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्छ। समाज विकास र रूपान्तरणका क्रममा यसका संरचनाहरू बदलिइरहन्छन्। मानव समाज परिवर्तनको इतिहासलाई हेर्दा पनि परिवारको स्वरूप र संरचना सधैँ एकनास भएको पाइँदैन। यो परिवर्तनशील प्रक्रिया हो। त्यसैले अहिलेको पारिवारिक विखण्डन प्रक्रियालाई पनि स्वाभाविक रूपमा लिनु आवश्यक छ। 

उत्पादनको सम्बन्ध र स्वरूपले परिवारको स्वरूपलाई फरक पार्दछ। उत्पादनको संरचना र स्वरूपमा परिवर्तन भएकाले अहिलेको नेपाली समाजमा पारिवारिक विखण्डन बढी देखिएको छ। 

नेपाल कृषिप्रधान देश हो। पहिले जीवन निर्वाहमुखी कृषि कार्यमा परिवारका धेरै सदस्य संलग्न हुन्थे र श्रमिकका रूपमा काम गर्थे। परिवार उत्पादनको मुख्य इकाई थियो। त्यसैले ठूलो परिवार नछुटिई एउटै ठाउँमा बस्थ्यो। तरबिस्तारै गैरकृषि क्षेत्रमा मानिसको सहभागिता बढ्न थाल्यो। गाउँमा उद्योगव्यवसायजागिरको सम्भावना नदेखेपछि युवा पुस्ता शहरमा भित्रिन थाले तर पुराना पुस्ता गाउँमै बस्न रुचाए। यसरी भएको आर्थिक संरचनाको परिवर्तनले परिवारलाई रूपान्तरित गर्‍योजसलाई अहिले पारिवारिक विखण्डनको संज्ञा दिइँदै छ।

पहिले व्यक्ति परिवारमा आश्रित भए पनि अहिले उसले आफैँमा आश्रित हुनुपर्ने समय आएको छ। व्यक्तिले आफ्नो उन्नयनप्रगतिबारे आफैँ सोच्नुपर्ने र गर्नुपर्ने भएको छ। आफ्नो विषयमा सोच्दा व्यक्तिले कतिपय पुराना मूल्यमान्यता त्यागेर नयाँ ग्रहण गर्नुपर्ने हुन्छजसलाई पूँजीवादी सोच वा शहरिया प्रवृत्ति भन्न सकिन्छ। व्यक्ति र परिवारको रुचि फरक भएपछि दुवैबीच मतभेद हुनु स्वाभाविक होजसले दुवैलाई एकअर्काबाट टाढा गर्छ। कथाको श्रवणकुमारजस्तो छोराछोरी पाउन अहिलेको समयमा गाह्रो छ। सायद असम्भव! 

मध्यम वर्गीय परिवारमा विखण्डनको प्रक्रिया बढी देखिएको छ। आर्थिक रूपमा सम्पन्न व्यक्तिमा सम्पूर्ण परिवारलाई एउटै ठाउँमा राख्न सक्ने क्षमता हुन्छ। यसका विपरीत मध्यम वर्गीय व्यक्ति सधैँ चुनौतीबाट घेरिएको हुन्छ। सानो अवसर पनि गुमाउँदा पछाडि पर्ने डरले उसलाई सताइरहेको हुन्छ। अगाडि बढ्नका लागि परिवारलाई सधैँ साथ राख्नसक्ने अवस्था हुँदैन। 

विवाहेतर सम्बन्ध पारिवारिक विखण्डनमा मुख्य समस्याका रूपमा देखापरेको छ। तथ्यांकअनुसार लगभग चालिस लाख नेपाली कामदार विदेशमा छन्। त्यसमा अधिकांश पुरुष छन्२० देखि ४० वर्षको उमेर समूहका र विवाहित। श्रीमान् विदेशमा हुँदा श्रीमती छोराछोरी पढाउने निहुँमा होस् वा अन्य कारणले गाउँबाट सदरमुकाम वा शहरतिर आउँछन्। परिवार र समाजको निगरानीबाट टाढा हुँदा उनले आफ्नो आकांक्षाजैविक आवश्यकता पूरा गर्न खोज्छिन्। रउनका पाइला परपुरुषतिर बढ्छन्। परिवार विखण्डन गर्ने यस कारणलाई एकदमै अप्राकृतिक चाहिँ भन्न मिल्दैन। आफ्ना इच्छाआकांक्षा दबाएरनैतिकवान् बनेर कोही बस्न सक्छन् भन्ने कल्पना गर्न गाह्रो छ। 

आजभोलि सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गएका छन्। पारपाचुके व्यक्तिको सक्षमतासँग जोडिएको कुरा हो। व्यक्ति स्वतन्त्र हुँदै छआफ्नो निर्णय आफैँ गर्ने हुँदैछआत्मनिर्भर हुँदै छ भन्ने सूचक हो। आफ्ना इच्छा र आकांक्षालाई दबाएर बस्नुभन्दा स्वतन्त्र हुनुसक्षम हुनु राम्रो हो। सम्बन्ध विच्छेद पारिवारिक विखण्डन हुँदाहुँदै पनि सकारात्मक कुरा हो। तरछोराछोरीका हकमा यसले केही समस्या अवश्य सिर्जना गर्दछ।
(कुराकानीमा आधारित) 
'सताए सीतारामले'

'सताए सीतारामले'

एमाले नेता केपी ओलीको बोली गोली चलेजस्तै चल्छ। उनले उखानटुक्काबाटै व्यंग्य कसेर धेरैलाई र्यालखर्यानखती पारेका छन्। उनका राजनीतिक दाउपेच र यस्तो बोलीले धेरैलाई सताएका छन्। उनलाई चाहिँ कसले सताएको होला?...

'मलाई कसैले रोक्न सक्दैन'

'मलाई कसैले रोक्न सक्दैन'

प्रियंका कार्की नेपाली फिल्मकी व्यस्त अभिनेत्रीमा पर्छिन्। सन् २००५ मा मिस टिन भएपछि ग्ल्यामर क्षेत्रमा देखिएकी उनले म्युजिक भिडियो र एडमा पनि उत्तिकै काम गरेकी छिन्।

जनताः दुर्गाभन्दा ठूलो शक्तिको प्रतीक

यसपटक गजबको संयोग परेको छ। राजनीति गर्नेहरूको ठूलो पर्व निर्वाचन र नेपालीहरूले ठूलो चाड दसैँ एकै 'सिजन'मा परेको छ। दोस्रो संविधानसभा निर्वाचनका लागि मैदानमा उत्रिएका नेताहरू मतदाता समक्ष पुग्ने 'पिक...

तालीको भोको टोन ट्रिएङ्गल

तालीको भोको टोन ट्रिएङ्गल

टोन ट्रिएङ्गल।नामैले प्रस्ट छ– यो तीन सदस्यको सांगीतिक समूह हो। पर्कसनिस्ट पुनम सापकोटा, गिटारिस्ट विशालविक्रान्त अधिकारी र भोकलिस्ट तथा गिटारिस्ट राकेश महत यसमा आबद्ध छन्। ब्यान्ड डेढ वर्षअघि फर्म भएको...

गीतले जुराएको गृहस्थी

गीतले जुराएको गृहस्थी

रामचन्द्र काफ्ले–जुनु रिजाल दम्पती संगीत पेसामा आबद्ध छ। रामचन्द्रका 'हिउँ चुलीमा घाम लाग्यो', 'लाठी चार्ज', 'वार्ता गराइदेऊ'लगायत दर्जनौँ गीत हिट छन्। त्यसै गरी जुनुले गाएका 'कसले सुरुवात गर्यो ', 'हिमाललाई...

उध्रियो मनको चोली

उध्रियो मनको चोली

नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट...

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्। लाम जानेको मात्र छैन। फर्कनेको...

सभापति कोइरालाको उपलब्धिविहीन कार्यकाल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको असहयोगका कारण पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न नसकेको कुतर्क गरेका छन्। सभापति कोइरालाको चारवर्षे...