Tuesday 4 Kartik, 2071 |
Menu

शुक्रबार

यतै कि उतै?

(1 Vote)
यतै कि उतै?
बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि पठाइरहेका छन्। 
तर, यही फिल्म 'किन किन'को सुटिङ सकाएलगत्तै शशी सम्पर्कविहीन छिन्। त्यसैले निर्देशक दाहालले अचेल असाध्यै धेरै झेल्ने प्रश्न बनेको छ, 'शशी खोइ?' काठमाडौँस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत शशी परीक्षाका लागि होस्टलमा बसिरहेको भनेर केही समय टारे। शशीले उनलाई पनि त्यसै भनेकी थिइन्। तर, परीक्षा सकिएपछि पनि शशी सम्पर्कमा आइनन्। अचेल उकेश जवाफविहीनमात्रै छैनन्, तनावमा पनि छन्। फिल्म रिलिज हुन डेढ महिना पनि बाँकी नभएको अवस्थामा मुख्य हिरोइन बेखबर भएपछि प्रचारमा समस्या आउने देखिएको साथीभाइलाई भनिरहेका छन्। तनावग्रस्त निर्देशक दाहालका लागि खुशीको खबर छ, शशी १५ दिनमा सम्पर्कमा आउनेछिन्। शुक्रवारसँग फेसबुक सम्पर्कमा आएकी उनले 'यो फिल्म करिअरको सवाल' भएको बताउँदै अबको १५ दिनभित्र सम्पर्कमा आउने बताएकी छिन्। अनलाइनमा उनले भनिन्, 'यो फिल्म हिट भएन भने मेरो अन्तिम फिल्म हुनेछ।' कता हो त? भन्ने प्रश्नमा उनको उत्तर थियो, 'यतैउतै।' उनी उतै (विदेशतिर) रहेको हल्ला बजारमा बाक्लै छ। यतैउतै भन्ने ठाउँको नाम नभएकाले उनी यतै छिन् कि उतै, खुट्याउन मुस्किल पर्‍यो।

भिडियोबाटै 'आई लभ यू'

शहरबजारलाई १४ फेबु्रअरीको रन्कोले छोइसकेको छ। जोडी सँगै भएकाले भेटेर, गुलाबको फूल वा उपहार दिएर प्रेम दिवस मनाउने तयारीमा छन् भने श्रीमान्–श्रीमती टाढा भएकाहरूले पनि केही योजना बनाएका छन्। झापा,...

'फिल्ममा हिरो फाप्दैन, घरमा हिरोइन'

'फिल्ममा हिरो फाप्दैन, घरमा हिरोइन'

छवि ओझाले फिल्म निर्माण थालेको २५ वर्ष भयो। यो अवधिमा १९ वटा फिल्म निर्माण गरे। फिल्म 'लोफर' बाहेक उनले निर्माण गरेका फिल्ममा हिरोइनको भूमिका सशक्त छ। पछिल्लो समय उनी लगातार...

म सबैको किशोर दाइ

म सबैको किशोर दाइ

पुस्तक अंश : मेरो समय किशोर नेपाल चार दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन्। राजनीतिक विश्लेषणमा पनि उनको दक्खल छ। आइतवार उनको संस्मरणात्मक किताब 'मेरो समय' बजारमा आउँदै छ। त्यही किताबको...

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

गाउँदागाउँदै 'इमोसनल' भइन्छ

पन्ध्र वर्षको उमेरमै सोलो एल्बम 'परी' ल्याएर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी रजिना रिमाल अहिले पार्श्वगायिकाका रूपमा स्थापित छिन्। फिल्म र कलेक्सन एल्बममा गरी आठ सयभन्दा बढी गीत गाइसकेकी उनले...

'म नेपथ्यको बोस होइन'

'म नेपथ्यको बोस होइन'

बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो।...

तालीको भोको टोन ट्रिएङ्गल

तालीको भोको टोन ट्रिएङ्गल

टोन ट्रिएङ्गल।नामैले प्रस्ट छ– यो तीन सदस्यको सांगीतिक समूह हो। पर्कसनिस्ट पुनम सापकोटा, गिटारिस्ट विशालविक्रान्त अधिकारी र भोकलिस्ट तथा गिटारिस्ट राकेश महत यसमा आबद्ध छन्। ब्यान्ड डेढ वर्षअघि फर्म भएको...

रोग नचिन्ने वैद्य

रोगपत्ता लगाउन घरमा आएका बिरामीको नाडी छाम्दै चतुर्‍याइँ जानेका बुढा वैद्य बेलाबेला टाउको हल्लाउँदा रहेछन्। कति बेला दायाँ-बाँया र कति बेला तलमाथि। वैद्य बुढाको टाउको हल्लाइको दोहोरो अर्थ लगाउन सकिन्थ्यो।...

केही गर्छन् है विमलले!

केही गर्छन् है विमलले!

तीन वर्षअघि बुटवल एकेडेमीबाट काठमाडौँ आएका विमल अहिले युरोपियन क्लबमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका छन्। फुटबल विवादमा तानिइरहेका बेला विमलले युरोप गएर नेपाली खेलकुदलाई नै सुखद अनुभूति दिलाइरहेका छन्।...