Tuesday 15 Ashad, 2072 |
Menu

शुक्रबार

'धन्न, आइटम क्विन बनिनँ!'

(1 Vote)
'धन्न, आइटम क्विन बनिनँ!' मौसमी गुरुङ, गायिका
गायिका मौसमी गुरुङको गायन पनि मौसमजस्तै छ। कहिले उनी रिमिक्समा भुल्छिन्, कहिले जिंगलमा झुल्छिन्, कहिले आइटम सङमा अड्किन्छिन्। 'परेलीमा छौ कि कसो', 'चोरेर लग्यो यो मन', 'लाउन त लाइदिएँ माया मैले' उनका चर्चित केही गीत हुन्। संगीत, सम्बन्धजस्ता उनका जीवनका केही पक्षबारे सजना बरालले उनीसँग अन्तरंग कुराकानी गरेकी छिन्। 

  

 

खैहामीलाई त बिहेको भोज पनि ख्वाउनुभएन! 

तपार्इंलाई मात्र होइनकसैलाई पनि ख्वाइनँ। भोजमा बोलाउनुपर्ने मान्छे धेरै भए। सबैलाई बोलाएर साध्य नहुने भयो। कतिलाई त बोलाउँछु भन्दाभन्दै पनि कामको चटारोले बिर्सिंदो रै'छ। त्यसो गर्दा 'मलाई चाहिँ बोलाइनँभनेर उनीहरूले चित्त दुखाउलान् जस्तो लाग्यो। त्यसैले कसैको पनि चित्त नदुखोस् भनेर मैले भोजसोज केही पनि गरिनँ। 

बिहेलाई जिन्दगीको सबैभन्दा महŒवपूर्ण घटना भन्छन्। यत्रो ठूलो अवसरमा  एउटा पार्टी पनि दिनुभएन।  

घरपरिवारआफन्त र दुईचारजना साथीभाइसँग रमाइलो गरियो। त्यहाँभन्दा बढी गर्नु जरुरी लागेन। मलाई भोजभतेरपार्टीधुमधडाकामा खासै रुचि छैन। तिनले फाल्तु खर्च गराउँछन्। आवश्यकता हेरेर मात्रै खर्च गर्ने बानी छ मेरो

। 

तपाईंको बिहेले ठूलो चर्चा पायो... 

हो। मलाई यसबारे थप चर्चा गर्नुछैन। 

चर्चा गर्नुपर्दैन। सत्य कुरा भन्दिनुस् न।

प्लिज....खाटा बसेको घाउ नकोट्याइदिनुस्। 

भएको चाहिँ के होक्लियर गराइदिनुुस् न।

मेरो श्रीमान् पहिले नै विवाहित हुनुहुँदो रहेछ। बिहेपछि मात्रै मलाई थाहा भयो। उहाँको पहिलो श्रीमतीले हाम्रो बिहेलाई लिएर लफडा गर्नुभयो। मिडियामा पनि अनेक थरी कुरा आए। त्यसलाई सेटल गर्न निकै गाह्रो भयो। मलाई त्यतिबेला साह्रै तनाव भएको थियो। 

कुरा मिल्यो त अहिले?

मिल्यो। मेरो श्रीमान्ले उहाँसँग डिभोर्स गर्नुभयो। अहिले हामी खुसीसाथ आआफ्ना लाइफ बाँचिरहेका छौँ। 

उहाँमा के त्यस्तो देख्नुभयो

मन पराउनलाई कारण चाहिँदैन। यत्तिकै मन पर्‍यो। तरउहाँको स्माइलको चाहिँ म फ्यान हुँ। रअर्को कुरा उहाँ पनि थुप्रै समय इन्डिया बस्नुभएको रहेछ। म त झन् उहीँ जन्मेहुर्केकी हुँ। दुवैजनाको हिन्दी भाषा राम्रो भएकाले सुरुसुरुमा हामी हिन्दीमै कुरा गर्थ्याैं। 

आफू विवाहित भएको ढाँटेर तपाईंलाई उहाँले धोका दिनुभएको होइन रअलिअलि धोकै हो। उहाँले पहिले नै म विवाहित हुँ भनेको भए हाम्रो विवाह हुन्थेन। तरअब यस विषयमा मलाई कसैसँग केही गुनासो छैन। जे भयोराम्रै भयो। हामीबीच सहमति भइसक्योकुरा मिलिसक्यो। यसलाई किन कोट्याइरहनु

तपाईंले थुप्रै समय भारतमा बिताउनुभयो। त्यहाँको के कुरा बढी 'मिसगर्नुहुन्छ?

बाबा इन्डियन आर्मी भएकाले भारतका थुप्रै ठाउँमा सिफ्ट भइरहनुपर्‍यो। धेरै ठाउँको सम्झना आउँछ। जम्मुको शीतलतादिल्लीको गर्मीकलकत्ताको चाटगोलगप्पालखनउको चिकेन फ्राइड राइस र छप्पनभोगको मिठाइ जहाँ गए पनि भुल्दिनँ।  

साथीभाइको चाहिँ सम्झना आउँदैन?

आउँछ। मैले धेरै समय बिताएको लखनउमा हो। सात वर्ष बसियो त्यहाँ। मयंकसुलोचना बोहराआर्बिन्द र म खुब मिल्थ्यौँ। आर्बिन्द अलि चञ्चले स्वभावको थियो। हामी तीन जना चाहिँ साह्रै सोझा र सिम्पल थियौँ। सुलोचना र म जहिले पनि कुर्तासुरुवाल लगाउँथ्यौँ। मयंक असाध्यै भलाद्मी थियो। मैले उनीहरूलाई नेपाली खानामा पल्काएकी थिएँ। 

चार जनाको ग्याङ रहेछ। खुब रमाइलो गरिन्थ्यो होला?

गरिन्थ्यो। तरबदमासी चाहिँ कहिल्यै गरेनौँ। हामी अलि चाँडै व्यावहारिक भइसकेकाघरेलु खालका केटाकेटी थियौँ। अहिले जस्तो उट्पट्याङ गरेर रमाइलो मान्ने खालका थिएनौँ।

अहिलेका टिनएजर र तपाईंका पालाका टिनएजरमा कस्तो भिन्नता पाउनुहुन्छ?

हाम्रो पालाका टिनएजरहरू अलि चाँडै वयस्क वा व्यावहारिक हुन्थे। उनीहरू भोलिको लागि सोच्थे। तरअहिलेका अधिकांश टिनएजर बिन्दास पाराका छन्। उनीहरूलाई कसैको वास्तै छैन। जे गर्नुछआजै गर्नुपर्छ भन्ने मान्यता राख्छन्। भोलिको चिन्ता छैन उनीहरूलाई। कतिपय त असाध्यै मात्तिएका पनि छन्।  

त्यो त उमेरजन्य कुरा हो। टिनएजमा मानिस आफसे आफ उत्ताउलो हुन्छ निहोइन र

उत्ताउलोपनको पनि हद हुन्छ। मैले २४ वर्षको उमेरदेखि मेकअप गर्न सिकेकी हुँ। अहिलेका केटीहरू हेर्नोस्कलेज गएका हुन् कि फेसन सो गर्न छुट्याउनै मुस्किल पर्छ। अझउनीहरूको एट्टिट्युडको कुरै नगरौँ। मजति सुन्दरी र ह्यान्डसम यो संसारमा कोही छैन भने जस्तो गर्छन्। अरूलाई उडाउन पाए केही चाहिँदैन अहिलेको पुस्तालाई। बढी नै उरन्ठेउला छन्। 

तपाईं शिक्षिका हुनुहुन्छ। कन्सर्टहरूमा जाँदा युवा पुस्तासँग राम्रो लिंकअप पनि भइरहन्छ। के कारणले उनीहरू यतिबिघ्न उरन्ठेउला भएका होलान्

एक वर्ष भयोपढाउन चाहिँ छोडिसकेँ। मान्छे असाध्यै सोझोभद्रभलाद्मी र पुरानै शताब्दीको मान्यता राख्ने हुनुपर्छ भन्ने होइन। तरठाउँमाहोल र मान्छे हेरेर व्यवहार गर्न जान्नुपर्छ। यो कुरा अहिलेका टिनएजरलाई बुझाउन जरुरी छ। सार्वजनिक यातायातमा चढ्दा एक बित्ताको स्कर्ट लगाउनु हुँदैन भन्ने कमन सेन्स पनि छैन उनीहरूलाई। यो सबै अभिभावकको कमजोरीले गर्दा भएको हो। उहाँहरू 'छोरी यस्तै छेभनेको टेर्दिनभनेर दाँत देखाएर फिस्स हाँस्नुहुन्छ। आफ्ना सन्तानलाई ठेगान लगाउन नसक्ने पनि के अभिभावकस्कुल/कलेजले पनि अनुशासनको मामिलामा कम्प्रोमाइज गर्नु हुँदैन। 

भारतमा १२ कक्षा पास गरेपछि ग्य्राजुएसनका लागि नेपाल आउनुभएको थियो क्यारे?

हो। पद्मकन्या क्याम्पसमा फर्म पनि भरिसकेकी थिएँ। तरएकदिन पत्रिका पल्टाउँदै गर्दा असनको भोटाहिटीस्थित गन्धर्व संगीत कला केन्द्रको विज्ञापन देखेँ। संगीतमा रुचि थियो। कसरी सिकाइँदो रहेछएकफेर बुझुम् न त भनेर अर्को दिन त्यहाँ पुगेँ। बुझ्न गएको मान्छे भर्ना नै भएर फर्किएकी थिएँ।

पढाइ छोडेर संगीत सिक्दा परिवारले केही भनेन?

'पहिला पढाइ सिध्याअनि अर्थोक सिक्नूभन्नुभएको थियो ममीबाबाले। तरमैले किन मानिनँ भने थप पढाइका लागि अभिभावकले नै खर्च जुटाइदिनुपर्थ्याे मलाई। म त्यो चाहन्नथेँ। बाबाले हामीलाई मान्छे स्वाभिमानी र इकोनोमिक हुनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। त्यो कुरा मेरो दिमागमा सेट भएर बसेको छ। त्यसैले मैले दिउँसो जागिर खाँदै बिहानबेलुका संगीत सिक्ने  निर्णय गरेँ। त्यसो गर्दा इन्स्टिच्युटको फिस म आफैँले तिर्न सक्थेँ। 

पहिलो एल्बम 'अनफर्गेटेबलआफ्नै कमाइले निकाल्नुभएको हो?

अहिलेसम्म जे जति गरेँआफ्नै बलबुँताले गरेँ। 'अनफर्गेटेबल', 'पलर  'महसुसतीनटै एल्बममा मेरो लगानी छ। कसैले स्पोन्सर गरेर म यहाँ आइपुगेकी होइन। मौसमीलाई उसको स्वाभिमानले यहाँसम्म पुर्‍याएको हो। 

कसैप्रति ऋणी हुनुहुन्न उसोभए?

छु। मेरा अभिभावकप्रति। उहाँहरूको मार्गनिर्देशन नपाएको भए अल्मलिन्थेँ होला।

नाच्नु पनि हुन्छ रे नि?

हो। राम्रो नाच्छु रे म। सानोमा खुब नाचियो। आफैँ गीत गाउँदै नाच्ने बानी थियो। हामी इन्डियामा हुँदा एकजना अफिसरको श्रीमती मेरो नाचको खुब प्रशंसा गर्नुहुन्थ्यो।  एकदिन उहाँले मेरो स्वर पनि सुन्नुभएछ। ममीलाई बोलाएर छोरीलाई गाउन लगाउनुस् भन्नुभएछ। नभन्दै म गायिका बनेँ। 

रिमिक्स्ड गीत 'च्याङ्बा होई च्याङ्बाले असाध्यै हिट बनायो तपाईंलाई। त्यसपछि अनगिन्ती रिमिक्स गीत गाउनुभयो। अग्रज स्रष्टाले त रिमिक्स गाउनेलाई क्षमता नभएकाअर्काको गीत बिगार्ने भन्छन् नि?

त्यतिबेला म भर्खर गायन क्षेत्रमा लागेकी थिएँ। गायक भएपछि जस्तो पनि गाउन सक्नुपर्छ भन्थेँ। होला त नि भनेर भकाभक गाइयो। तरजति पनि रिमिक्स्ड गीत गाएँकुनैलाई पनि मैले बिगारेर वा स्टाइल पारेर गाएकी छैन। सरल र सभ्य शैलीमा गाएकी छु। गीतको भाव र ओरिजिनालिटीलाई मैले कहिल्यै तोडिनँ।  

विज्ञापनहरूमा पनि स्वर दिनुभयो?

दिइरहेकी पनि छु। एकताका यति जिंगल्स गरियो कि गनी साध्य छैन। मान्छेहरू मलाई जिंगलक्विन भन्थे। पछिरिमिक्स गीतका लागि उसैगरी अफर आए। त्यसपछि रिमिक्सक्विन भने। तेस्रो चोटि चाहिँ फिल्मका गीतहरू खुब गाइयो। तरदुःखको कुरा आइटम गीतका लागि मात्रै प्रस्ताव आउँथे। यस्तो घिनलाग्दो शब्द भएका गीतसमेत गाउनुपर्‍यो कि अति भएपछि गाउनै छोड्दिएँ। धन्न! ती गीतहरू चर्चित भएनन्। नत्र मलाई आइटमक्विन पनि भन्थे होलान्। बचेँ म!   

त्यस्तो अप्ठ्यारो लागीलागी किन गाउनुपरेको त ?

सहन सकुन्जेल गाएँ। लिमिटै तोडिएपछि त गाइनँ नि। अश्लीलताको मामिलामा म आफैँ पनि सेन्सेटिभ छु। 'च्याङ्बा होई च्याङ्बाजस्तो ऐतिहासिक गीतको एउटा हरफले त मलाई जिन्दगीभर लजास्पद बनाएको छअरूको त के कुरा भयो र? 'आमाको छोरी म एउटाबाबुको छोरा तिमी एउटाज्यान गए तँलाई छोड्दिनँतँलाई हाम्रो छोराको आप्पा नबनाई छोड्दिनँभन्ने लाइन गाउँदा मरेतुल्य हुन्छु म। अरूले सहजै लिन्छन् होला तर दर्शकतिर हेर्दै 'तँलाई आप्पा नबनाइ छोड्दिनँभन्नु मेरा लागि संसारमा सबैभन्दा लाजमर्दो कुरा हो। आजसम्म कुनै पनि कन्सर्टमा कहिल्यै दर्शकतिर हेरेर यी हरफ गाएकी छैन मैले। कि निहुरिन्छुकि घोप्टिन्छु कि त ती शब्दलाई स्किप गर्दिन्छु।

महिला गायिकालाई स्टेजमा चढेर गाउँदा केकस्ता चुनौती आइपर्न सक्छन्?

नेपाल जस्तो देशमा गायिकालाई स्टेजमा टिक्न गाह्रो छ। आफू असिनपसिन भएर गायोअगाडिबाट यस्तो घिनलाग्दो शब्द बोल्दिन्छन्यति फोहरी साइन देखाउँछन् कि तल ओर्लेर उनीहरूको गाला चड्काइदिऊँ जस्तो लाग्छ। मन नपर्ने गायकगायिकाको कन्सर्ट हेर्न किन आउनुहामी साधारण ड्रेसअप गर्नेलाई त यस्तो छ। अलि चमकदमक गर्ने गायिकालाई कस्तो हुँदो होके गरी ह्यान्डल गर्दा हुन्म त छक्कै पर्छु।

दर्शकले मुड खराब गरेको कुनै एउटा घटना सम्झनुहुन्छ?

एकचोटि धरानमा कन्सर्ट भएको थियो। म गाउँदै थिएँ। एउटा केटो अगाडि बसेर घरि 'सेक्सीघरि कुन्नि केके फोहरी शब्दहरू भनेर चिच्याइरहेको थियो। केही बेर नसुनेझैँ गरेँ। पछि अति रिस उठ्यो। 'त्यो कुनाको रातो टिसर्ट लगाउनेहेलमेट बोकेको भाइ माथि आउनुस्भनेँ। उसले थाहा नपाएको जस्तो गर्‍यो। मैले 'केही भन्न खोज्दै हुनुहुन्छमाइकमै भन्नुस्जेजे साइन देखाउँदै हुनुुहुन्छस्टेजमै आएर देखाउनुस्भनेँ। ऊ निलो भएर भाग्यो। 

यस्तो बेला फ्रस्ट्रेसन हुँदैन

सबैजना त्यस्ता हुँदैनन्। त्यस्ता त हजारमा दुईजना हुन्छन्। फेरिसानोतिनो कुरामै चित्त दुखाउने हो भने त जिन्दगीमा केही पनि गर्न सकिँदैन। सुखदुःख दुवैलाई ह्यान्डल गर्न सक्नुपर्छ।
धड्कन बाँड्दै धिताल

धड्कन बाँड्दै धिताल

नेपाली मूलका मुटुरोग विशेषज्ञ तथा सर्जन डा. कुमुद धितालले मानव मुटुको प्रत्यारोपणमा पाएको सफलता अहिले विश्व चिकित्सा क्षेत्रमै चर्चाको विषय भएको छ। अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले...

अञ्जुका अधिकारका पक्षमा

अञ्जुका अधिकारका पक्षमा

सामाजिक सञ्जालमा अहिले गायिका अञ्जु पन्तलाई 'हिन्दू धर्म विरोधी'का रूपमा प्रचार गरिएको छ। वास्तविकता नबुझी एकतर्फी रूपमा फैलाएको अफवाहमा टेकेर 'हमलासम्म गर्ने' धम्की उनको फेसबुक र मोबाइलमा निरन्तर आइरहेका छन्।...

श्रीजुको ग्ल्यामर भोक

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी...

भिडियोबाटै 'आई लभ यू'

शहरबजारलाई १४ फेबु्रअरीको रन्कोले छोइसकेको छ। जोडी सँगै भएकाले भेटेर, गुलाबको फूल वा उपहार दिएर प्रेम दिवस मनाउने तयारीमा छन् भने श्रीमान्–श्रीमती टाढा भएकाहरूले पनि केही योजना बनाएका छन्। झापा,...

'लाइक' गर्नुअघि १० पटक सोचौँ

'लाइक' गर्नुअघि १० पटक सोचौँ

इन्टरनेट र सामाजिक सञ्जालको सुविधाले विश्वलाई जति साँघुरो बनाइरहेको छ, यसको दुरुपयोगले त्यति नै समस्या पैदा गरेका छन्। केही समयअघि एक प्रतिष्ठित कलाकारको फेसबुक एकाउन्टबाट ठूलो अजिंगर भएको भिडियो सेयर...

फलकाओले म्यानचेस्टर छाड्ने

कोलम्बियाली स्ट्राइकर राडामेल फलकाओले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन्। हप्ताको २ लाख ६० हजार पाउन्ड पाउनेगरी फ्रेन्च क्लब मोनाकोबाट म्यानचेस्टर युनाइटेड आएका फलकाओले तिघ्राको चोटका कारण राम्रो खेल्न...

नडराऔँ मनको बाघसँग

नडराऔँ मनको बाघसँग

वनको बाघले खाओस्/नखाओस्, मनको बाघले खाइरहेको हुन्छ मान्छेलाई। विपत्ति बेहोरेको मान्छे डराउनु स्वाभाविक हो तर जब भयले चौबीसै घण्टा छोपिरहन्छ, व्यक्तिको मानसिक स्वास्थ्य गडबड हुन सक्छ। शक्तिशाली भुइँचालोले धेरैका मनमा...

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

‘बाँसुरी बजाएर धेरैलाई पट्याइयो’

  - बुलु मुकारुङ, संगीतकार अन्त रोदी, दोहोरी भनेजस्तो हाम्रो भोजपुरतिर भाका बस्ने चलन थियो। हामी केटाहरू भाका बस्न गइराख्थ्यौँ। गोठालो, मेलापात जाँदा बाँसुरी निकै बजाइन्थ्यो। वनमा मीठो धुन सुनेर सबै दंग...