Wednesday 11 Bhadra, 2071 |
Menu

शुक्रबार

'मैले स्तन किन फालेँ?'

(1 Vote)
'मैले स्तन किन फालेँ?' एन्जेलिना जोली
क्यान्सरसँग एक दशक लड्दालड्दै बितिन् मेरी आमा, छपन्न वर्षको उमेरमा। नातिनातिनाका मुख हेर्ने र तिनलाई काखमा खेलाउने ठूलो धोको थियो उनको। मेरा पछिल्ला सन्तानले उनलाई देख्न पाएनन्। उनी कति मायालु र दयालु थिइन्, उनीहरूले अनुभव गर्न पाएनन्।  



घरमा हामी 'ममीकी ममीबारे कुरा गर्छौं। रम आफ्ना केटाकेटीलाई उनीहरूको हजुरआमालाई टिपेर लैजाने रोगको बेलीविस्तार लगाइरहेकी हुन्छु। उनीहरू आत्तिने गरेका छन्, 'कतै तपाईंलाई पनि त्यस्तै रोग लाग्यो भने?' भन्नलाई म उनीहरूलाई 'चिन्ता नगरमलाई त्यस्तो केही हुँदैनभन्छु। तरसत्य के हो भने मैले 'बिआरसिए वन्नामक दोषपूर्ण जिन बोकेकी छु। यसले स्तन र पाठेघरको क्यान्सर हुने जोखिमलाई अत्यधिक बढाउँछ।

डाक्टरहरूले मलाई स्तन क्यान्सर हुने जोखिम ८७ प्रतिशत र पाठेघरको क्यान्सर हुने जोखिम ५० प्रतिशत भएको आँकलन गरेका थिए। यद्यपिहरेक महिलामा जोखिमको मात्रा फरकफरक हुन्छ। 

वंशाणुगत जिन परिवर्तनका कारण हुने स्तन क्यान्सरको संख्या सानो छ। बिआरसिए वन जिन भएकालाई औसतमा यो क्यान्सर हुने जोखिम ६५ प्रतिशत हुन्छ।  

आफ्नो वास्तविकता थाहा पाएपछि मैले समय छँदै सतर्क हुने र सकेजति जोखिम घटाउने निर्णय गरे। मैले सुरक्षात्मक दोहोरो म्यास्टेक्टोमी गर्ने निधो गरेँ। रमैले स्तनबाट उपचार सुरु गरेँ किनभने मलाई पाठेघरको भन्दा स्तन क्यान्सरको जोखिम उच्च थियो। रयसको शल्यक्रिया बढी जटिल थियो। 

अप्रिल २७ मा म्यास्टेक्टोमीसम्बन्धी तीनमहिने मेडिकल प्रक्रिया पूरा गरेँ। त्यस बेलासम्म मैले यसलाई गोप्य राखेकी थिएँ। अहिले म यसबारे लेखिरहेको छु,  मेरो अनुभवले अरू महिलालाई फाइदा पुर्‍याउनेछ भन्ने आशामा। क्यान्सर अहिले पनि मान्छेको मुटु हल्लाउने भयानक शब्द हो। यसले मान्छेलाई निरीहताको गहिरो बोध गराउँछ। तरअचेल रगत परीक्षणबाट तपाईं स्तन र पाठेघरको क्यान्सरको उच्च जोखिममा हुनुहुन्छ कि हुनुहुँदैन भने पत्ता लगाउन सम्भव भएको छ। रतपाईं त्यही अनुसार उपचार गराउन सक्नुहुन्छ। 

मेरो उपचार प्रक्रिया फेबु्रअरी २ मा सुरु भएको थियो। यसलाई 'निप्पल डिलेभन्छन्। यसले स्तनको मुन्टापछाडिका धमनीहरूमा रोग लाग्न दिँदैन र त्यहाँ अतिरिक्त रक्त बहाव सिर्जना गर्छ। यस प्रक्रियामा अलिअलि पीडा हुन्छ र थुप्रै नीलडाम देखिन्छन्। तरयसले 'निप्पलजोगिने सम्भावना बढाउँछ। 

त्यसको दुई हप्तापछि मुख्य शल्यक्रिया भयो। स्तनका तन्तुहरू हटाइए र तिनका ठाउँमा अस्थायी 'फिलरराखिए। शल्यक्रिया आठ घण्टासम्म चल्न सक्छ। तपाईं जब ब्युँझनुहुन्छस्तनभित्र 'ड्रेन ट्युबर 'एक्स्प्यान्डर'हरू भरिएको पाउनुहुनेछ। यो दृश्य 'साइन्स फिक्सन फिल्मको जस्तो लाग्नेछ। तरकेही दिनपछि तपाईं सामान्य जीवनमा फर्कनुहुनेछ।

नौ हप्तापछि स्तन पुनःसंरचनाको अन्तिम शल्यक्रिया हुन्छ। स्तन प्रत्यारोपण हुन्छ। अघिल्ला केही वर्षमा यस प्रक्रियामा धेरै विकास भइसकेको छ र तिनका परिणाम सुन्दर हुन सक्छन्। 

म्यास्टेक्टोमीको निर्णय गर्नु मेरा निम्ति सजिलो थिएन। तरयो गरेपछि म खुसी छु। मलाई स्तन क्यान्सर हुने सम्भावना ८७ बाट झरेर पाँच प्रतिशतमा पुगेको छ। अब म आफ्ना सन्तानलाई भन्नसक्छु कि स्तन क्यान्सरका कारण उनीहरूले आफ्नी आमालाई गुमाउनु पर्नेछैन। 

उनीहरूले मलाई देखेर असहज हुनुपर्दैन। सानातिना दागबाहेक मेरो शरीरमा अरू केही छैन। उनीहरूकी ममी पहिलेजस्ती थिईअहिले पनि उस्तै छ। उनीहरू जान्दछन् कि म उनीहरूलाई माया गर्छु र उनीहरूसँग जिउन जे पनि गर्न तयार छु। व्यक्तिगत तवरमा पनि मैले आफूलाई पूर्ण नारी नै पाएकी छु। खासमा म झन् शक्तिशाली भएको छु। मैले बलियो विकल्प रोजेँ। रयसले मेरो नारीत्वमा अलिकति पनि ह्रास पुर्‍याएको छैन। 

ब्राड पिटजस्ता मायालु र सहयोगी जीवनसाथी पाउनु मेरो सौभाग्य हो। तपाईंकी पत्नी या प्रेमिका यो प्रक्रियाबाट गुजि्ररहेकी छिन् भने तपाईं यस अवस्थाको अहम् हिस्सा हुनुहुन्छ। ब्राड मैले उपचार गरेको पिंक लोटस ब्रेस्ट सेन्टरमा मसँग थिए। हरेक शल्यक्रियाको एकएक मिनेटमा उनी मेरो साथमा थिए। हामी हँसीमजाक गर्न केही पल निकाल्थ्यौँ। हामीलाई थाहा थियो– हामीले सही निर्णय गरेका थियौँ र यसले हामीलाई झन् नजिक ल्याउनेछ। रल्यायो। 

आशा छ– मेरो यो लेख पढ्ने महिलाले आफूसँग विकल्प भएको थाहा पाउनेछन्। स्तन या पाठेघरको क्यान्सरको पारिवारिक इतिहास भएका हरेक महिलालाई म यससम्बन्धी जानकारी र विज्ञ चिकित्सकहरू खोज्न प्रोत्साहन गर्न चाहन्छु। आफूलाई जानकारी भएको विकल्प खोज्नुहोस्।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष स्तन क्यान्सरले ४ लाख ५८ हजार मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ। यसबाट ज्यान गुमाउनेहरू मुख्यतः गरिब देशका महिला छन्। जहाँका नागरिक भए पनिजेजस्ता पृष्ठभूमिका भए पनिजिन जाँच र सुरक्षात्मक उपचार उनीहरूको पहुँचमा हुनुपर्छ। बिआरसिए वन र बिआरसिए टूको परीक्षणमा लाग्ने तीन हजार अमेरिकी डलर धेरै महिलाका लागि अवरोध बनेको छ। 

मैले आफ्नो कथालाई निजी मामलामा सीमित राख्न चाहिनँ किनभने संसारमा धेरै महिला छन्जो आफू क्यान्सरको छायामा बाँचिरहेको हुनसक्नेबारे बेखबर छन्। म आशा गर्छु– उनीहरू पनि जिन परीक्षण गर्न समर्थ हुनेछन् र उच्च जोखिम भएकाले आफूसँग बलिया विकल्प भएको बुझ्नेछन्। 

जीवनमा असंख्य चुनौती छन्। सामना र नियन्त्रण गर्न सकिने चुनौतीहरूसँग डराउनुहुँदैन।
‘मलाई पोखराले बनायो'

‘मलाई पोखराले बनायो'

– सोनी राजभण्डारी, मिस नेपाल इन्टरनेसनल २०१४ जितपछिको अनुभव कस्तो हुँदो रहेछ? बाहिरबाट हेर्दा जीवन नै उलटपुलट हुन्छ जस्तो लागे पनि त्यस्तो हुँदो रहेनछ। खुसी छु। मेरो मेहनतको कदर भएको छ। आफन्त, साथी...

दुई सफल सुन्दरी

दुई सफल सुन्दरी

आफू 'मिस इन्डिया' भएको बीसौँ वर्षगाँठ अभिनेत्री सुस्मिता सेनले धुमधामसँग मनाइन्। उनले सन् १९९४ मा 'मिस इन्डिया' को उपाधि जितेकी थिइन्। त्यतिबेला उनी मात्र १८ वर्षकी थिइन्।

चुनावी रथमा गुन्डा सारथि

नेपालको राजनीतिमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको संलग्नता नौलो होइन। हरेक पार्टीमा मसल देखाउन सक्ने र परेको खण्डमा जस्तोसुकै हर्कत गर्न तम्सिनेहरूको जमात ठूलो छ। दलका नेताहरूले शक्ति प्रर्दशन गर्न तथा...

राष्ट्रकविज्यू! 'गौरी' लाई 'गउरि' बनाइँदै छ!

वर्ण विन्यासका सुधार वादीहरूले गुरु प्रसाद मैनालीको 'शहिद' कथालाई 'सहिद' बनाएरै छोडे। झमककुमारी घिमिरेको प्रसिद्ध कृति 'जीवन काँडा कि फूल' अशुद्ध भइसक्यो। 'जीवन काँडा कि फुल' हुनुपर्ने अरे! राष्ट्रकवि घिमिरेको...

कीर्तिमान सुधार्ने लक्ष्य

कीर्तिमान सुधार्ने लक्ष्य

कीर्तिमानी धावक यामसाजन सुनार र दिलमाया कार्की चोटमुक्त हँुदै पूर्ण प्रशिक्षणमा फर्किएका छन्। अहिले दुवै जना एसियाली खेलकुदको बन्द प्रशिक्षणमा छन्। एक सय मिटरका कीर्तिमानी धावक यामसाजन जेठमा एसियाली खेलकुदको...

घोषणापत्रः गफै त हो नि सम्धीजी!

दोस्रो संविधानसभा निर्वाचनमा व्यस्त मुख्य राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्ने कर्मकाण्ड पूरा गरेका छन्। निर्वाचनका लागि एक महिनाभन्दा पनि कम समय बाँकी रहँदामात्र उनीहरूले घोषणापत्र बाहिर ल्याउन सके। निर्वाचनको 'असारे...

'सदा चमत्कारको आशामा हुन्छु म'

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई...

'मृत्युको देश'बाट फर्किएकाहरू

'मृत्युको देश'बाट फर्किएकाहरू

दाङका अनिलकुमार चौधरीले इराक जानुअघि त्यहाँ द्वन्द्व हुन्छ भन्ने मात्र सुनेका थिए। सरकारले प्रतिबन्ध लगाएको मुलुकमा गैरकानुनी रूपमा छिरेका उनी सुनेको कुरा जब देख्न थाले, अनि बल्ल झस्के।