5 Poush, 2071 |
Menu

शुक्रबार

सबैको साझा, सबैको आफ्नो

  • शुक्रबार १४ असार, २०७०
  • दीपेन्द्र लामा
  • DISQUS_COMMENTS
(1 Vote)
रंगकर्मी दयाहाङ राईले २०६८ सालको सुपरहिट फिल्म 'लुट'पछि आधा दर्जनभन्दा बढी फिल्ममा 'हिरो' खेलिसकेका छन्। तैपनि उनलाई गाउँका ठूलाबडाले सोध्दा रहेछन्, 'तँ ठूलो पर्दामा चाहिँ कहिले हिरो हुन्छस्?'


ठूलाबडाले कुनलाई 'ठूलो पर्दाठानेका हुन्दयाहाङलाई थाहा छैन। उनी अनुमानमात्र लगाउँछन्, 'सायद राजेश हमालले खेलेको फिल्मलाई ठूलो पर्दा भन्न खोजेको होला।'

पन्ध्र वर्षअघिको समयमा सेलुल्वाइड प्रविधिका फिल्मलाई ठूलो पर्दा र भिडियो प्रविधिलाई सानो पर्दा भन्ने चलन थियो। भिडियो फिल्म देखाउने भृकुटीमण्डप वा हाइभिजन हलहरूमा अलि सानै पर्दा टाँगिएको हुन्थ्यो। सेलुल्वाइड फिल्म चल्ने हलमा चाहिँ भित्ता नै ढाकिने ठूलो पर्दा हुन्थ्यो। त्यतिबेला राजेश हमाल सेलुल्वाइड फिल्ममात्र खेल्थे। 

तरअहिले समयले कोल्टो फेरिसकेको छ। राजेश र दयाहाङ दुवै डिजिटल फिल्ममा खेल्छन्। अब पर्दा सानो वा ठूलो भन्ने रहेन। सायद दयाहाङको गाउँका ठूलाबडाहरू पर्दाको यो परिवर्तनसँग परिचित छैनन्।

हलभित्र दर्शकको ध्यान नियन्त्रण गर्ने एकमात्र वस्तु यही पर्दा होसेतो पर्दा। फिल्म निर्देशकका लागि पर्दा एउटा क्यान्भास हो। उसले साढे दुई घन्टा यसमा रंगीचंगी दृश्य पस्किँदै दर्शकलाई मन्त्रमुग्ध बनाउने प्रयास गर्छ।

काठमाडौँका सबैजसो हलमा सानै उमेरदेखि फिल्म हेर्दै आएको अनुभवमा के भन्नसक्छु भने यो सेतो पर्दालाई दर्शकले पनि निकै सम्मान गर्छन्। पर्दाको संवेदनशीलतालाई सबैले बुझेको पाएको छु। कहिलेकाहीँ फिल्म रोक्किँदा रिसले कुर्सी तोडफोड गरे पनि हलको पर्दामा क्षति पुर्‍याएको मैले देखेको छैन। बरु कसैकसैले फिल्म चल्दै गर्दा हिरोइनका संवेदनशील अंगवरिपरि रातो लेजर बत्ती घुमाएका चाहिँ छन्। 

हलभित्रमात्र होइनस्कुलमा समेत यो सेतो पर्दा टाँगिदा हामी छुकछुके विद्यार्थीहरू संयमित हुन्थ्यौँ। लगनखेलको नमुना मच्छिन्द्र माविमा औद्योगिक शिक्षा पढाउने सरले कक्षा कोठाभित्र पर्दा टाँग्न सुरसार गर्नासाथ हामीमा अनुशासन पलाइहाल्थ्यो। १६ एमएमको प्रोजेक्टरबाट मिक्की माउसका कार्टुन फिल्महरू चल्न थालेपछि कक्षा कोठामा कि त हाँसो गुन्जिन्थ्यो कि मुर्दा शान्ति छाउँथ्यो।

फिल्म हेर्‍यो भने बच्चा बिग्रिन्छ भन्ने मानसिकता अहिले पनि धेरै नेपाली अभिभावकमा छ। तर२०४५ सालतिर हामीलाई घरबाट हरेक १५ दिनमा फिल्म हेर्न जनही दुई रुपैयाँ दिइन्थ्यो। स्वयम्भूदेखि पैदलैपैदल रञ्जनाविश्वज्योतिकुमारी र जयनेपाल हल धाउँथ्यौं। एक रुपैयाँको टिकट काटेर सबैभन्दा अगाडिको लहर थर्ड क्लासमा बसेर निधारभन्दा माथिको पर्दामा आँखा तन्काउँथ्यौँ। कलाकार जताजताहाम्रा आँखा उतैउतै दगुर्थे।

हलमा हिन्दी फिल्म हेर्दा लामो पर्दा पूरा ढाकिन्थ्यो तर नेपाली फिल्म देखाउँदा चाहिँ दायाँबायाँ दुईतिर केही भाग ढाकिँदैनथ्यो। पछि थाहा भयोसिनेमास्कोप प्रविधिका हिन्दी फिल्मको 'आस्पेक्ट रेसियोलाम्चो हुँदोरहेछ भने सामान्य प्रविधिमा खिचिने नेपाली फिल्म चाहिँ साँघुरो। पर्दा पूरै नढाकिँदाको खल्लोपन सधैँ हुन्थ्यो। पछि केही नेपाली फिल्म पनि सिनेमास्कोपमा बने। हिजोआज डिजिटल प्रविधिले यो अन्तर मेटाइसकेको छ।

हलभित्र विभिन्न 'क्लास'का दर्शकको उपस्थिति हुन्थ्यो। थर्डसेकेन्डफस्ट क्लास र स्पेसल अनि माथिल्लो तलामा बाल्कोनी र ड्रेस सर्कल। हैसियतअनुसार दर्शक विभाजित हुन्थे। महँगा टिकट काट्नेहरूलाई सिट पनि लचकदार मिल्थ्यो। तल्लो तलाभन्दा माथिल्लो तलाका ट्वाइलेट सफा हुन्थे। हिजोआज पनि नेपालका धेरै हलमा टिकटअनुसार सुविधा फरकफरक हुन्छन्। तरसुविधा फरकफरक भए पनि यो सेतो पर्दा चाहिँ सबै वर्गका दर्शकलाई एउटै हुन्छ। वास्तवमा हलभित्र सबैको साझा भनेको यही पर्दा हो। यसले दर्शकमा  सामूहिकता र समानताको भावना पैदा गरिरहेको हुन्छ। 

रुढीवादी मान्छेहरू यो सेतो पर्दालाई पनि अंशबन्डा गर्न पछि पर्दैनन्। आशुतोष गोवारिकरद्वारा निर्देशित सन् २००४ को हिन्दी फिल्म 'स्वदेश'मा यसको उत्कृष्ट चित्रण छ। सबै गाउँले खुला ठाउँमा फिल्म हेर्न भेला हुन्छन्। तथाकथित ठूला जातका गाउँलेहरू पर्दाको सुल्टोतिर बस्छन् भने साना जातका गाउँलेहरू उल्टोपट्टि बसेर फिल्म हेर्छन्अक्षरहरू उल्टो देखिनेगरी। नायक मोहन (शाहरूख खान)ले सबै गाउँलेलाई पर्दाको सुल्टोतिर बसेर फिल्म हेर्न लगाउँछ।

हलभित्रको पर्दा कति भयावह हुनसक्छ भन्ने त्रास जगाउन निर्देशक क्वेन्टिन टारान्टिनो फिल्म 'इन्ग्लोरियस बास्टर्ड्स'मा सफल भएका छन्। सन् २००९ को उक्त फिल्ममा हिटलरलाई हलभित्रै हत्या गरिएको काल्पनिक दृश्य छ। हिटलरले आफ्ना दलबलसहित फिल्म हेरिरहेको बेला पर्दामा आगो लगाइन्छ र गोली बर्साइन्छ। आफ्नो रवाफ प्रदर्शन गर्न पटकपटक फिल्मको सहारा लिएका हिटलर फिल्म हेर्दाहेर्दै मारिइन्छ।  

फिल्मले दर्शकलाई कथाभित्रका पात्रहरूको सुखमा रमाउन र दुःखमा सहानुभूति प्रकट गर्न सिकाउँछ। फिल्ममा दृश्य माध्यमबाट कथा भनिन्छ। कथा भन्नका लागि निर्देशकहरूले विभिन्न मौलिक र प्रयोगात्मक शैली अपनाउँछन्। यसले दर्शकको कल्पनाशीलता र रचनात्मकता फराकिलो बनाउनसक्छ।

अहिलेको युग भिजुयल मेडियमबाट लाभान्वित र संक्रमित छ। मान्छेलाई पाइलैपिच्छे 'चित्र वा सांकेतिक भाषा'ले घेरेर राखेको छ। दैनिक प्रयोगमा आउने हरेक 'डिभाइस'मा 'भिजुअल ल्यांग्वेजप्रयोग गरिएको हुन्छ। कुनै चित्रतस्बिरआकृति वा दृश्यलाई बुझ्न र परिवेशअनुसार प्रयोग गर्न 'भिजुअल लिटरेसीआवश्यक पर्छ। मान्छेलाई यो मामिलामा सक्षम बनाउन फिल्मले पनि सहयोग गर्छ। स्कुलकलेजका 'ब्ल्याक बोर्ड'मा नसिकेका ज्ञान मान्छेले फिल्म हलको 'सेतो पर्दा'मा हासिल गर्नसक्छ। 
लाजमर्दो!

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई...

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...

धड्कन बाँड्दै धिताल

धड्कन बाँड्दै धिताल

नेपाली मूलका मुटुरोग विशेषज्ञ तथा सर्जन डा. कुमुद धितालले मानव मुटुको प्रत्यारोपणमा पाएको सफलता अहिले विश्व चिकित्सा क्षेत्रमै चर्चाको विषय भएको छ। अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले...

मोबाइलबाटै बन्छ फिल्म

विगतमा क्यामेराको चर्को भाडा सुनेपछि धेरैले फिल्म बनाउने हिम्मत गर्दैनथिए। तर, डिजिटल क्रान्तिले त्यस्तो अवस्था हटाइसक्यो। आजकल सस्तोभन्दा सस्तो डिजिटल क्यामेराबाटै फिल्म खिच्न सकिन्छ। क्यामेरामात्र होइन स्मार्टफोनबाटै फिल्म बनाएर धेरैले...

'जलकुम्भी' जालमा प्रेम

मनोज घर्तीमगर- प्राकृति सुन्दरताले भरिपूर्ण पोखरा प्रेमीप्रेमिकाका लागि रोमान्टिक शहर हो। जोडीहरू यहाँ बेपर्वाह फेवाताल, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायत ठाउँमा रमाइरहेका हुन्छन्। तर,...

रमझममा कटौती

रमझममा कटौती

अघिल्ला वर्षका तीजमा महिलाहरूले 'अचाक्ली' गरे। महिनादिनअघि पार्टी प्यालेस र होटलमा दर खाने कार्यक्रम गरे। दरमा दारु मिसाए। सारी र गरगहनाहरूको उधुम प्रदर्शन गरे। तीज मनाउन ऋण पनि काढे। तर,...

हतियार खोइ?

हतियार खोइ?

फिल्मकर्मीले हिरोइनलाई फिल्म प्रचारको मुख्य 'हतियार' मान्छन्। ब्लेड बेच्न पनि महिला चाहिने युगमा फिल्म बेच्नका लागि हिरोइनको भूमिका महत्वपूर्ण हुने कुरा स्वाभाविकै हो। तर, फिल्म 'प्रोड्युसर'लाई भने प्रचारकै समयमा हिरोइन...

'एमाले' सुषमा

'एमाले' सुषमा

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो।...